फरार दुई कैदी मध्ये एक पक्राउ
२५ जेष्ठ २०७५
•
२ मिनेट पाठ
फरार दुई कैदी मध्ये एक पक्राउ
हुम्ला – जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट शुक्रबार बिहान फरार भएका दुई जना कैदी मध्ये एक जना पक्राउ परेका छन्।




कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि  ७ महिना अघि कारागार चलान गरिएका हुम्ला जिल्ला चंखेली गाउँपालिका– ३, मिमिका लोकेन्द्र बुढा र चोरी तथा सार्वजनिक अपराध सम्बन्धि मुद्दा खेपिरहेका खार्पुनाथ गाउँपालिका ४ छिप्राका लेखे नेपाली आज बिहान शैचालय जाने निहुँमा फरार भएका थिए।

उनीहरु बिहान ३ देखि ५ बजे भित्र भागेको हुन सक्नेआशंका गरिए पनि आफुहरुले बिहान ५ बजे मात्र थाहा पाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु बहादुर सिंहले बताए।

उनले फरार भएको थाहापाउने वित्तिकै जिल्लाका विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको र एक जनालाई पक्राउ गर्न सफल भएको बताए। फरार लोकेन्द्र बुढालाई सिमकोट गाउन्पालिका–८ याङगुगाउँ माथिको जंगलमा भागिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाली भने अझै फरार छन्। कडा सुरक्षा घेराबाट अपराधिहरु कसरी फरार भए भन्ने विषयमा अनुसन्धान भइरहेको श्रेष्ठले बताए। घटनामा कसैको संलग्नता भेटिए कडा कारवाही गरिने उनले बताए।

जिल्ला कारागार भवन नहुदा कैदीहरु बिगत ७ वर्षदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्दै आइएको छ।
अर्को समाचार
कारागार खनेर भाग्ने मुख्य योजनाकार पक्राउ
१५ असार २०७०
•
२ मिनेट पाठ
कारागार खनेर भाग्ने मुख्य योजनाकार पक्राउ
राजविराज - गत कात्तिक २३ गते सुनसरीको झुम्कामा रहेको पूर्वाञ्चल क्षेत्रीय कारागारबाट राति सुरुङ खनेर फरार कैदी मध्ये मुख्य योजनाकार धीरेन्द्र यादव पक्राउ परेका छन् । 
उनलाई भारतको बिहार विरपुर क्षेत्र अन्तर्गत पर्ने कटैया गाउँबाट भारतीय प्रहरीले आज बिहान २ पक्राउ गरेको हो। विरपुर क्षेत्रका डिएसपी मनोज रामको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।यादवसँगै अन्य चारजना फरार कैदी समेत प्रकाउ परेका छन् । यद्यपी भारतीय प्रहरीले भने बाँकी चारजनाको पहिचान खुलाउन चाहेका छैन। नागरिकसँग टेलिफोनमा कुरा गर्दै डिएसपी रामले भने, 'हाम्रो अप्रेशन जारी छ। अप्रेशनमा प्रभाव पार्ने भएकोले कसैको नाम खुलाउँदैनौं।' 




अपराधी धीरेन्द्र यादवमाथि नेपालमा कर्तव्य ज्यान, अपहरण, फिरौती, किर्ते नागरिकता लगायतका दर्जन भन्द बढी मुद्दा चलिरखेको छ । नेपाल र भारत दुवैतिर मोस्ट वान्टेड सूचीमा रहेका यादवलाई सप्तरी जिल्ला अदालतले सर्वस्वसहितको जन्मकैदको कारबाही सुनाएको थियो। 

सोही क्रममा झुम्का कारागारमा बस्दै आएका यादव कार्तिक २३ गते भारत तथा बंगलादेशका झण्डै दर्जन बढी कुख्यात अपराधीहरुसँग साठगाँठ गरी सुरुङ खनी भाग्न सफल भएका थिए।

भागेकाहरु मध्ये इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बंगलादेशी आतंकवदी सुव्रत ब्रेन भारतको कलकत्ताबाट तथा कुख्यात अपराधी रमेश यादव भारतको सुपौलबाट यस अघि नै पक्राउ परिसकेका छन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस