कसरी सुधार्ने न्यायालय ?
१७ पौष २०७५
•
१६ मिनेट पाठ
कसरी सुधार्ने न्यायालय ?
काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदीय सुनुवाइ समितिसमक्ष आइतबार लामो सुधार कार्ययोजना पेस गरेका छन्। उनको कार्ययोजना भ्रष्टाचार एवं अनियमिततता अन्त्य गर्नमा केन्द्रित छ। न्यायालयका समस्या के–कस्ता छन् भन्ने विषयमा यसअघि धेरै अध्ययन–अनुसन्धान भएका छन्। तर तिनको अहिलेसम्म किन वस्तुनिष्ठ ढंगले समाधान प्रयास भएको छैन भनेर कसैले केलाउने गरेको पाइएको छैन।




२०५६ सालमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको पालामा गठित न्यायपालिका सुदृढीकरण अध्ययन समितिको प्रतिवेदन होस् वा वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले गठन गरेको पेसी व्यवस्थापनका लागि ‘अटोमेटेड’ प्रणाली लागू गर्न गठन गरेको समितिको अध्ययन होस्। यसबीचमा अरू पनि धेरै अध्ययन–अनुसन्धान र पहल भएका छन्।

ती सबैको एउटै उद्देश्य छ– अदालतको विकृतिको अन्त्य। तर किन भइरहेको छैन विकृतिको अन्त्य ? त्यसको एकमात्रै जबाफ हुन्छ, कसैबाट पनि भइरहेको छैन वास्तविक पहल। धेरैजसो प्रधानन्यायाधीशका प्रयास ओठे भक्तिमा सीमित छन्। मिश्रले गठन गरेको समितिले त प्रतिवेदनसम्म पनि बुझाउन सकेको छैन।

‘हामीले छाड्दासम्म अदालत यति गन्हाएको थिएन, अहिले त हामी पनि त्यही अदालतका न्यायाधीश थियौं भन्न पनि लाजलाग्दो अवस्थामा पुगिसक्यौं।’ –पूर्वन्यायाधीश कृष्णजंग रायमाझी

‘हुनँदैन–हुँदैन, एउटा दृढनिश्चयी प्रधानन्यायाधीश नआएसम्म सुधार हुँदैन,’ करिब ६ वर्षअघि आफूले छाडेको अदालतको अवस्थामा तत्कालै सुधार आउन नसक्ने ठोकुवा पूर्वन्यायाधीश कृष्णजंग रायमाझी गर्छन्। ‘हामीले छाड्दासम्म अदालत यति गन्हाएको थिएन, अहिले त हामी पनि त्यही अदालतका न्यायाधीश थियौं भन्न पनि लाजलाग्दो अवस्थामा पुगिसक्यो,’ एक्कासि वर्षीय रायमाझीकोे गुनासो छ।

आफ्ना चेलाहरू नै अहिले नेतृत्वमा पुग्दासमेत रायमाझी निश्चिन्त छैनन्। ‘मैले सबैलाई चिनेको छु, धेरैजसो त मेरै चेला छन्,’ रायमाझीले भने, ‘तत्काल केही हुन सक्ने अवस्था छैन।’ उनका विचारमा नेताहरूसँग पनि न्यायालय जोगाउने सर्तमा सम्झौता नगर्ने प्रधानन्यायाधीश नआएसम्म वर्तमान न्यायालयको मनोबल र इज्जत माथि आउने सम्भावना छैन। उनले भने, ‘समयले जन्माउला त्यस्तो नेतृत्व, तर अहिल्यै आउने संकेत देखिँदैन।’ न्यायालयको प्रतिष्ठा उँचो बनाउन के–के हुन सक्छन् त सर्त ?

पहिलो : अदालत सुधार्न तत्कालै केही न केही कदम चाल्न आवश्यक छ। त्यसमध्ये उच्चस्तरीय न्याय सुधार आयोग गठन एउटा विकल्प हुनसक्छ। न्यायालयलाई सुधारिएको देख्न चाहने जोकोहीले यस्तो आवाज उठाउन थालेका छन्। अदालत परिसरमा समेत यस्तो आवाज आउन थालेको छ।

रायमाझीका विचारमा पनि उच्चस्तरीय न्याय सुधार आयोग गठनमा ढिला भइसकेको छ। उनले भने, ‘छानिछानी बिदा नगरेसम्म अदालत सुध्रिने अवस्था छैन। राम्रो न्यायाधीश नछानी नियुक्ति गर्दा त न्यायालय सुधारको गुन्जायसै छैन।’ कतिपय न्यायाधीशहरू छन्, जसले सुधारको नामै सुन्न चाहँदैनन्, तिनीहरूलाई बिदाइ गरेर आधुनिक ज्ञान, सीप र क्षमताका न्यायाधीश ल्याए मात्रै न्यायालय सुधारको पहल सुरु हुनेछ।

दोस्रो : प्रस्तावित प्रधानन्यायाधीश जबराले न्यायालयमा अनियमितता रहेको स्वीकार गर्दै त्यसमा संलग्न न्यायाधीश, कर्मचारी र बिचौलियामाथि कारबाही गर्र्ने प्रतिबद्धता संसदीय सुनुवाइ समितिसमक्ष गरेका छन्।

बिचौलियामाथि कारबाही गर्ने उद्घोष राम्रो हो। तर यस्तो उद्घोष आजभन्दा धेरै पहिला पनि नभएको होइन। पहिलोपटक प्रधानन्यायाधीशको कुर्सीबाट अदालतमा भ्रष्टाचार छ भन्ने प्रधानन्यायाधीश केदारनाथ उपाध्याय हुन्। उनले प्रधानन्यायाधीशको सरकारी निवासमा आफ्नै अदालतका न्यायाधीशबाहेक अन्यलाई भेट्न दिएनन्। कार्यालयको कामका लागि अफ्नै अदालतमा आउनू भन्ने उनको उर्दीको मनशायबाटै प्रस्ट हुन्थ्यो, उनी अन्यथा चाहँदैनथे। त्यसैले त बालुवाटारको ढोका चिहाउन कसैले हिम्मत गरेनन्।

उपाध्यायको जस्तो उपक्रम सधैं रहेन। बिस्तारै सबैका लागि बालुवाटारको ढोका खुकुलो हुँदै गयो। नेता, कार्यकर्ता र मुद्दाका झगडिया नै भेट्न गएका समाचार मात्रै बाहिर आएनन्, मुद्दामा डामिएका पनि प्रधानन्यायाधीशसँगको भेटमा गएको आगन्तुक पुस्तिकाकै विषयमा बाहिर समाचार छापियो। अहिले यो अवस्थाको चर्चा गरिसाध्य छैन।

तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको पालामा जुन हिम्मत देखाइएको थियो, त्यो लामो समय टिक्न सकेन। उनैले प्रक्रिया नपुर्‍याई कारबाही गरेका व्यक्ति अहिले पनि सेवामा छन्। कतिपयमाथि उनले निर्घात आक्रमण गरेका थिए, जुन टिक्न सकेन।

प्रस्तावित प्रधानन्यायाधीश जबराको प्रतिबद्धतालाई न्याय क्षेत्रले आश्वस्त हुनेगरी लिन सकेको छैन। विकृतिविहीन न्यायपालिका शीर्षकमा धेरै अघिदेखि न्यायालय स्वयम् र बारले गरेका अध्ययन–अनुसन्धानको निचोडलाई मूर्त रूप दिनेगरी काम हुन सकेको छैन।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पालामा २०७२ सालमा तत्कालीन न्यायाधीशत्रय गिरीशचन्द्र लाल, वैद्यनाथ उपाध्याय र गोविन्दकुमार उपाध्यायको त्रिसदस्यीय विकृतिविहीन न्यायपालिका अध्ययन समितिको प्रतिवेदनको कार्यान्वयन ढिला भइसकको छ। न्यायालय सुधारका लागि नियुक्ति र बर्खास्ती आफ्नो ठाउँमा छ, त्यसबाहेक पनि उपत्यका केन्द्रित मुद्दामा हुने चलखेल र बिचौलियाको बिगबिगी नरोकेसम्म यो अवस्था अन्त्य हुन सक्ने देखिँदैन।

मुद्दामा नजिर, कानुन, प्रमाणको राम्रोसँग तयारी गरेर मात्रै नपुग्ने अवस्था छ। कानुन व्यवसायी कस्ता छन्, कस्तो व्यक्तिको मुद्दा हो भन्ने आधारमा मुद्दाको भविष्य निर्धारण हुनु एउटा अचम्मको विषय बन्न गएको छ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले २०७२ मंसिर २९ गते रजिस्ट्रारलाई कार्यान्वयनका लागि आवश्यक कार्यक्रम बनाउन तोक लगाए पनि विकृतिविहीन न्यायपालिकाको प्रतिवेदन किन कार्यान्वयन हुन सकेन भन्ने विषयमा न्यायापालिकामै प्रश्न उठेको छ। कतिपय कर्मचारी र कर्मचारी संगठनका नेताहरूले यसलाई अर्थपूर्ण रूपमा लिएका छन्। प्रधानन्यायाधीशले चाहने, न्यायाधीशले चाहने, कानुन व्यवसायीले चाहने, कर्मचारी र सेवाग्राहीसमेतले सुधार चाहने तर नहुने कस्तो संयोग हो ? यथार्थमा भ्रष्टाचार र अनियमितता रोक्ने पहल नै अदालतले गर्न सकेको छैन।

तेस्रो : न्यायालयमा हुने नियुक्ति, सरुवा र पदस्थापन पनि अर्को चाखलाग्दो विषय बनेको छ। राजनीतिक आशीर्वाद र पहुँचवालाका आफन्तको नियुक्तिले न्यायालय बदनाम हुँदै गएको छ। त्यतिमात्र नभई राम्रा ठाउँमा पहुँचको भरमा नियुक्ति तथा सरुवा हुने गरेकाले अनियमिमतता हुने गरेको छ। जबसम्म ‘मेरिट’का आधारमा नियुक्ति र सरुवा हुँदैन, तबसम्म न्यायालयमा सुधारको सम्भावना हुँदैन।

चौथो : प्रधानन्यायाधीशको अधिकारका विषयमा समेत गम्भीर चर्चा भइसकेको छ। प्रधानन्यायाधीश आफैँमा अब निष्पक्षता र प्रभावकारिताको कसीमा उत्रने बेला आएको छ। प्रधानन्यायाधीश न्यायको अन्तिम धरोधर हो र त्यो पद न्यायिक एवं प्रशासनिक नेतृत्वको अन्तिम बिन्दु पनि हो। तर उनले निर्वाह गर्ने अधिकारकै विषयमा अहिले आशंका आउन थालेकाले प्रधानन्यायाधीशकै पदबाट गम्भीर सुधारको थालनी हुन ढिला भइसकेको छ।

अविकासोन्मुख प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायाधीशलाई मुद्दा तोक्ने अटोमेटेड (स्वचालित) प्रणाली ल्याउने प्रतिबद्धता जनाए तापनि अवकाशको क्षण आउन्जेल पनि त्यसको कार्यान्वयन गर्न सकेका छैनन्। प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकारका विषयमा नेपालमा मात्रै नभई छिमेकी मुलुकहरूमा समेत यसको चर्काे विरोध भइरहेको छ। कुन मुद्दा कसको इजलासमा तोक्ने भन्ने व्यवस्थालाई कि त प्रधानन्यायाधीशले स्वचालित प्रणालीमा लैजान आवश्यक छ, होइन भने गोलाप्रथाबाटै मुद्दा बाँड्दा विवाद कम हुन्छ।

न्यायाधीशलार्ई मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशकै हो भनेर भारतीय सर्वाेच्च अदालतले हालै व्याख्या सुनाए तापनि भारतमा समेत अझै सो विषयमा अझै सुधारको चर्चा भइआएको छ। प्रधानन्यायाधीशको यो अधिकार दुरुपयोग रोक्नासाथ न्यायालयका आधा समस्या समाधान हुन्छन्।

पाँचौं : अदालतमा मुद्दाले कति समय लिन्छ, कस्ता–कस्ता प्रक्रिया हुन्छन् भन्ने विषयमा प्रत्यक्ष रूपमा एउटा दरिलो नियमनकारी संयन्त्र निर्माण नभएसम्म तल्ला कर्मचारीहरूले प्रभावकारी काम गर्न नसक्ने देखिएको छ। रजिस्ट्रार, फाँटवालालगायतका कर्मचारीमा अझै पनि सेवाभाव पाइँदैन।

उनीहरू कसरी मुद्दा रोक्ने, कसरी जनतालाई दुःख दिने भन्ने पुरानै मानसिकताबाट प्रभावित छन्। अदालतमा आउने मुद्दालाई निरुत्साहित गर्नेभन्दा पनि व्याख्यालाई सहज ढंगले अवतरण गराउने काममा उनीहरूका गतिविधि प्रभावकारी बनाउन ढिला भइसकेको छ। कस्तोसम्म देखिएको छ भने फा“टवाला आफैँ मुद्दा बनाउन वा बिगार्नमा लागेको पाइन्छ।

कतिपय फाँटवालाहरुले त आफैंलाई आधा न्यायाधीशको काम सम्पन्न गर्ने व्यक्तिका रूपमा पनि लिएका छन्। उनीहरू आफूलाई न्यायिक काममा बिनास्वार्थ सेवामा खटिएका छौं भन्ने भावना वृद्धि नभएसम्म यो अवस्था रोकिने देखिँदैन। उनीहरू यसबापत के लाभ वा हानि पाउँछन् भन्न सकिन्न। तर हरेक महिना उनीहरू परिवार चलाउन आफ्नो पारिश्रमिक बैंक खाताबाट निकाल्न नपर्ने अवस्थामा हुन्छन् भन्ने पनि सुनिन्छ।

छैठाे : अदालतमा पर्न आउने हरेक मुद्दाको दर्ताकै अवस्थामा समयतालिका दिइने भन्ने अदालतका रणनीतिक योजनामा पाइन्छ। तिनलाई मुद्दाको कम चाप भएका जिल्ला तहका वा उच्च तहका अदालतहरूमा त यदाकदा प्रचलनमा ल्याएको सुन्नमा आउ“छ तर सर्वाेच्च अदालतमा किन अझै त्यसको प्रचलन हुन सकेको छैन भन्न सक्ने अवस्था छैन। न्यायालयमा सुधार गर्ने हो भने यस्तै कामबाट थालनी हुन ढिला भइसकेको छ।

न्यायालयलाई नजिकबाट नियालिरहेका एक पूर्वमहान्यायाधिवक्ता भन्छन्, ‘यत्रायत्रा ठूला परिवर्तनले न्यायालय सुधार्न सकेन, त्यसैले जबसम्म अर्काे ठूलो राजनीतिक परिवर्तन मुलुकमा हुँदैन तबसम्म न्यायालयमा सुधारको फेरि पनि गुन्जायस छैन।’
अर्को समाचार
न्यायालय सुधार्ने विषयमा मेराे कुनै आपत्ति छैन: ओली
२१ मंसिर २०७८
•
३ मिनेट पाठ
न्यायालय सुधार्ने विषयमा मेराे कुनै आपत्ति छैन: ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै आज आन्दोलनरत नेपाल बार एसोसिएसनको टोली बालकोटस्थित ओली निवास पुगेपछि उनले यस्तो बताएका हुन्।




उनले भने, 'न्यायालय सुधार्ने विषयमा हाम्रो कुनै आपत्ति छैन, जहाँनिर कमी छ, त्यसलाई हटाएर जानुपर्छ भन्ने हो तर तपाईँहरुले उठाएको विषय २० प्रतिशत मात्रै छ, त्यसलाई पूर्णता दिएर १०० प्रतिशत बनाएर अगाडि बढौँ।' अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाल कांग्रेसको कोटाबाट मन्त्री भएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि उनी त कांग्रेसको कोटाबाट हो चोलेन्द्रको कोटा होइन भनेको भन्दै लेनदेन भएकै होइन भनिरहेको अवस्थामा महाअभियोग दर्ता नै नहुने बताए।

ओलीले अहिले न्यायालय स्वच्छ र निष्पक्ष नभएको भन्दै प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट मात्रै न्यायिक सुधारको सुरुआत नहुने बताए। उनले भने, 'महाभियोग लगाउन हामी निर्णायक होइनौं, हामीसँग दुई तिहाइ पनि छैन, हामी निर्णायक होइनौं, यहाँ कोही पनि एक्लै निर्णायक छैन, यहाँ तपाईंहरुलाई हामी बाधक हौँ भन्ने लाग्या छ, यहाँ केही साथीहरु डबल गेम खेलिरहेका छन्, राजनीतिक दलहरु तपाईंहरुसँग छन् जस्तो मात्रै गरेका छन्, तपाईंहरुसँग छैनन्।'

उनले आफू प्रधानमन्त्री हुँदा आफूविरुद्ध परेका मुद्दाको अदालतमा लिखित जवाफ पठाउन मात्रै ५६ हजार हस्ताक्षर गरेको भन्दै हरेक माइन्युट अदालत लिएर जानुपर्ने यस्तो कानूनी र प्रक्रियागतरूपमा सच्याउनुपर्ने बताए। उनले अदालतले कसैप्रति पनि जवाफदेही हुनु नपर्ने स्थिति आएको भन्दै आफ्नो पालामा अदालतसँग कुनै लेनदेन नगरेको दाबी गरे।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोगबिना महाअभियोग पारित हुँदैन भन्दै सघाउन आग्रह गरे। सबै दल नमिल्दा महाअभियोग पास नहुने अवस्था आएको भन्दै उहाँले जिम्मेवार प्रतिपक्षको नेता र विगतमा पनि न्यायपालिकाभित्र विसङ्गतिका विषयमा गलत हुँदा आवाज उठाएको नेता भएकाले भेटेरै सहयोग माग्न आएको बताए। कानून व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग मागेका थिए।

ओलीसँगको भेटमा वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वाध्यक्ष शम्भु थापाले विगतका कतिपय मुद्दा बिर्सेर अहिलेकोे आन्दोलनलाई सघाउन ओलीलाई आग्रह गरे। उनले भने, 'तपाईंले लडाइँ लडेर जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएका छन्, विगतमा कतिपय मुद्दामा संवैधानिक दृष्टिले व्याख्या, विश्लेषण गर्ने सन्दर्भमा फरक भयौँ होला तर भ्रष्टाचारको विषयमा हामी तपाईंसँग सधैँ छौँ, तपाईंले सहयोग गर्नुस्, हामीलाई तपाइबाट आशा छ।'

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई हटाउन माग गर्दै एमाले अध्यक्ष ओलीलाई ज्ञापनपत्रसमेत बुझाएको छ। बारले कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको लगायतका विभिन्न १७ वटा आरोप लगाएर महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ।

बालकोटमा अध्यक्ष ओली, उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेलसँग नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, पूर्वाध्यक्ष शम्भु थापा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठलगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो। रासस 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस