रोग निको पार्ने पानी !
२२ वैशाख २०७५
•
४ मिनेट पाठ
रोग निको पार्ने पानी !
रुकुम, (पुर्व)– सिस्ने गाउँपालिका–४, पोखरामा रहेको तातोपानी जिल्ला सदरमुकामबाट पौने घण्टा पैदलयात्रामा पुगिन्छ । घुमाउरो बाटो भएकाले त्यहाँ पुग्न सवारी साधनबाट १५ मिनेट जति लाग्छ । सानीभेरी नदिसँगै तातोपानी क्षेत्र अवस्थित छ । तातोपानी क्षेत्रको पानी र सानीभेरीको पानीले फरक अनुभूति दिन्छ । सानीभेरीको पानी चिसो हुन्छ भने उक्त क्षेत्रको पानी तातो छ ।




भन्दा विश्वास लाग्दैन, तर यहाँ काँचो अण्डा पानीमा राख्दा ५÷६ मिनेटमा पाक्छ । यतिसम्म तातोपानी छ कि पुस, माघमासमेत उमालेको जस्तै । प्राकृतिकरूपमा आफैँ उत्पत्ति भएको तातोपानी पिउने र नुहाउने गर्नाले विभिन्न रोगहरूसमेत निको हुने धार्मिक विश्वास छ । परापूर्वकालदेखि रहिआएको यो क्षेत्रले पर्यटकीय सम्भावना बोकेको छ ।

यहाँ कपडा धुने र नुहाउने मानिसहरूको भीड लाग्ने गर्छ । यहाँको पानी निकै तातो हुँदा अण्डा चाउचाउ पाक्ने स्थानीयहरूको भनाइ छ । पुसमाघको चिसो समयमा यहाँ आएर नुहाउनेको घुइँचो लाग्ने गरेको स्थानीय दिलीप खड्काले बताए । विभिन्नखाले रोगहरू निको हुने हुँदा यस क्षेत्रको महत्व बढ्दै गएको उनको भनाइ छ । तर प्रचारप्रसार अभावमा भने यसले जहिले पनि न्याय खोजिरहेको हुन्छ । पर्यटकहरु आए यस क्षेत्रले न्यायको आभास पाउने स्थानीय गोपिराम खड्काले बताए । 

नदी भासिदै जाँदा तातोपानी भेटिएको स्थानीय लक्षीराम घर्तिले जानकारी दिए । उनका अनुसार यसको महत्व भएपनि कसरी उत्पत्ति भएको यथार्थ अहिलेसम्म पत्ता लागेको छैन । यसको महत्व पत्ता लगाउनुपर्ने उनको भनाइ छ । 

यहाँ बन्दुकको बारुदजस्तै गन्ध आउँछ । कुनै धातु हुनुपर्ने घर्तिले बताए । अहिले तातोपानीको मुहानमा शिव भगवानको मन्दिर निर्माण गरिएको छ । पहिला यहाँ आउने व्यक्तिहरुले बगरका ढुंगामा पैसा छाड्ने गरेको घर्तिले सुनाए । 

संरक्षण भएन

यो स्थान सानीभेरी नदीसँगै छ । वर्षातको समयमा नदीमा पानीको बहाब उच्च भइ तातोपानीसम्म पुग्छ । जसले गर्दा पछिसम्म यो क्षेत्र पुरिनसक्ने खतरा रहेको स्थानीयहरु बताउँछन् । उनीहरुले यसको संरक्षण गर्नुपर्ने बताए। ‘वर्षातका कारण नदीमा पानीको बहाब बढ्दै जाँदा तातोपानी बगरमा परिणत हुँदै गएको छ,’ सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले भनिन्, ‘गाउँपालिकाले मुहान संरक्षणका लागि पहल थालेको छ ।’ 

गाउँपालिकाले तातोपानी संरक्षणका लागि एक लाख रुपयाँ छुट्याएको बताइन् । यसको संरक्षणका लागि गाउँपालिकाले प्रत्येक वर्ष ध्यान पु¥याउने उनको भनाइ छ । तातोपानी संरक्षणपछि यहाँ पर्यटकहरु आउने अपेक्षा राखिएको छ । 

सानोभेरी नदी किनारमै रहेको पूर्वी रुकुमको पोखरामा अवस्थित तातोपानी क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटनका लागि एक ऐतिहासिक स्थानकारूपमा लिने गरिन्छ । सानीभेरीको बाँध बाध्ने, तातोपानी फैलिएको क्षेत्रफल वरिपरि पर्खाल लगाउने, पर्खालभित्र आकर्षक बनाउने, नुहाउनका लागि पूर्वाधार निर्माण गर्नुपर्ने स्थानीयहरुको भनाई छ ।

क्याप्सन ः तातोपानी क्षेत्र । तस्बिर गणेश बिक÷नागरिक
अर्को समाचार
थुनसराको पीडा
२६ फागुन २०७२
•
६ मिनेट पाठ
थुनसराको पीडा
'१८ वर्षदेखि पक्षाघातले एक जना बिरामी थलिएकी छन् । उनको पुरानो रोग निको पार्ने दाबीसहित जटाधारी धामीले उफ्रँदै टाउकोमा उम्लिएको १० लिटर पानी खन्याइदिन्छ ।सुरुमा कुचोले तातोपानी शरीरमा छ्याप्दा नै सहन नसक्दा उनले त्यसो नगर्न धामीसँग अनुनय विनय गरेकी थिइन् । आफन्तहरू पनि धामीप्रति विश्वास गरिरहन्छन् र बिरामीलाई सहन अनुरोध गर्छन् । उत्तेजित जटाधारीले अब ठीक हुन्छ भन्दै तातो पानी टाउकोबाट खन्याइदिन्छ । नतिजा उनका शरीरबाट छाला उप्कन थाल्छन् । उनको अवस्था थप जटिल बन्दै जान्छ । यति हुँदा पनि धामी रोग निको हुने दाबीसहित घटना कसैलाई नभन्न बिरामीका आफन्तलाई चेतावनी दिन्छ ।' यो कुनै साहित्यिक कथाको 'प्लट' होइन । केही दिनअघि दाङ, हाँसीपुरकी थुनसरा विकले भोगेको यथार्थ हो ।




लामो समयदेखि पक्षाघात (प्यारालाइसिस)बाट थलिएकी थुनसरालाई उनका परिवारले झारफुक र धामी–झाँक्रीकै भरमा उपचार गराइरहे । र, अन्त्यमा आफूलाई अब्बल धामी भन्ने जटाधारी कमल क्षत्रीको चंगुलमा परे । उनको अवस्था दिनप्रतिदिन बिग्रँदै जान थालेपछि मात्र घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल लगिएको हो । अस्पताल लगिएपछि नै धामी क्षत्रीको कर्तुत सार्वजिक भएको हो । त्यसपछि धामीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । यही फागुन ११ गते धामी क्षत्रीले थुनसराको टाउकोमा पानी खन्याइदिए र २५ गतेमात्र उनलाई अस्पताल पु¥याइनाले अवस्था थप बिग्रन पुगेको बुझिन्छ । पहिला प्रहरी सेवामै रहेका धामी क्षत्री पछि कोइलावासको रामजानकी मन्दिरमा पूजारीको काम गर्न थालेको र जटाधारी बनेको स्थानीयको भनाइ छ । यसले पनि धामीमा औषधिउपचारबारे सामान्य ज्ञानसमेत नभएको बुझ्न सकिन्छ । त्यस्तो व्यक्तिबाट दीर्घरोगको उपचार गराउनुको पछाडि चेतनाहीनता कारक रहेको स्पष्ट हुन्छ ।

जुन दिन थुनसरा लामो समयदेखि प्यारालाइसिसबाट थलिएको आफ्नो शरीरमा तातोपानी खन्याएर उपचार गराइरहेकी थिइन्, त्यही दिन नेपालमात्र होइन संसारभरि नै नारी दिवसको उत्सव चलिरहेको थियो । सहरबजार र सुगम भेगका नारीहरू आफ्नो हकअधिकार र समानताका निम्ति आवाज बुलन्द पारिरहेका थिए । उता, रोगको निदान गर्न नसकेर २१औँ शताब्दीको यो वैज्ञानिक युगमा दाङकी एक महिला १८औँ शताब्दीको पद्धति अँगाल्न बाध्य भएकी थिइन् । यो विरोधाभासपूर्ण अवस्थाको अन्त्य वर्षमा एक दिन मनाइने नारी दिवसले गर्न सक्दैन । नारी शिक्षा र चेतनाको स्तरमा व्यापक सुधार आउनुपर्छ । नारी दिवसको मर्म थुनसराको घरआँगनसम्म पुग्न सक्नुपर्छ । सीमित र जान्नेसुन्ने महिलामात्र हकअधिकारले सुसज्जित हुँदैमा समस्त महिलामा चेतना जाग्ने पनि होइन ।

दाङ जिल्ला तुलनात्मकरूपमा चेतनायुक्त क्षेत्र मानिन्छ । त्यस जिल्लामा पनि कतिपय क्षेत्र निकै विकट छन् । तर, हाँसीपुर सुगम ठाउँ हो । त्यही क्षेत्रकी एक महिला चरम रुढीग्रस्त परम्पराको सिकार बन्न पुगेकी छन् । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । दाङ सरकारी–गैरसरकारी संघ–संस्था (एनजीओ–आईएनजीओ)को पहुँच पनि निकै भएको स्थानका रूपमा परिचित छ । तर, तिनले आवश्यक जनचेतना फैलाउन नसकेको देखिन्छ । सरकारले हरेक वर्ष शिक्षामा बजेटको ठूलो हिस्सा छुट्याउँदै आएको छ । तर पनि चेतनास्तरमा समयानुकूल सुधार आउन सकेको छैन ।

थुनसराको घटना पछिल्लो प्रतिनिधि घटना हो । मुलुकका कैयौँ भागमा अझै पनि धामी–झाँक्रीबाटै उपचार गराउने परम्परा कायम छ । सरकारले नेपालीको औसत आयु ६७ वर्ष पुगेको बताए पनि सामान्य रोगको उपचार समयमा नपाएर अकालमा ज्यान गुमाउनुपर्ने नागरिक प्रशस्तै देखिन्छन् । यस्तो अवस्थाको अन्त्यका निम्ति कम्तीमा पनि हरेक गाविसमा सुविधा सम्पन्न स्वास्थ्यचौकी स्थापना हुनु आवश्यक छ । गरिब तथा रोगी नेपालीका नाममा विभिन्न शुभेच्छुक तथा दाता राष्ट्रहरूबाट आर्थिकलगायतका सहयोग हुँदै आएको छ । सरकारले नै पनि स्वास्थ्य क्षेत्रमा मनग्गे रकम छुट्याउँदै आएको छ । तर, त्यसको सदुपयोग हुन सकिरहेको छैन । कतिपय एनजीओ–आईएनजीओकर्मीहरू कागजमा मात्रै सफल भएका छन्, कार्यक्षेत्रमा हैन । सरकारी स्वास्थ्यकर्मीको छनोट सुगम क्षेत्र हुने गरेको छ । यस्तो अवस्थाको अन्त्य नभएसम्म यो देशका थुनसराहरू धामी–झाँक्रीको भर पर्न बाध्य भइरहने छन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस