परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक, के छ परिवर्तन?
२७ पौष २०८१
•
३ मिनेट पाठ
परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक, के छ परिवर्तन?
पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी श्रीस्वस्थानी व्रत कथाको विधिको तयारीमा जुटेका छन्। व्रत विधिका लागि आधिकारिक पुस्तक कुन हो भन्नेमा अभ्यासकर्ता द्विविधामा पर्ने गरेका छन्। 




संशय हुने गरेकाले यसपटक भने नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्राध्यापकहरुले विभिन्न पुराण, उपपुराण एवं धर्मशास्त्रका ग्रन्थका आधारमा आधिकारिक श्रीस्वस्थानी व्रतकथाको पुस्तक सार्वजनिक गरेका हुन्। यसको संयोजन, सम्पादन तथा परिमार्जन वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा जनकराज भट्टले गरेका छन्। 

पुस्तकको सम्पादन तथा परिमार्जनमा विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा डा देवमणि भट्टराई, नेपाली विषयका प्रा डा ध्रुवप्रसाद भट्टराई, व्याकरणाचार्य प्रा भीमप्रसाद कण्डेल, इतिहासपुराणाचार्य प्रा नवराज घिमिरे, सहप्राध्यापक डा श्यामप्रसाद खनाल, ऋग्वेदाचार्य सहप्राध्यापक रामचन्द्र सुवेदी र सामवेदाचार्य उपप्राध्यापक सुदर्शन पराजुलीले विशेष सहयोग गरेका थिए।

श्रीस्वस्थानी व्रतकतकथाका पुस्तकमा यसभन्दा बाहिरका विषय ल्याएर सांस्कृतिक अतिक्रमण गरिएका पुस्तक बजारमा भेटिँदा पाठकमा भ्रम भइरहेको अवस्थामा आधिकारिक विद्वान‍्हरूबाट सम्पादन र परिमार्जन गरिएको पुस्तकले सहयोग गर्ने आशा गरिएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का स्थानीयवासी जयराम सापकोटा बताउँछन्। 

श्रीस्वस्थानी माताको ध्यान, श्रीस्वस्थानी भूगोलजस्ता विषयलाई पनि पुस्तकमा समेटिएको छ। पुस्तकमा श्रीस्वस्थानी व्रतकथाको पृष्ठभूमि पनि व्याख्या गरिएको छ। श्रीस्वस्थानी व्रतकथालाई इतिहासपुराणका प्रा नवराज घिमिरेले चार भागमा विभाजन गर्न सकिने जानकारी दिए। 

सृष्टिक्रम शृङ्खला अध्याय एक र दुई, महादेव–सतीदेवी शृङ्खला अध्याय तीनदेखि ११, शिव–पार्वती शृङ्खला अध्याय १२ देखि १८ र गोमा–नवराज शृङ्खला अध्याय १९ देखि ३१ सम्म वर्णन गरिने उहाँको विश्लेषण छ।

पुस्तकमा श्रीस्वस्थानी व्रत पूजाविधि पनि स्पष्ट रुपमा उल्लेख गरिएकाले भक्तजनलाई सहज बनाइदिएको छ। पूजासामग्रीका लागि आवश्यक पर्ने चीजबीजहरु पनि पुस्तकमा उल्लेख गरिएकाले भक्तजनलाई यसको अभ्यासमा कठिनाइ नहुने व्यवस्था मिलाइएको छ। 

व्रत प्रारम्भ गर्दादेखिको सरल विधि, स्वस्थानी कथा वाचन विधि, जुठोसूतक परेमा वा व्रतालु महिला रजस्वला भएमा के गर्ने? भन्ने विषयमा पुस्तकमा प्रष्ट रुपमा उल्लेख गरिएको छ। श्रीस्वस्थानी व्रतका अभ्यासकर्ता यसबाट अलमलमा नपर्ने गरी पुस्तकमा उल्लेख गरिएको छ। पद्मपुराणमा उल्लेख गरिएका संस्कृतका १५३ मूल श्लोकसमेत समावेश गरी नेपालीमा विस्तारपूर्वक आधिकारिक व्याख्या गरिएको पुस्तकले नेपालीलाई यहाँका देवी देवताको महत्व बुझाउन सहयोग गर्नेछ।

दैनिक कथा वाचन गर्नुअघिको पुष्पाञ्जलिको भावार्थ स्पष्ट भाषामा लेखिएको छ। दैनिक कथा वाचनपछिको पुष्पाञ्जलिका श्लोक र तिनको नेपालीमा भावार्थ पनि सामान्य रुपमा लेखपढ गरेकाले पनि बुझ्न सकिने भाषामा लेखिएको छ। 

३१२ पृष्ठको शब्द रहेको पुस्तकमा छ पृष्ठको श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित देवी देवताको रङ्गीन तस्बिर पनि समावेश गरिएको छ। अन्तिम पृष्ठमा साँखुस्थित शालीनदी किनारमा रहेको श्रीस्वस्थानी माताको मन्दिरको कलात्मक मन्दिरको तस्बिरले पुस्तकको आकर्षण बढाएको छ। रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस