विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प
०५ जेष्ठ २०७५
•
५ मिनेट पाठ
विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प
पढाइ छाडेर विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि सुनसान बनेको जुम्लाको पातारासी गाउँपालिकास्थित सरस्वती मावि। तस्बिर: डिबी/नागरिक
जुम्ला/रुकुम (पूर्व) – जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन्।

बहुमूल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएका छन् । यार्सा टिप्न अभिभावकसँगै बालबालिका पनि लेकतिर गएकाले पठनपाठन ठप्प भएको हो । पातारासी गाउँपालिकामा पाँच मावि, २० निमावि र ६ प्रावि छन्।

अभिभावकसँगै बालबालिका डोल्पा, जुम्ला र मुगु जिल्लाका यार्सा पाइने क्षेत्रतिर गएको सरस्वती मावि पेरे खालाढिकका प्रधानाध्यापक वासुदेव शाहले बताए । उनले भने, ‘यार्सा संकलन गर्ने समयमा दुई महिना विद्यार्थी विद्यालय नै आउँदैनन ।’ एक दशकदेखि यो क्रम जारी रहेको उल्लेख गर्दै उनले यसले पठनपाठनमा असर परेको जानकारी दिए । अहिले सबै विद्यार्थी जीविकोपार्जनका लागि यार्सा टिप्न लेक (पाटन) तिर गएपछि विद्यालय सुनसानजस्तै भएको उनले बताए । ‘विशेषगरी निमावि र माविस्तरमा पढने विद्यार्थी लेकतिर गएपछि हामी शिक्षक कामविहीन भएको छौं’, उनले भने।

शिक्षक जयसिंह सार्कीका अनुसार अहिले कक्षा सातका १७ विद्यार्थीमध्ये दुई जना, कक्षा आठका २० मध्ये एक, कक्षा ९ का ४१ मध्ये एक विद्यार्थीमात्रै स्कुल आएको जानकारी दिए । उनले भने, ‘कक्षा १० का पनि सबै विद्यार्थी यार्सा टिप्न लेकतिर गए । अहिले सानासाना विद्यार्थी मात्रै विद्यालय आउने गरेका छन्।’

विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि प्रत्यक्ष असर पठनपाठनमा परेको छ । ‘यार्साको मौसममा दुई महिना त निमावि र माविको पढाइ नै बन्द हुन्छ । पढाउने बेलामा विद्यार्थी नआएपछि पाठयक्रम सकाउनै मुस्किल हुन्छ,’ प्रधानाध्यापक शाहले भने, ‘यस क्षेत्रको जीविकोपार्जनको मुख्य स्रोत भनेको यार्सा भएकाले हामीले विद्यार्थीलाई नजान भनेर कडाइ पनि गर्न सकेका छैनौं।’

सरस्वती माविका मात्र होइन गाविसस्थित सबैजसो विद्यालयका विद्यार्थी यार्सा टिप्न लेकतिर लागेका छन् । पातारासी गाउँपालिका प्रमुख लछिमन बोहोराले पनि विद्यार्थी पढाइ छाडेर यार्सा टिप्न लेकतिर गएको बताए । उनले भने, ‘यसले पठनपाठनमा बाधा परेको हामीले बुझेका छौं । अर्को वर्ष विद्यार्थीलाई यार्सा टिप्न लेकतिर नजाने व्यवस्था गर्ने छौं।’

जनप्रतिनिधि पनि लेकतिर

यसैगरी रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–३ का वडाध्यक्ष धोकरा बुढा वडा कार्यालयका कामकाज थाती राखेर यार्सा टिप्न पाटनतिर गएका छन् । गाउँपालिका कार्यालयलाई जानकारी नगराईकन वडाध्यक्ष बुढा यार्सा टिप्न गएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए । वडाध्यक्ष बुढा वैशाख ३० गते पाटनतिर गएकाले गाउँ कार्यपालिका बैठकमा समेत उपस्थित नभएको घर्तीले बताए।

सो वडामा अहिले वडा सदस्य चिन्या बुढालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । वडाध्यक्ष नै काम छाडेर यार्सा टिप्न गएपछि कामकाज प्रभावित भएको छ । जानकारी नगराईकन यार्सा टिप्न गएका वडाध्यक्षलाई फर्केपछि स्पष्टीकरण सोधिने गाउँपालिका अध्यक्ष घर्तीले बताए । रुकुम (पूर्व) का वडा सदस्यहरु पनि यार्सा टिप्न गएको हुनसक्ने तर कसैले पनि जानकारी नगराएको उनले बताए।

यार्सा टिप्न यहाँका धेरैजसो स्थानीय पाटनतिर जान्छन् । विद्यार्थी र शिक्षक यार्सा टिप्न गएकाले दर्जनौं विद्यालय बन्द भएका छन् । समुद्री सतहदेखि चार हजारभन्दा माथिको उचाइमा यार्सा पाइन्छ । पुथा उत्तरगंगा गाउँपालिका अरबिजा, पूर्वाङ, पुपाल, फूलबारीलगायत क्षेत्रमा यार्सा पाइन्छ।
अर्को समाचार
जुम्लामा पाँच सयभन्दा बढी विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि पठनपाठन ठप्प
०७ जेष्ठ २०८१
•
४ मिनेट पाठ
जुम्लामा पाँच सयभन्दा बढी विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि पठनपाठन ठप्प
वर्षभरिको पढाइ र घर खर्च जुटाउन जुम्ला लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी यति बेला बहुमूल्य जडीबुटी यार्सा खोज्न लेकतिर उक्लिएका छन्। 

यार्सा टिप्ने समय सुरु भएपछि जुम्ला, डोल्पा,कालिकोट, जाजरकोट, रुकुम र मुगु लगायतका जिल्लाबाट विद्यार्थी उनीहरू अभिभावकसँगै उच्च पहाडी क्षेत्रका पाटन गएपछि अधिकांश विद्यालयको नियमित पढाइ प्रभावित भएको छ।

ऋमोक्ष माध्यमिक डिल्लीचौरका १ सय २१,गंगा माध्यमिक पेरेका २ सय ६० ,गंगादेवि आधारभूत स्यालागडिगाउँका १५,आधारभूत विद्यालय हुरीमहरीका ६ जना,आधारभूत विद्यालय लुमका ३०, मालिका मावि लोठचौरका ७० र सरस्वती माध्यमिक विद्यालय तल्फिका ८० जना गरी कुल ५ सय ८२ जना छात्राछात्रहरु पढ्ने जोहो गर्न पाटन पुगेका छन्।

गरिबीका कारण बालबालिकाहरू अभिभावकसँगै यार्सा खोज्न पाटन जानुपर्ने बाध्यताले गर्दा उनीहरूको पढाइ बर्सेनि प्रभावित हुँदै आएको जुम्लाको पातारासी गाउँपालिका-१ मा रहेको गंगा माध्यमिक विद्यालय पेरे प्रध्यानाध्यापक गोर्ख बुढा बताउँछन्। 

जुम्ला,कालिकोट डोल्पा, मुगु, जाजरकोट र रुकुमका अधिकांश स्थानीय बासिन्दाले यार्सा बेचेर जोहो गरेको पैसाबाट वर्षभरिको खर्चको जुटाउने गर्छन्।यार्सा विद्यार्थीदेखि सर्वसाधारणको आम्दानीको स्रोत बनेको छ।

विद्यार्थीको तेजिलो आँखा हुने हुँदा पाटनमा बढी कीरा टिप्ने भएकाले अभिभावकले पढाइ छोडेर आफ्ना छोराछोरी ढेड महिनाको निम्ति पाटन लैजाने चलन छ।

सबैभन्दा बढी डोल्पा र मुगुका पाटनमा तथा त्यसपछि जुम्ला र हुम्लाका पाटनमा यार्सा पाइन्छ। आम्दानीको गतिलो स्रोत नै यार्सा भएकोले अभिभावकले यार्सा टिप्न आफ्ना छोराछोरीलाई लिएर जाने गरेका छन्।

कम्तीमा पनि दुई महिना बालबालिका विद्यालय छाडेर यार्सा टिप्न जाने गरेको सोही गाउँपालिका ४ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका प्रध्यानाध्यापक हरिबहादुर बुढाले बताए। यार्सा टिपेर एक विद्यार्थीले कम्तीमा पनि एक लाख देखि दुई लाख बढी रुपैयाँ कमाउँछन्।

त्यसैले अभिभावकले छोराछोरीको पढाइभन्दा यार्सालाई बढी महत्त्व दिने गरेको पाइन्छ। आधारभूत तहसम्म भने नियमित पढाइ भइरहेको छ। कक्षा ७ देखि १० सम्मका विद्यार्थी धेरै गएका छन्,भने ४,५ र ६ कक्षा सम्म कमै पाटन निस्केका छन्।

‘यार्साको कमाएको पैसाले घर खर्च चलाउने र छोराछोरीलाई पढाउने गर्छौँ,खान लाउन पुग्दैन, त्यसैले छोराछोरीलाई च्याउ टिप्न नपठाई हुँदैन,’पातारासी गाउँपालिका-३ चौर गाउँकी काली रावतले भनिन्।

माथिल्लो तहका विद्यार्थी  नआउँदा कतिपय विद्यालयका पढाइ हुदैन,शिक्षक हाजिर गरेर फर्किने गरेका छन्। यार्साको सिजनमा बर्षेनी डेढ महिना पढाइ प्रभावित हुँदा पाठ्यक्रम सक्न समस्या हुने गरेको मालिका माध्यमिक विद्यालय मावि शिक्षक प्रेमबहादुर हमालले बताए।

पढाइ अघि बढाउँदा अधिकांश विद्यार्थीको पढाइ छुट्ने र नपढाउँदा पाठ्यक्रम पुरा गर्न सकस पर्ने गरेको उनी बताउँछन्। ‘यार्सा पाइने मौसममा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नयाँ विकल्प खोज्नुपर्छ’ शिक्षक हमालले भने।

यार्साको आम्दानीले वर्षभरिको खर्च जुटाउनु पर्ने भएकोले आफ्ना छोराछोरीलाई जोखिम मोलेर मुगु र डोल्पाका पाटन लान बाध्य भएको अभिभावकले बताउँछन्।आफूहरूको यस्तो बाध्यतालाई अन्त्य गरी छोराछोरीलाई नियमित विद्यालय जाने अवस्था सिर्जना गर्नुपर्ने उनीहरूको भनाइ छ।

गाउँलेहरू यार्सा टिप्न डोल्पाका पाटनतिर गएपछि गाउँहरू सुनसान छन्। गाउँमा अहिले अधिकांश वृद्धवृद्धा र बालबालिका मात्रै छन्। कसैको मृत्यु भए अहिले गाउँमा मलामी जाने मान्छे समेत नभएको सरस्वती माध्यमिक विद्यालय तल्फीका प्रध्यानाध्यापक विष्णुचन्द्र डाँगीले बताए।  

१, २,३ र ४ ५ वडा भित्र सामुदायिक विद्यालयका माथिल्ला कक्षामा पढ्ने अधिकतम विद्यार्थी पाटन पुगिसकेको पातारासी गाउँपालिकाअन्तर्गतको शिक्षा शाखा प्रमुख अविराज उपाध्याय बताउँछन्। 

गाउँपालिकामा रहेका सबै विद्यालयका प्रधानाध्यापकहरूको बैठकमा ७५ प्रतिशत हाजिर र ३३ प्रतिशत पढाइ नभए माथिल्लो कक्षामा लागि योग्य नहुने निर्णय गरिएको जानकारी दिए।

विद्यालयहरूले पत्रमार्फत सूचना पठाएरै अभिभावकलाई सो निर्णयबारे सचेत गराएको छ। पातारासी गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। जसमा निमावि र मावि ६/६ वटा तथा प्रावि चारवटा छन्। यतिबेला कम्तीमा ६० प्रतिशत विद्यार्थी पाटन पुग्छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस