नेपालगन्जमा ढुङ्गा हैन, इँटामा टिकेको छ सडक पूर्वाधार
०५ असार २०८२
•
६ मिनेट पाठ
नेपालगन्जमा ढुङ्गा हैन, इँटामा टिकेको छ सडक पूर्वाधार
नेपालगन्ज–१९ स्थित सुर्जीगाउँमा पक्की बनाउन लागिएको सडकमा इँटाको सोलीङ । तस्बिरः गणेश/नागरिक
असार लागेपछि मुलुकभर विकासको चटारो अझ बढेको छ । ‘असारे विकास’ को नामले परिचित यो परिपाटी संघ, प्रदेश र स्थानीय तहमा वर्षौँदेखि दोहोरिँदै आएको छ । बजेटको धेरै खर्च असार–जेठभित्र सक्नुपर्ने बाध्यता हुन्छ, तर अधिकांश योजना कागजमै अल्झिएर अन्तिम समयमा मात्र कार्यान्वयनमा आउने परिपाटी कायम छ । त्यसैको परिणामस्वरूप योजना निर्माण हतारोमा, गुणस्तरको मूल्याङ्कनबिना सम्पन्न गर्नुपर्ने बाध्यता देखिन्छ ।




नेपालगन्ज उपमहानगरपालिका यसैको ज्वलन्त उदाहरण हो । यहाँका गल्ली गल्लीमा सडक कालोपत्रे, पिसीसी गर्न थालिएको छ । हेर्दा सराहनीय देखिने यो प्रयासभित्र जब निर्माणका प्रविधि र सामग्रीको वास्तविकता नियालिन्छ ।, तब प्रश्न उब्जिन्छ, ‘के यस्तो सडक पाँच वर्ष टिक्नेछ ?’ जवाफ खोज्दा थाहा हुन्छ, सडकको तल्लो तहमा ढुङ्गा होइन, इँटा प्रयोग गरिएको छ । सस्तो र छिटो काम सक्ने नाममा गुणस्तरमा कन्जुस्याइँ गरिएको छ । यसले दीर्घकालमा पूर्वाधार मात्र होइन, राज्यको करोडौँ लगानी पनि जोखिममा पार्ने निश्चित छ ।

बजेट सकिने समयमा योजनाहरूको ‘डेडलाइन’मा छन् । निर्माण स्थलमा डोजर, लोडर, रोलर दौडिरहेका छन् । तर, देखिने कालोपत्रे सतहभन्दा तल गढेर हेर्ने हो भने अर्को मौन प्रश्न उठ्छ, ‘सडकको आधार (सोलीङ) कत्तिको बलियो बनाइएको छ ?’ परम्परागत रूपमा सडकको सोलीङमा ढुङ्गा प्रयोग गरिन्थ्यो । प्राकृतिक रूपमा बलियो र भार वहन गर्ने क्षमता भएका ढुङ्गा निर्माणको मूल आधार ठानिन्थे । तर पछिल्लो समय, विशेष गरी तराईका सहरी क्षेत्रहरूमा इँटा त्यसको विकल्पका रूपमा प्रयोग गरिँदै छ ।

नेपालगन्जका गल्ली–गल्लीमा अहिले कालोपत्रे सडक निर्माण भइरहेका छन्, जहाँ ढुङ्गाको सट्टा इँटा प्रयोग गरिएको छ । यो प्रवृत्ति सस्तो र छिटो काम सक्ने मानसिकताको उपज हो वा उपलब्धताको अभाव ? प्रश्न यतिमै सीमित छैन । इँटाको दीर्घकालीन टिकाउपन, आर्थिक मूल्य र प्राविधिक आधार के हो त ? सडक बलियो बनाउन खोजिएको हो वा देखावटी काम गरेर राज्यको लगानी जोखिममा पारिएको हो ?

सडक निर्माणमा ढुङ्गा र इँटाको प्रयोग दुई फरक विधि हुन् । ढुङ्गा—प्राकृतिक, कठोर, जल प्रतिरोधी र उच्च भार वहन गर्न सक्ने । इँटा—पकाइएको माटोको उत्पादन, हल्का, समान आकारको, तर तुलनात्मक रूपमा कम टिकाउ हुन्छ । सडकको आधार तह बलियो नभए, जति उत्कृष्ट कालोपत्रे भए पनि सडक लामो समय टिक्दैन । भारी सवारी साधनको लगातार आवागमनले आधार तहलाई दबाउँछ, फोहोर वा कमजोर सामग्री प्रयोग भएको भए त्यो भाग चाँडै धस्सिन्छ र सतह चर्कन्छ, फुट्छ, खाल्डाखुल्डी पर्छ ।

इँटा प्रयोग हुँदा यस्तै समस्याहरू देखा पर्न थालिसकेको छ । विशेषतः पानीको जमघट हुने क्षेत्र, नाली नबनेको सडक र गहिरो माटो भएको भूभागमा समस्या तुरुन्तै सतहमा देखिन्छ । सस्तो, लागत नियन्त्रण, ढुङ्गा जोहो गर्न समय, श्रम र ढुवानी खर्च धेरै, इँटा भने स्थानीय स्तरमै सहजै उपलब्ध हुन्छ, हलुका भएकाले बोक्न र प्रयोग गर्न सजिलो र ठेकदारहरू पनि कम मूल्य देखाएर ठेक्का जित्न र बढी नाफा निकाल्नलाई पनि इँटा प्रयोग हुँदै आएको छ । 

यसले सस्तो देखिने इँटा दीर्घकालमा खर्चिलो बन्न सक्छ, सडक छिट्टै बिग्रिन्छ, बारम्बार मर्मत आवश्यक हुन्छ र राज्यको दोहोरो तेहोरो लगानी लाग्न सक्छ । सडक निर्माणको दीर्घकालीन दृष्टिकोणबाट हेर्दा, ढुङ्गा प्रयोग महँगो भए पनि आर्थिक रूपले लाभदायक विकल्प ठहरिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर भुपेन्द्र बोहरा भन्छन्, ‘सबैभन्दा पहिला माटो बलियो हुनुपर्छ । त्यसपछि सोलीङका लागि ए वर्गको इँटा र ढुङ्गा दुवै राख्दा समस्या हुँदैन ।’

उनका अनुसार सडक निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गरेर स्थानीय रुपमा उपलब्ध वस्तु प्रयोग गर्नु उपयुक्त हुन्छ । एमबिसी कोडमा पनि ढुङ्गा र इँटाको स्पष्ट विभाजन नगरिएको उनले बताए । बोहरा भन्छन्, ‘नेपालगन्जमा इँटाको प्रयोग पहिलेदेखि हुँदै आएको हो । अहिलेसम्म ठूला समस्या आएका छैनन् ।’

यो भनाइले के सङ्केत गर्छ भने इँटा प्रयोग उपयुक्त नहुन पनि सक्छ, तर त्यसको प्रयोग पूर्णतः गलत होइन भन्ने तर्क प्राविधिक तहबाट पनि आउँछ । तर प्रश्न यतिमै अन्त्य हुँदैन । इँटा प्रयोग पनि यसैको एउटा रूप हो । गुणस्तरहीन इँटा प्रयोग गरियो भने त्यसले सडकको जरा नै कमजोर बनाउँदै आएको छ । 

ढुङ्गा होइन, इँटाको विकल्प किन ?

पूर्वाधार निर्माणमा ‘सोलिङ’ अर्थात् सडकको आधार तह बलियो बनाउने काम अत्यन्त महत्त्वपूर्ण हुन्छ । परम्परागत रूपमा यसको लागि ठूला ढुङ्गा, ग्राभेल, क्रसर उद्योगबाट उत्पादन भएको एग्रीगेट प्रयोग गरिन्छ । तर पछिल्लो समय निर्माण व्यवसायीहरूले इँटालाई त्यसको विकल्पका रूपमा प्रयोग गर्न थालेका छन् ।

नेपालगन्जको सडक निर्माणमा पनि अहिले इँटाको टुक्रा टुक्रा परेर त्यसैलाई सोलिङ गरिएको देखिन्छ । निर्माण कम्पनीका अनुसार इँटा सस्तो, हलुका र छिटो प्रयोग गर्न मिल्ने भएकाले छनोट गरिएको हो । तर प्राविधिकहरू भन्छन्, ‘यो विकल्प हैन, जोखिम हो ।’

इँटा कत्तिको टिकाउ ?

सडकको आधार बलियो नभए, माथिको कालोपत्रे सतह कति राम्रो भए पनि त्यसको टिकाउ ग्यारेन्टी हुँदैन । प्राविधिक भाषामा भन्नुपर्दा, इँटाले ढुङ्गा वा एग्रीगेट जत्तिकै लोड बोक्न सक्दैन।

पानी पर्दा इँटा चाँडै गल्न थाल्छ, निरन्तर सवारी चापले दबिएर धसिन्छ, सतह खुम्चिएर कालोपत्रे फुट्ने र खाल्डा पर्ने सम्भावना बढ्छ । एक इन्जिनियर भन्छन्, ‘इँटा भनेको ‘लो–क्वालिटी फिलिङ म्याटेरियल’ हो, न कि स्ट्रक्चरल बेस म्याटेरियल । सडकमा यसको प्रयोग सामान्यतया उपयुक्त मानिँदैन, विशेषतः जहाँ यातायात चाप बढी हुन्छ ।’

हतारो र अनुगमनको कमजोरी

नेपालगन्जमा अहिले दर्जनौँ स्थानमा एकै पटक सडक कालोपत्रे भइरहेका छन् । योजना, नक्सा र बजेट त छ, तर कामको गति हेर्दा देखिन्छ– गुणस्तर होइन, छिटो सकिने होड चलिरहेको छ । योजना कार्यान्वयन गर्ने ठेकेदारलाई ‘असारभित्र काम सकाउने दबाब’, निर्माण सामग्री भर्नु पर्ने हतारो, र प्राविधिकहरूको निष्क्रिय अनुगमनको संयोजनले निर्माणको नाममा औपचारिकता पूरा भइरहेको अवस्था देखिन्छ ।

स्थानीय सरकारका प्राविधिक कर्मचारीहरू स्वयम् भन्छन्, ‘प्राविधिक मापदण्ड अनुसार काम गराउँछौँ भनेर प्रयास गर्छौं, तर राजनीतिक दबाब र ठेकेदारको हतारोले पालना गराउन गाह्रो पर्छ ।’ यसको सिधा असर आम नागरिकको जीवनमा पर्छ । नेपालगन्जमा मात्रै सडक निर्माणमा करोडौँ रुपैयाँ खर्च भइरहेको छ । 

संघीय सरकार, प्रदेश सरकार र उपमहानगरपालिकाको साझेदारी योजनाबाट बनेका सडक निर्माण कार्यहरूले स्थानीय स्वरोजगार र सुविधामा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ। तर जब त्यसमा प्रयोग भएको सामग्रीमै कमजोरी हुन्छ, तब दीर्घकालीन प्रतिफल निराशाजनक हुने नागरिक समाजका अगुवाहरू बताउँछन् । इँटाको प्रयोगका कारण सडक १÷२ वर्षमै मर्मत गर्नुपर्ने अवस्था आउँछ, यसले थप बजेटको माग गर्छ । मर्मत प्रक्रिया झन् समय र स्रोत खर्चिलो हुने देखिन्छ ।

यसो हुँदा राज्यको लगानी सुरक्षित रहँदैन । आर्थिक स्रोतको दोहोरो प्रयोगले विकासको गति पनि सुस्त हुन्छ । नेपालगन्जका स्थानीयवासी भन्छन्, ‘गत वर्ष कालोपत्रे गरेका केही सडक अहिले खाल्डाखुल्डी छन् । सडक बनाउँदा ढुङ्गा देखिएको थिएन, अहिले इँटा झिकिएको देखिन्छ ।’ यस किसिमको निर्माण नागरिकका लागि सरसफाइ, सुरक्षा र सहज आवागमन होइन, झन्झट र जोखिम बन्छ । वास्तवमा, यस्तो अवस्था केवल आर्थिक मात्र होइन, सामाजिक र प्रशासनिक असफलता पनि हो ।

सडक निर्माणजस्तो पूर्वाधार विकास दीर्घकालीन सोच, प्राविधिक दक्षता र पारदर्शी कार्यान्वयनमा आधारित हुनुपर्छ । इँटाको प्रयोग त्यसको विपरीत सङ्केत हो । सरकारका योजना तर्जुमा गर्ने निकाय, ठेक्का दिने प्रक्रिया, अनुगमन गर्ने संयन्त्र र राजनीतिक तह सबैमा सुधार नगरी यो स्थिति परिवर्तन हुन नसक्ने नागरिक समाजका अगुवा बताउँछन् । केवल छिटो काम सक्ने मानसिकता त्यागी, टिकाउ पूर्वाधार बनाउने नीति अवलम्बन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

नेपालगन्जका गल्लीमा सडक बनिरहेका छन्, तर आधार कमजोर छन् । ढुङ्गा होइन, इँटा प्रयोग हुँदैछ । यसले तत्काल देखिने विकासको आडमा दीर्घकालीन क्षति निम्त्याउने खतरा छ। ‘देखावटी विकास’ र ‘बजेट सक्ने हतारो’को मानसिकताले राज्यको स्रोतमाथि खेलबाड गरिरहेको अवस्था तत्काल सच्याउनुपर्छ । विकासको नाममा अडान नभएको निर्माण होइन, भविष्य टिक्ने पूर्वाधार आवश्यक छ ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस