विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द
०४ असार २०७५
•
६ मिनेट पाठ
विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द
बैरेनीमा रहेको बागेश्वरी माध्यमिक विद्यालयको बेहोस भएको विद्यार्थी।
धादिङ – विद्यार्थीहरु विद्यालयमा आउँछन्। बेन्चमा बस्न नपाउँदै भुईमा ढलिहाल्छन्। भुईमा ढलेपछि चिच्चाउने, कराउने, घाँटीमा न्याक्ने, हाँस्ने, काप्ने जस्ता फरक फरक लक्षण देखाउँछन्। भुइँमा ढलेर बर्बराउँदै बचाउ बचाउ समेत भन्छन्। 

यो धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनी बजारमा रहेको वागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूमा देखिएको अनौठो रोग हो। यस विद्यालयमा जेष्ठको तेस्रो सातादेखि दैनिक छात्रा विद्यार्थीहरू बेहोस भएर ढल्ने समस्या देखिएको छ। 

अनौठो रोग देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। विद्यालयमा  केहि दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेकी थिइन्। उनी लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीहरू पनि त्यस्तै गरी चिच्चाउने, कराउने, बेहोस हुन थालेको विद्यालयका प्रधानाध्यापक राजनप्रसाद अधिकारीले जानकारी दिए। ‘बिद्यार्थी बेहोस हुने, चिच्याउने, लड्ने जस्ता समस्या विद्यालयमा पहिलो पटक देखा परेको हो’ अधिकारीले भने, ‘विद्यार्थीमा निरन्तर बेहोस हुने लक्षण देखिएपछि आगामी आइतबार सम्मका लागि विद्यालय वन्द गरेका हौँ।’ 

जेष्ठ महिनाको २४ गतेदेखि विद्यार्थीहरूमा यस्तो लक्षण देखेपछि विद्यार्थीहरूलाई जचाउँनका लागि स्वास्थ्य संस्था पनि लगिएको थियो। जचाउँन डाक्टरले केहि रोग नभेटिएको जानकारी दिएका थिए। दैनिक करिब १०–११ जना विद्यार्थी कक्षा कोठामा पढ्दै गर्दा बेहोस हुने गरेको छ। कहिले लाइन लागेकै समयमा ढल्ने त कहिले बेन्चमा बसिरहेका बेला ढल्ने गरेको विद्यालयका प्रधानाध्यापक अधिकारीले बताए। ‘घरमा बसेको बेला केही हुन्न, विद्यालयमा बेहोस हुने गरेको छ’ अधिकारीले भने, ‘कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेपछि पढाई समेत प्रभावित भएको छ।’   विद्यालयको कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरूमा यस्तो समस्या देखिएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक अधिकारीका अनुसार एक साता अघि पहिलो पटक देखा परेको थियो। यस्तो समस्या देखा परेपछि दुई दिन विद्यालय बन्द गरी  पुनः सञ्चालन गर्दा समेत यस किसिमको समस्या दोहोरिएको उनले बताए। बेहोस हुने समस्या देखेपछि अभिभावकहरूले धामी झाँक्री पनि लगाए तर बिसोक भएन। विद्यालयमा यस्तो प्रकारको अनौठो रोग देखा परेपछि विद्यार्थीहरू विद्यालय नै आउन छाडेका छन्। पढाई पनि राम्रोसँग संचालन हुन सकेको छैन। 

यता नीलकण्ठ नगरपालिका १२ धुवाँकोटमा रहेको रातमाटे विद्यालयम पनि यस्तै समस्या देखिएको छ। कक्षामा पढाइरहेका बेलामा अकस्मात विद्यार्थी कराउने चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण देखापरेपछि विद्यालयका शिक्षक, अभिभावक चिन्तित बनेका छन्।  गणित, अंग्रेजी, विज्ञान विषय पढ्ने समयमा यस्तो समस्या देखिने गरेको विद्यालयले जनाएको छ। गत सालमा पनि सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवासमा रहेको कालीदेवी माविका विद्यार्थीहरुमा यस्तै अनौठो रोग देखिएको थियो। 

यो समस्या ‘कन्भर्सन डिसअर्डर’ भएको चिकित्सकहरूले बताएका छन्। उपचार गराउँदा पनि रोग बिसेक नभएकाले विद्यार्थीमा मनोसामाजिक परामर्श आवश्यक परेको विद्यालयले जनाएको छ। यस्तो लक्षण पटक पटक देखिएपछि उपचारका लागि पहल गरिएको थियो तर कुनै परिवर्तन नभएपछि मनोपरामर्श पनि दिइएको छ। यो तनावका कारण हुने भएकाले औषधी उपचारबाट समस्या समाधान नहुने मनोपरामर्शदाता प्रविण घिमिरेको भनाई छ। 

‘पारिवारिक समस्या, उमेर अनुसार शारीरिक वृद्धिविकास बढेका कारण पनि यस्तो लक्षण देखा पर्ने गर्छ’ घिमिरेले भने, ‘मास हिस्टेरियाको रुपमा देखिएकाले यस्ता समस्याको समाधान औषधी उपचार नभई शान्त वातावरण तथा सरसफाईमा ध्यान दिनु हो।’ यस्ता विद्यार्थीहरूलाई शान्त वातावरणमा छुट्टै कक्षामा लगेर मनोपरामर्श दिने गरेको घिमिरेले बताए। 
अर्को समाचार
कक्षामै विद्यार्थी बेहोस, विद्यालय बन्द
२६ साउन २०६७
•
२ मिनेट पाठ
कक्षामै विद्यार्थी बेहोस, विद्यालय बन्द
बनेपा, साउन २६(नागरिक)- कक्षा कोठामै विद्यार्थी बेहोस हुन थालेपछि काभ्रेको खनालथोक गाविस-८ स्थित जनहित माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। विद्यालयको कक्षा ८, ९ र १० का विद्यार्थी एकाएक बेहोस् भएका हुन्।
यसअघि सो विद्यालयमा यस्तो रोग देखा नपरेको शिक्षक शेखर हुमागाईंले नागरिकन्युजलाई जानकारी दिए। बिरामी भएका विद्यार्थीहरुलाई सुरुमा टाउको दुख्ने, घाँटी क्याप्प हुने र ज्वरो आउने गरेको उनले बताए।

मंगलबार कक्षाकोठामा अध्ययन गरिरहेको अवस्थामा ९ जना विद्यार्थीहरु एक्कासी बेहोस् भएपछि बुधबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो। बेहोस भएका ८ छात्रा र १ छात्रलाई उपचारार्थ धुलिखेल अस्पताल, काठमाडौ मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताल लगिएको छ। विद्यार्थीहरु बेहोस् भई ढलेको एक घण्टापछि उठेर बर्बराउने र उफ्रने गरेपछि उनीहरुलाई अस्पताल लगिएको हो।

'विद्यार्थीहरु समात्नै नसकिने गरी उफ्रेर बर्बराउँथे' शिक्षक हुमागाईले भने। उनका अनुसार बेहोस् भएका विद्यार्थीबाट अन्यमा रोग सर्ने देखिएपछि मंगलबार मध्यान्ह शिक्षक र विद्यालय ब्यवस्थापन समितिको तत्काल बैठक बसी सबै विद्यार्थी घर फकाईएको थियो।

थप १५ विद्यार्थीहरुले पनि टाउको दुख्यो भनेपछि रोग सर्ने डरले विद्यालय बन्द गर्नुपरेको विद्यालय प्रशासनले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस