तीन भारतीयको मृत्यु
२० असार २०७५
•
१ मिनेट पाठ
तीन भारतीयको मृत्यु
नेपालगन्ज– नेपाल हुँदै चीनको कैलाश मानसरोवर दर्शनमा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ। दर्शनपछि घर फर्कदै गर्दा हिमाली क्षेत्रमा लेक लागेर उनीहरुको मृत्यु भएको हो।

भारतीय नागरिक ५६ वर्षीया लिला नारायण मन्दरेथ, ५६ वर्षीया बिनिता सञ्जय र १८ वर्षीय सत्यलक्ष्मी नारायणको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख बीरबहादुर ओलीले जानकारी दिए। उनका अनुसार मन्दरेथको हुम्ला सदरमुकाममा मृत्यु भएको हो।

बाँकी दुईको नेपाल र चीनको सीमामा मृत्यु भएको उनले जानकारी दिए। ‘उनीहरु तराईमा बस्छन्’, उनले भने, ‘यहाँ हिमाली क्षेत्रमा आउँदा बढी लेक लाग्ने समस्या हुन्छ।’ भारतबाट हुम्ला हजारौंँ तीर्थयात्रुहरु कैलाश मानसरोवर दर्शनका जाने गर्छन्। उक्त ठाउँ जाने बाटो बाटोमा सुरक्षाकर्मीसहित स्वास्थ्यकर्मी भए उनीहरुलाई सहज हुने यहाँकी छपाल लामाले बताइन्। 

लिला र बिनिताको आइतबार मृत्यु भएको हो भने सत्यलक्ष्मीको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्को समाचार
भारतीयको कुटपिटबाट नेपाली नागरिकको मृत्यु
११ मंसिर २०८०
•
२ मिनेट पाठ
भारतीयको कुटपिटबाट नेपाली नागरिकको मृत्यु
भारतीयको कुटपिटबाट गम्भीर घाइते भएका एक नेपाली नागरिकको मृत्यु भएको छ। गुलरिया नगरपालिका–११ का अन्दाजी ४० वर्षीय रमेश यादवको उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

भारतीय लौकाहीका जलालु खान र उनको छोरा अतहर खानलगायत १० जनाले यादवलाई निर्घात कुटपिट गरेको मृतकको आफन्तले जनाएका छन्।

लौकाहीका भारतीय नागरिक नेपाल गुलरिया नगरपालिका–११ डाडालालपुर गाउँमै पसेर कुटपिट गरेको स्थानीयको भनाई छ।

भारतीयले गत कार्तिक २३ गते नेपाली युवकलाई कुटपिट गरेका थिए। घाइते भएका यादवको लखनउमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जनाएका छन्।

यसरी भएको थियो विवाद

अतहर खान भारतीय लौकाहीका डाक्टर हुन्। नेपाल भारत सीमावर्ती लौकाही नजिक गुलरिया नगरपालिका–११ डाडालालपुर गाउँको समुन्ने दशगजामा डा अतहरको औषधी पसल छ।

कार्तिक तेस्रो साता गुलरिया नगरपालिका–११ मृतककी दिदी बृजमा यादवले घर नजिकै डा अतहर खानको पसलबाट औषधी ल्याएकी थिइन्। ल्याएको औषधीले निको नभई रियक्शन गरेपछि बृजमाले गुनासो गरेपछि भारतीय डा.अतहर खान हातपातमा उत्रेका थिए। आफ्नी दिदीमाथि हातपात गर्दा मृतक रमेश यादव बोलेका थिए। त्यस दिन सामान्य विवादपछि झगडा शान्त भएको थियो।

दुई तीन दिनपछि कार्तिक २३ गते मृतकका भतिज ओमकार यादव दीपावलीको लागि लौकाही बजार सामान किन्न गएका थिए। त्यही मौकामा डा.अतहर खानले १६ वर्षीय ओमकार यादवलाई नियन्त्रणमा लिएका थिए।

डा.अतहरले ‘मलाई नियन्त्रणमा लिई तेरो अंकललाई छिटो बोला’ भनेर ज्यान मार्ने धम्की दिएको ओमकार यादवले बताए। ‘डा. अतहरले ज्यान मार्ने धम्की दिएपछि अंकललाई फोनमार्फत जानकारी गराए’ उनले भने, ‘अंकलले डा. अतहरको बुवा जलालुसंग भने ‘मेरो भतिजलाई छोड्दिनुस्।’
त्यही विषयमा विवाद हुँदा लौकाहीबाट अतहरलगायत अन्य व्यक्तिहरू आएर डाडालालपुर गाउँ नेपालमै पसेर कुटपिट गरेको ओमकारले जनाए। कुटपिटमा दाजु रमेश यादव र भाइ मनोज यादव गम्भीर घाइते भएका मृतककी बहिनी गिता यादवले बताइन्।

घाइते दाइको बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको थियो। त्यसपछि थप उपचारको लागि भारतको लखनउ पुर्‍याएको उनले जनाइन्।

मृतकका आफन्तले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेको जनाएका छन्। यस घटनाको अपुष्ट रुपमा खबर आएको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए।

‘यस घटनाको बारेमा बुझ्दै छु’ प्रहरी उपरीक्षक शाहीले भने, ‘बुझेपछि जानकारी गराउँछु।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस