‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र
०२ साउन २०७५
•
८ मिनेट पाठ
‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र
सिन्धुपाल्चोक- विनाशकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दासम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम भूक्तानी दिएको छैन्। ऋणमा डुबेको स्थानीय गुम्बा व्यवस्थापन समिति भूक्तानीका लागि जिल्लादेखि केन्द्रसम्म धाउन बाध्य भएको छ। 




‘फाइल घुमेको घुम्यै छ। तर भूक्तानी पाएनौँ,’ ग्याता गुम्बाका अध्यक्ष आशराम तामाङले नागरिकसँग भने। स्थानीय लगानीमा बनेको यो परम्परागत बौद्ध गुम्बा २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो। सम्पदा पुनर्निर्माणअन्तर्गत क्षति मूल्यांकनका आधारमा प्राधिकरण र स्थानीय समितिबीच दुई वर्षअघि गुम्बा निर्माणको लागि ५१ करोड रुपैयाँको अनुदान सम्झौता भएको थियो। 

गत वैशाखमा पुनर्निर्माण सम्पन्न हुँदा १ करोड रुपैयाँ खर्च भएको अध्यक्ष तामाङले बताए। ‘झण्डै ५० लाख मेरै निजी लगानी परेको छ। बाँकी रकम स्थानीय समितिले व्यक्तिगत ऋण खोजेर जुटाएको हो,’ उनले गुनासो गरे। प्राधिकरणले अनुदान नदिएपछि निजी जग्गा बिक्री गरेर पुनर्निर्माण खर्च जुटाएको उनी बताउँछन्। 

जिल्लामा भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपामध्ये पुनर्निर्माण सम्पन्न यो नै पहिलो गुम्बा हो। स्थानीय स्तरबाट ऋण जुटाएर पुनर्निर्माण सम्पन्न गर्ने पहिलो गुम्बालाई प्रोत्साहन गर्नुको सट्टा अनावश्यक झमेलामा फसाएर हतोत्साही बनाएको समितिका पदाधिकारी तथा सदस्यहरुको दुःखेसो छ। ‘सम्झौताअनुसारको अनुदान भूक्तानीका लागि प्राधिकरणविरुद्ध अदालत जाने तयारीमा छौँ,’ अध्यक्ष तामाङले भने। 

सम्पदा पुनर्निर्माणमा सरकारी उदासिनताको यो एउटा नमूना मात्र हो । सरकारकै कमजोरीले सम्झौताअनुसार पुनर्निर्माण अघि बढाएका कतिपय गुम्बा भूक्तानी नपाएर हैरान मात्रै छैनन्, भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपाको पुनर्निर्माणमा ढिलाइ समेत भएको छ। प्राधिकरणले सम्झौता बमोजिम अनुदान उपलब्ध नगराउँदा नगन्य मात्रामा सुरु भएको गुम्बा पुनर्निर्माण अलपत्र परेको छ । अधिकांश गुम्बाको पुनर्निर्माण नै सुरु हुन सकेको छैन्। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाइका जिल्ला आयोजना व्यवस्थापक माधवजंग कार्की बौद्ध गुम्बा, स्तुपा लगायत सम्पदा पुनर्निर्माणमा प्राधिकरण केन्द्र नै मौन रहेको बताउँछन्। ‘दुई वर्षदेखि गुम्बा पुनर्निर्माणबारे कुनै निर्देशन आएको छैन, न अन्य अख्तियारी नै पाएका छौँ,’ उनले भने । उनका अनुसार बितेको आर्थिक वर्षमा प्राधिकरणले गुम्बा पुनर्निर्माण सम्वन्धि कुनै कार्यक्रम नै दिएन।

तामाङ, शेर्पा, गुरुङ, ह्योल्मो लगायत बौद्ध धर्ममार्गी समुदायका बाहुल्य रहेको सिन्धुपाल्चोक ‘गुम्बाको गाउँ’ ले चिनिन्थ्यो। पर्यटकीय गाउँ हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवा लगायत हिमाली गाउँमा पूरातात्विक महत्वका दर्जनौँ प्राचीन गुम्बा थिए। त्यस्ता प्राचीन गुम्बा र बौद्धमार्गीको संस्कार हेर्न र अध्ययन गर्न बार्षिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउँथे। भूकम्पले क्षति पु-याएका गुम्बाको अहिलेसम्म पुनर्निर्माण नहुँदा गुम्बाको गाउँ पहिचान नै संकटमा परेको छ। 

व्यक्तिगत र समुदायको लगानीमा समेत पछिल्लो समय थुप्रै सम्पदा निर्माण भएकाले जिल्लामा कति गुम्बा थिए र भूकम्पले कतिलाई क्षतिग्रस्त बनायो भन्ने एकीन तथ्यांक छैन। जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जियनरसमेत रहेका जिल्ला आयोजना व्यवस्थापक कार्कीका अनुसार पुनर्निर्माण गर्नुपर्ने भूकम्पले क्षतिग्रस्त बनाएका गुम्बाको संख्या २ सयवटा छ। 

क्षतिको मूल्यांकनका आधारमा प्राधिकरणले आर्थिक वर्ष २०७३/०७४ का लागि डेढ सय गुम्बा पुनर्निर्माणमा ६ करोड रुपैयाँ अनुदानको अख्तियारी पठाएको थियो । सोही आधारमा ग्याता गुम्बासहित सात गुम्बा पुनर्निर्माणको सम्झौता भएको कार्की बताउँछन्। 

त्यतिबेला प्राधिकरणले गुम्बा पुनर्निर्माणको जिम्मेवारी जिल्ला प्राविधिक कार्यालयमा रहने जिल्ला आयोजना कार्यान्वयन इकाइ (डिएलपिआइयु) लाई दिएको थियो । निजी आवास अनुदान व्यवस्थापनसहित गुम्बा पुनर्निर्माणको जिम्मेवारी साउनदेखि लागू हुने गरी पुनःसंरचना तथा पुनःगठन गरिएको आयोजना कार्यान्वयन इकाइलाई दिइएको छ। 

सम्झौताअनुसार पुनर्निर्माण भइरहँदा कम क्षति भएका गुम्बाको धेरै र धेरै क्षति भएका गुम्बाको कम मूल्यांकन भएको भन्दै भूकम्प प्रभावित जिल्लाबाटै उठेको गुनासो बिवादमा परिणत भएपछि पुनर्निर्माण रोकिँदै आएको प्रमुख व्यवस्थापक कार्कीले बताउँछन् । सोही बिवादका कारण अनुदान नै फिर्ता भएपछि गुम्बा पुनर्निर्माण अलपत्र पर्दै आएको हो।

बिवादपछि केन्द्रीय गुम्बा व्यवस्थापन समितिको अनुरोधमा प्राधिकरणले गत वर्षको कात्तिकमा प्रभावित जिल्लामा गुम्बाको पुनः प्राविधिक मूल्यांकन गराएको थियो। कार्कीका अनुसार पुनःमूल्यांकनपछि जिल्लामा पुनर्निर्माण गुर्नपर्ने गुम्बाको संख्या बढेर २ सय पुगेको हो। 

‘त्यसपछि गुम्बा पुननिर्माणबारे केन्द्रबाट अर्को निर्देशन र कार्यक्रम आएको छैन,’ उनले भने। अनुदान नै फिर्ता भएपछि सम्झौता गरेर पहिलो वर्ष पुनर्निर्माण थालिएका ६ गुम्बाको काम रोकिँदै आएको छ । त्यसमा खर्च भएको समुदायको व्यक्तिगत लगानीसमेत फसेको छ।
अर्को समाचार
‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र
०६ साउन २०७५
•
१० मिनेट पाठ
‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र
सिन्धुपाल्चोक- विनासकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दासम्म पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम भूक्तानी दिएको छैन । ऋणमा डुबेको स्थानीय गुम्बा व्यवस्थापन समिति भूक्तानीका लागि जिल्लादेखि केन्द्रसम्म धाउन बाध्य भएको छ।




‘फाइल घुमेको घुम्यै छ । तर भूक्तानी पाएनौँ,’ ग्याता गुम्बाका अध्यक्ष आशराम तामाङले नागरिकसँग भने। स्थानीय लगानीमा बनेको यो परम्परागत बौद्ध गुम्बा २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो। सम्पदा पुनर्निर्माणअन्तर्गत क्षति मूल्यांकनका आधारमा प्राधिकरण र स्थानीय समितिबीच दुई वर्षअघि गुम्बा निर्माणको लागि ५१ लाख रुपैयाँको अनुदान सम्झौता भएको थियो।

गत वैशाखमा पुनर्निर्माण सम्पन्न हुँदा १ करोड रुपैयाँ खर्च भएको अध्यक्ष तामाङले बताए । ‘झण्डै ५० लाख मेरै निजी लगानी परेको छ । बाँकी रकम स्थानीय समितिले व्यक्तिगत ऋण खोजेर जुटाएको हो,’ सम्पदा पुनर्निर्माण गर्दा ऋणमा डुबेका उनले भने । प्राधिकरणले अनुदान नदिएपछि आफ्नो नामको दुईटा घडेरी बिक्री गरेर पुनर्निर्माण खर्च जुटाएको उनी बताउँछन्।

जिल्लामा भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपामध्ये पुनर्निर्माण सम्पन्न यो नै पहिलो गुम्बा हो । स्थानीय स्तरबाट ऋण जुटाएर पुनर्निर्माण सम्पन्न गर्ने पहिलो गुम्बालाई प्रोत्साहन गर्नुको सट्टा अनावश्यक झमेलामा फसाएर हतोत्साही बनाएको समितिका पदाधिकारी तथा सदस्यहरुको दुःखेसो छ । ‘सम्झौताअनुसारको अनुदान भूक्तानीका लागि प्राधिकरणविरुद्ध अदालत जाने तयारीमा छौँ,’ अध्यक्ष तामाङले भने ।

सम्पदा पुनर्निर्माणमा सरकारी उदासिनताको यो एउटा नमूना मात्र हो । सरकारकै कमजोरीले सम्झौताअनुसार पुनर्निर्माण अघि बढाएका कतिपय गुम्बा भूक्तानी नपाएर हैरान मात्रै छैनन्, भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपाको पुनर्निर्माणमा ढिलाइसमेत भएको छ । प्राधिकरणले सम्झौता बमोजिम अनुदान उपलब्ध नगराउँदा नगन्य मात्रामा सुरु भएको गुम्बा पुनर्निर्माण अलपत्र परेको छ । अधिकांश गुम्बाको पुनर्निर्माण नै सुरु हुन सकेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाइका जिल्ला आयोजना व्यवस्थापक माधवजंग कार्की बौद्ध गुम्बा, स्तुपा लगायत सम्पदा पुनर्निर्माणमा प्राधिकरण केन्द्र नै मौन रहेको बताउँछन् । ‘दुई वर्षदेखि गुम्बा पुनर्निर्माणबारे कुनै निर्देशन आएको छैन, न अन्य अख्तियारी नै पाएका छौँ,’ उनले भने । उनका अनुसार बितेको आर्थिक वर्षमा प्राधिकरणले गुम्बा पुनर्निर्माण सम्वन्धि कुनै कार्यक्रम नै दिएन।

तामाङ, शेर्पा, गुरुङ, ह्योल्मो लगायत बौद्ध धर्ममार्गी समुदायका बाहुल्य रहेको सिन्धुपाल्चोक ‘गुम्बाको गाउँ’ ले चिनिन्थ्यो । पर्यटकीय गाउँ हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवा लगायत हिमाली गाउँमा पूरातात्विक महत्वका दर्जनौँ प्राचीन गुम्बा थिए । त्यस्ता प्राचीन गुम्बा र बौद्धमार्गीको संस्कार हेर्न तथा अध्ययन गर्न बार्षिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउँथे । भूकम्पले क्षति पुर्‍याएका गुम्बाको अहिलेसम्म पुनर्निर्माण नहुँदा गुम्बाको गाउँ पहिचान नै संकटमा परेको छ ।

व्यक्तिगत र समुदायको लगानीमा समेत पछिल्लो समय थुप्रै सम्पदा निर्माण भएकाले जिल्लामा कति गुम्बा थिए र भूकम्पले कतिलाई क्षतिग्रस्त बनायो भन्ने एकीन तथ्यांक छैन । जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जियनरसमेत रहेका जिल्ला आयोजना व्यवस्थापक कार्कीका अनुसार पुनर्निर्माण गर्नुपर्ने भूकम्पले क्षतिग्रस्त बनाएका गुम्बाको संख्या २ सयवटा छ ।

क्षतिको मूल्यांकनका आधारमा प्राधिकरणले आर्थिक वर्ष २०७३/०७४ का लागि डेढ सय गुम्बा पुनर्निर्माणमा ६ करोड रुपैयाँ अनुदानको अख्तियारी पठाएको थियो । सोही आधारमा ग्याता गुम्बासहित सात गुम्बा पुनर्निर्माणको सम्झौता भएको कार्की बताउँछन् ।

त्यतिबेला प्राधिकरणले गुम्बा पुनर्निर्माणको जिम्मेवारी जिल्ला प्राविधिक कार्यालयमा रहने जिल्ला आयोजना कार्यान्वयन इकाइ (डिएलपिआइयु) लाई दिएको थियो । निजी आवास अनुदान व्यवस्थापनसहित गुम्बा पुनर्निर्माणको जिम्मेवारी साउनदेखि लागू हुने गरी पुनःसंरचना तथा पुनःगठन गरिएको आयोजना कार्यान्वयन इकाइले पाएको छ । 

सम्झौताअनुसार पुनर्निर्माण भइरहँदा कम क्षति भएका गुम्बाको धेरै र धेरै क्षति भएका गुम्बाको कम मूल्यांकन भएको भन्दै भूकम्प प्रभावित जिल्लाबाटै उठेको गुनासो बिवादमा परिणत भएपछि पुनर्निर्माण रोकिँदै आएको प्रमुख व्यवस्थापक कार्की बताउँछन् । सोही बिवादका कारण अनुदान नै फिर्ता भएपछि गुम्बा पुनर्निर्माण अलपत्र पर्दै आएको हो ।   

बिवादको स्थायी समाधान निकाली पुनर्निर्माण अघि बढाउन प्राधिकरणले गत वर्षको कात्तिकमा प्रभावित जिल्लामा गुम्बाको पुनः प्राविधिक मूल्यांकन गराएको थियो । कार्कीका अनुसार पुनःमूल्यांकनपछि जिल्लामा पुनर्निर्माण गुर्नपर्ने गुम्बाको संख्या बढेर २ सय पुगेको हो ।

‘त्यसपछि गुम्बा पुननिर्माणबारे केन्द्रबाट अर्को निर्देशन र कार्यक्रम आएको छैन,’ उनले भने । अनुदान नै फिर्ता भएपछि सम्झौता गरेर पहिलो वर्ष पुनर्निर्माण थालिएका ६ गुम्बाको काम रोकिँदै आएको छ । त्यसमा खर्च भएको समुदायको व्यक्तिगत लगानीसमेत फसेको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे सुरुमै कमजोरी हुन पुग्दा गुम्बा पुनर्निर्माणमा ढिलाइ भएको स्वीकार्छन्। ‘सुरुको प्रतिवेदनमा कुन गुम्बामा कति क्षति पुग्यो भन्ने बास्तिविक मूल्याकंन थिएन,’ गुम्बा पुनर्निर्माणमा ढिलाइ हुनुको कारण खोल्दै उनले भने, ‘क्षति भएको भन्ने सामान्य विवरण मात्र आएको थियो।’

सुरुको कमजोरी सच्याउन पछिल्लो पटक गरिएको प्राविधिक सर्वेबाट क्षतिको एकीन मूल्याकंनसहितको विस्तृत प्रतिवेदन प्राप्त भइसकेकाले पुनर्निर्माण तयारी प्रकृया थालिएको सहप्रवक्ता घिमिरेले जानकारी दिए । ‘गुम्बा पुनर्निर्माण सम्वन्धि कार्यविधिको मस्यौदा तयार भएको छ,’ उनले भने, ‘पुनर्निर्माणका अन्य योजना बनाएर यसै वर्षबाट काम थाल्दै छौँ।’

प्राधिकरणले क्षतिका आधारमा गुम्बालाई पुनर्निर्माण गर्नुपर्ने र प्रवलीकरण (मर्मतसम्भार) गर्नुपर्ने गरी दुई किसिमले बर्गीकरण गरेको छ । भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण र प्रवलीकरण गर्नुपर्ने गुम्बाको संख्या झण्डै १ हजार रहेको घिमिरेले जानकारी दिए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस