दुर्घटनामा घाइते पुरुषको मृत्यु
०२ जेष्ठ २०८२
•
१ मिनेट पाठ
दुर्घटनामा घाइते पुरुषको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका भएर फुलजोरतिर जाने सडक खण्डमा मोटरसाइकलले ठक्कर दिएका पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  




बयलबासतिरबाट भेलहीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ३० डब्लु ३२५२ नम्बरको मोटरसाइकलले सडकमा पैदल यात्रा गरिरहेका ब्रह्मपुरी गाउँपालिका १ का ५० वर्षीय रामप्रताप पन्डितलाई ठक्कर दिएको थियो। ठक्करले पन्डितको दुवै खुट्टा भाँच्चिएको थियो। गम्भीर अवस्थामा पन्डितलाई उपचारका लागि वीरगंजस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा थप तीन जना घाइते भएकामा सबैको उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

पैदल यात्रीहरूलाई ठक्कर दिने मोटरसाइकल चालक भारत बिहार प्रान्तको सीतामढी जिल्लाको सोनवर्षा थाना घर भएका २२ वर्षीय बिरजन पटेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपि सरोज राईले जानकारी गराएका छन्।
अर्को समाचार
दाउन्नेकाे भिरबाट बस खस्योः चारको मृत्यु, ४७ जना घाइते
०५ जेष्ठ २०७८
•
१ मिनेट पाठ
दाउन्नेकाे भिरबाट बस खस्योः चारको मृत्यु, ४७ जना घाइते
नवलपरासीको दाउन्नेमा आज बिहान भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृतकमध्ये अहिले सम्म एक जनाको मात्रै सनाखत भएको छ। मृतकमा पश्चिम रुकुमको त्रिवेणी गाँउपालिका की २७ वर्षीया कल्पना पुनको सनाखत भएको ट्राफिक प्रहरी भुमहीका प्रहरी निरीक्षक बाशु नेपालले जानकारी दिए। मृतक एक जनाको शव बसले च्यापेको अवस्थामा रहेकाले निकाल्न नसकीएको प्रहरी निरीक्षक नेपालले बताए।




दुर्घटनामा चालकसहित ४८ जना घाइते भएका छन्। घाइतेहरुको अहिले नवलपरासीको चिसापानी अस्पालमा उपचार भइरहेको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए।

काठमाडौंको बालाजुबाट गएराती पश्चिम रुकुमका लागि  छुटेको ना ५ ख २७१३ नम्बरको बस आज बिहान ६ बजेतीर नवलपरासीको दाउन्ने स्थित खर्साङ खोला नजिकै दुर्घटना भएको हो। बस सडकबाट २ सय मिटर तल भिरमा खसेको छ। यात्रुले खचाखच भएको बसको गती तीव्र भएका कारण दुर्घटना भएको प्रारम्भिक चरणमा देखिएको प्रहरीले जनाएको छ। बसमा सवार यात्रुहरुमध्ये अधिकाँस कोरोना कहरका कारण काठमाडौ लगायतका आसपासका स्थानबाट पश्चिम रुकुमसहितका अन्य जिल्लामा घर फर्कनेहरु रहेको प्रहरीले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस