होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा
०२ वैशाख २०८२
•
६ मिनेट पाठ
होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा
घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके ।




कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैँ भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याउने गरेकै थियो । अहिले भने भेडेटारसम्म पुग्नै पर्दैन । केही तलका डाँडापाखामा खुलेका राम्रा, आकर्षक, शान्त र मनै लोभ्याउने होटल रिसोर्टले स्थानीय र टाढाटाढाका पर्यटकलाई राम्रै सेवा दिन थालेका छन् ।

धरान उपमहानगरपालिका–१३ स्थित भ्यू–पोइन्ट र साराङ्गा डाँँडालगायतका डाँडापाखा केही वर्षपहिले सुनसान जङ्गल थिए । तर ती ठाउँ अहिले नयाँ होटल, रिसोर्ट र रमणीय पार्कहरुले भरिँदै गएका छन् ।

पार्क र होटलहरु निर्माण भएसँगै पर्यटनको आगमन पनि बढ्दै गएको छ । अहिले यस क्षेत्रमा ४० वटाभन्दा बढी होटल रिसोर्ट र रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन्भने दर्जनाँै पार्क निर्माण गरिएको छ जसका कारण यहाँ दैनिक नेपाल भारतलगायतका ठाउँहरुबाट उल्लेखनीय सङ्ख्यामा पर्यटकहरुको आगमन हुने गरेको स्थानीय व्यवसायीहरुको भनाइ छ ।

धरान–१३ का स्थानीय निरज कोइरालाको भनाइअनुसार धरानको सन्ध्याकालीन व्यापार र रमझम केहीमाथिका डाँडातिर सरेको छ । “केही वर्ष अगाडिसम्म यी डाँडा, जङ्गल, झाडी र गोठालाका खेलमैदान सुनसान जस्तै हुन्थे । हामी घाँसदाउरा र गोठाला जाने गथ्र्यौं,” कोइरालाले सुनाए।

“कुनै समय उजाडझैँ देखिने डाँडापाखाहरुमा पार्क र रिसोर्टहरुले ढाकिएसँगै यहाँका स्थानीयवासीले रोजगारीका लागि नयाँ अवसरहरु पनि पाइरहेका छन्,” कोइरालाले भने। ‘लाहुरेको शहर, फेसनेबल शहर, खेलकुदको शहर’लगायत अनेक उपनामले परिचित धरान शहर पछिल्लो समय मनोरञ्जन क्षेत्रका रुपमा निकै अगाडि छ । यसैको एउटा नमूना हो, डाँडापाखामा खुलेका नयाँ होटेल, रिसोर्ट र मनोरञ्जनात्मक पार्कहरु ।

पर्यटकीय हिसाबले भरपुर सम्भावना देखिएसँगै यस क्षेत्रलाई लक्षित गर्दै स्थानीय तथा बाह्य लगानीकर्ताहरुले पर्यटन व्यवसायमा लगानी बढाउँदै लगेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा १४ वर्ष कतारमा दु:ख गरेर नेपाल फर्किनुभएका सुनिल श्रेष्ठले धरान उपमहानगरपालिका–१३ मा ‘द होटल भ्यू’ सञ्चालन गरिरहेका छन्। विदेशमा गएर सिकेको सीप, अनुशासन र व्यवसाय कौशललाई होटल सञ्चालन गरेर उपयोग गरिरहेको सञ्चालक श्रेष्ठले बताए।  

“सुरुमा ठूलो लगानीबाट सुरु गरिएको व्यवसाय कतै डुब्ला कि भन्ने डर थियो । सुरुआती समयमा चुनौतीहरु भए पनि अहिले होटल राम्रो चलिरहेको छ । त्यही कारण व्यवसायमा थप लगानी गर्ने हौसला मिलेको छ । धरानको प्राकृतिक सौन्दर्यलाई जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छौँ,” उनले भने। अहिले तीन कट्ठा जमिनमा करिब एक करोडको लगानीमा सपरिवार मिलेर होटल सञ्चालन गरिरहेको उनले जानकारी पनि दिए।  

धरान आसपासका डाँडामा होटल र मनोरञ्जन पार्क निर्माण भई सञ्चालनमा आएपछि रोजगारीको अवसर पनि खुलेको छ । ‘द होटल भ्यू’ मा मात्रै १७ जनाले रोजगारी पाएका छन् । “समय समयमा कामदारलाई तालिम दिने गरेको छु । अब चाहिँ लाग्न थाल्यो स्वदेशमै बसेर पनि राम्रो कमाई गर्न सकिने रहेछ,” श्रेष्ठले भने।

द होटल भ्यूमा विगत तीन वर्षदेखि काम गरिरहनुभएका समीर परियार भन्छन्, “मैले यहाँ रोजगारी नपाएको भए अहिले म विदेश पलायन भइसक्थेँ होला । आफ्नै ठाउँमा रोजगार पाएको छु । धेरथोर भए पनि आम्दानी गरिरहेको छु । परिवारसँग बस्न पाएको छु । आफ्नो गाउँठाउँका होटलहरु विदेशी र स्वदेशी पाहुनाहरुको स्वागत सत्कार गर्न पाउँदा खुसी लागेको छ ।”

“धरान–१३ को होटल मनशान्तका मेनेजर सुजन राईका अनुसार कोरोना महामारी भएको बेला व्यापार–व्यवसाय खस्किएको थियो । तर अहिले बिस्तारै पर्यटकको आगमन बढ्न थालेको छ । जस्ले गर्दा व्यापार–व्यवसायमा सुधार हुँदै गएको छ,” उनले भने। अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि यहाँका व्यवसायीहरु पनि खुसी छन् । दैनिक हजारौँ सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेको उनले बताए।

धरानका डाँडापाखामा व्यावसायिक प्रयोजनका लागि होटल र पार्कहरु तीव्र गतिमा भरिने क्रममा रहेको छ । डाँडापाखा शान्त वातावरण, प्राकृतिक सौन्दर्य र शीतल हावाको मजा लिन चाहनेहरूका लागि धरानका डाँडापाखाहरु गन्तव्य बनेको छ ।

पिकनिक स्पट, भव्य रिसोर्ट, आकर्षक पार्कले आन्तरिक पर्यटकलाई तानिरहेको इटहरीबाट घुम्न आकी सुमी राईले बताइन्। “धरानको सिरानमा रहेका यस क्षेत्रका होटल रिसोर्टहरु साँच्चिकै मनमोहक छन् । इटहरीबाट साथीहरुलाई लिएर घुम्न आएँ । यस ठाउँबाट धरान बजारका साथै सुनसरीको समथर फाँट, कोशी नदी, चारकोसे झाडी, चिन्डेडाँडालगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ रहेछ । साथै चिसो हावापानी पाउँदा साँच्चिकै रमाइलो लागेको छ ।”

सुमी राईलाई जस्तै तराईको गर्मी छल्ने र केही घण्टा भए पनि मनोरञ्जन गर्नेहरुका लागि धरान आसपासका डाँडा नयाँ गन्तव्य बनेका छन् । केही वर्षअगाडि यस ठाउँमा आउँदा फाट्टफुट्ट मात्र रिसोर्टहरु थिए । तर अहिले डाँडाभरि होटल रिसोर्टहरु खुलिसकेका छन् । “हामी शहरको भीडभाडबाट केही माथि सुन्दर अनि शान्त ठाउँमा आएर निकै रमाइलो गर्‍यौँ, यहाँको प्राकृतिक सौन्दर्यले मन नै आनन्दित हुन्छ अरू साथीभाइलाई पनि यस ठाउँमा घुम्न आउन आग्रह गर्छु,” सुमीले भनिन्।  

धरानका डाँडापाखामा खुलेका होटल र फास्टफुड पसलमा नेपाली पर्यटकसँगै भारतीय पर्यटकको पनि आकर्षण बढेको छ । धेरैजसो पर्यटकहरु धनकुटाको भेडेटार र नाम्जे जाने गर्थे । तर धरान आसपासका डाँडामा होटल र रिसोर्टहरु खुलेपछि पर्यटकहरु आकर्षित भएको धरान–१३ स्थित होटल साराङ्गाका सञ्चालक जेशिस राईले बताइन्।  

कोशी राजमार्ग आसपास रहेको होटल र रिसोर्टमा आउने पर्यटकमध्ये करिब ४० प्रतिशत भारतीय नागरिकहरु रहेका छन् । पूर्वाधार विकाससँगै थप मनोरञ्जनका क्षेत्र विस्तार गर्न सके यो क्षेत्रमा पर्यटन व्यवसाय अझै फस्टाउने होटल साराङ्गाका सञ्चालक राईको भनाइ छ ।

धरान आसपासका डाँडामा व्यक्तिका नाममा जग्गा भए पनि उपयोगमा आएका थिएनन् । घारी जङ्गल थियो, चोरी डकैती हुने गथ्र्यो । लागुऔषध सेवनकर्ता जताततै देखिन्थे । दिउँसो एक्लै हिँड्डुल गर्न कठिन थियो । साँझ परेपछि धनकुटातिर जाने सवारी साधनहरुमा समेत लुटपातको डर हुने गथ्र्यो । तर अहिले मध्यरातसम्म यी ठाउँमा झिलीमिली र गुल्जार हुने गरेको धरान–१३ का स्थानीय पदम राईले बताए।

“डाँडापाखामा चारैतिर होटल रिसोर्टहरुले झिलीमिली भएको देख्दा साह्रै राम्रो लाग्छ । होटल रिसोर्टहरुमा सयौँ युवाले स्वदेशमै रोजगार पाएका छन् । अझै थप पूर्वाधार निर्माण हुने क्रममा रहेको छ । अब यो ठाउँ धरान आउने पर्यटकका लागि पुग्नै पर्ने गन्तव्यका रुपमा विकास भएको छ,” उनले भने।

धरान उपमहानगरपालिका–१३ मा निर्माण गरिएको ओशो पार्क जहाँ आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको मुख्य बजार भानुचोकबाट करिब छ किमीमाथि निर्माण गरिएको पार्क जहाँ त्यसको वरपर श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपी पार्कलगायत एकैसाथ दर्जनौँ पार्क निर्माण गरिएको छ ।

वरिपरिको हरियाली वातावरणसहित ढकमक्क फुलेका फूलले पर्यटकको मन त्यसै लोभ्याउँछ । ओशो पार्कमा पुगेकी पाँचथरका सन्दीप लिम्बू भन्छन्, “आजभन्दा पाँच–सात वर्षअगाडि यस ठाउँमा आउँदा चारैतिर जङ्गल झाडी अनि बगर थियो । अहिले यस्तो राम्रो पार्क बनिसकेछ ।” “अब स्थानीयस्तरबाट पनि केही पार्क र वनभोजस्थलहरु थप्नका निम्ति कामहरु गर्न खोजिरहेका छौँ । होटेल पार्कहरुमा स्थानीय संस्कृति झल्काउने वातावरण बनाउने योजना अगाडि ल्याएका छौँ,” धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए।

“नयाँनयाँ निर्माण भइरहेका होटेल र पार्क निर्माणका कार्यलाई हामीले नियमन र सहजीकरण गर्दै आइरहेका छौँ । धरानको उत्तरी क्षेत्रलाई संरक्षण र विकास गर्न उपमहानगरपालिकाका तर्फबाट विस्तृत योजना बनाइरहेका छौँ । यो ठाउँलाई धरानको सौन्दर्य पहिचानसँग जोड्ने योजना छ,” वडाध्यक्ष काफ्लेले भने।

यहाँ सुनसरी, मोरङ, झापा, विराटनगरलगायत नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न जाने क्रम बढ्दै गएको छ । यहाँ पारिवारिक मिलन र भेटघाट, पारिवारिक घुमफिर, जन्मदिनका कार्यक्रम गर्ने चलन पनि बढ्दै गएको छ । यहाँका होटलमा नेपाली खानाका परिकार, स्थानीय जातजातिका खानाका परिकार, धराने कालो बङ्गुरको सेकुवा, सुकुटी, तोङ्बालगायतका स्थानीय खानाको स्वाद पनि पाइने होटल व्यवसायीहरुले बताए।  संगीता राई/ रासस
अर्को समाचार
धरानमा मेयर-उपमेयर विवाद उत्कर्षमा: एकअर्काविरुद्ध किर्ते र भ्रष्टाचारको आरोप-प्रत्यारोप
०५ असार २०८२
•
३ मिनेट पाठ
धरानमा मेयर-उपमेयर विवाद उत्कर्षमा: एकअर्काविरुद्ध किर्ते र भ्रष्टाचारको आरोप-प्रत्यारोप
धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीचको विवादले उग्र रूप लिएको छ।




वडा नं-१६ स्थित बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माणको भुक्तानी प्रकरणलाई लिएर चर्किएको विवादका बीच दुवै पक्षले बिहीबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एकअर्काविरुद्ध किर्ते, भ्रष्टाचार र प्रक्रियागत उल्लंघनका गम्भीर आरोप-प्रत्यारोप लगाएका छन्।

सोमबार र मंगलबारको तनावपूर्ण घटनाक्रमपछि आयोजित पत्रकार सम्मेलनमा दुवै पक्षले एकअर्कालाई दोषारोपण गर्दा धरानको राजनीतिक र प्रशासनिक वृत्त थप तरंगित बनेको छ।

मेयर साम्पाङको प्रतिरक्षा: ‘विपद्को काममा भाँडभैलो गरियो’ 

मेयर हर्क साम्पाङले आफ्नो पत्रकार सम्मेलनमा उपमेयर बेघाले तथ्यलाई बंग्याएर गलत भ्रम फैलाएको र विकास निर्माणमा अवरोध सिर्जना गरेको आरोप लगाए।

उनले उक्त निर्माण कार्य विपद्जन्य भएकोले प्रक्रियामा केही लचकता अपनाइएको र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंद्दारा नै सम्झौता भएर प्रक्रिया अगाडि बढेको दाबी गरे।

‘विपद्जन्य कुरामा सम्झौता जतिसुकै बेला गर्न सकिन्छ, कतिपय अवस्थामा कागजात पछि मिलाउनु पर्ने स्थिति पनि हुन्छ,’ मेयरले भने, ‘भुक्तानी दिन फाइल तयार भइरहेको अवस्थामा उपमेयरले भाँडभैलो गर्नुभयो।’

उनका अनुसार करिब १७ लाखको लागत अनुमानमा १० लाख बराबरको श्रमदान भएको र ७ लाख हाराहारीको मात्र सामग्री (जाली) र ढुवानीको भुक्तानी प्रक्रिया अघि बढाइएको थियो, तर उपमेयरले ‘श्रमदाताले पैसा पाउँदो रहेछ’ भन्ने भ्रम फैलाएको उनको आरोप छ।

श्रमदानको अभिलेखका लागि मात्र डोर हाजिरी गरिएको स्पष्ट पार्दै उनले उपमेयरले नै प्रमुख प्रशासकीय अधिकृतबाट फाइल लगेर आफ्ना विरोधीलाई उपलब्ध गराएको समेत आरोप लगाए।

साथै, वडाध्यक्ष मुरारी भट्टराई आफैं श्रमदानमा सहभागी भएर पछि भुक्तानी रोक्न खोज्नुले गलत चरित्र देखाएको र प्रसाद राईको अध्यक्षतामा गठित उपभोक्ता समिति नियमसम्मत भएको उनको जिकिर थियो।

उपमेयर बेघाको प्रतिवाद: ‘श्रमदानको नाममा किर्ते र कानुनी भ्रष्टाचार’ 

मेयर साम्पाङको पत्रकार सम्मेलनलगत्तै, उपमेयर आइन्द्रविक्रम बेघाले पनि आफ्नो पत्रकार सम्मेलनमा मेयरका दाबीहरूको खण्डन गर्दै उनीमाथि श्रमदानको नाममा गैरकानुनी रूपमा किर्ते फाइल खडा गरी कानुनी भ्रष्टाचार गरेको संगीन आरोप लगाए।

बेघाले मेयरले प्रक्रिया र विधि मिचेर नयाँ फाइल खडा गरेको दाबी गर्दै भने, ‘कर्मचारीले मलाई दिएको फाइलमा डोर हाजिरको कैफियतमा केही उल्लेख थिएन, तर हाल आएर नगरप्रमुखले फाइलमा कोरमेट गरेका छन्।’

उनले काम सम्पन्न भएको १५ दिनपछि सम्झौता गरिएको, हुँदै नभएको दिनमा समेत हाजिरी भरिएको, एकै व्यक्तिले एउटै किसिमले हस्ताक्षर गरेको, फाइलमा काम भएको साल-महिना-गते स्पष्ट नभएको, र नगरपालिकाको जेसीबी तथा दमकल जस्ता सरकारी स्रोत-साधनको दुरुपयोग भएको जस्ता गम्भीर प्रक्रियागत त्रुटिहरू औंल्याए।

‘डोर हाजिरमा हस्ताक्षर गरेपछि कानुनी रूपमा भुक्तानी लिएको ठहरिन्छ; रेकर्डका लागि मात्र भन्नु गैरकानुनी हो र सजायको भागीदार हुनुपर्छ,’ बेघाले भने।

उनले मेयरले वडाध्यक्षको अधिकारमा हस्तक्षेप गरेको बताउँदै आफूले ती अनियमितता देखेरै फाइल अस्वीकार गरेको स्पष्ट पारे।

यो आरोप-प्रत्यारोपको शृंखलाले धरानको प्रशासनिक कार्य मात्र नभई आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई समेत गम्भीर रूपमा प्रभावित पारेको छ। विवाद समयमै साम्य नभए थप जटिल बन्ने निश्चित देखिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस