बुधबार तालाबन्दी भएपछि प्रशासनिक र विकास निर्माणको काम रोकिएको खोटाङको साकेला गाउँपालिका ४ नं. वडामा लगाइएको ताला खुलेको छ। अमेरिका भासिएका वडाध्यक्ष अजुन कट्वालको विकल्पमा उपनिर्वाचनको वातावरण मिलाउने सर्वदलीय सहमति जुटेपछि ३ दिनअघि लगाइएको ताला शुक्रबार दिउँसो खोलिएको हो।
आन्दोलन पक्षधर सर्वदलीय संयन्त्र र गाउँपालिकाबिच भएको सर्वदलीय छलफलले विदेशिएका वडाध्यक्षको स्थायी विकल्प खोज्ने सहमति जुटेको छ। वडाध्यक्षको अनुपस्थितिमा प्रभावित कामकाज सहज बनाउन तत्काल आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गर्ने सहमति जुटाएर ताला खोलिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए।
अध्यक्ष राई र आन्दोलनरत पक्षबिचको छलफलले वडाध्यक्षको विकल्प खोज्न सम्बन्धित कार्यालयहरूसँग प्रक्रिया सुरु गर्ने सहमति भएको छ। दुईपक्षबीच निर्वाचन कार्यालयलाई आग्रह गरेर उपनिर्वाचन प्रक्रिया अघि बढाउने लिखित सहमति पत्रमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्मिला राई तथा आन्दोलनरत पक्षबाट संयोजक कृष्णप्रसाद भट्टराई, स्थानीय गोपीकृष्ण खड्का, इलाका प्रहरी साकेलाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश लामा र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
वडाध्यक्ष कट्वाल लामो समयदेखि अनुपस्थित हुँदा वडाबासी नागरिकको सेवा प्रवाहमा गम्भीर असर पर्दै आएको छ। अमेरिका भासिएका उनलाई गाउँपालिका, वडाबासी र स्थानीय राजनीतिक दलहरूले फर्केर काममा लाग्न पटक पटक आग्रह गर्दै आएका छन्। नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएकाले उनलाई फर्काउन माओवादी नेतृत्वसमक्ष धेरै चोटि आग्रह गर्दा पनि नफर्केपछि विकल्प खोज्न बाध्य हुनुपरेको गाउँपालिका अध्यक्ष राईले बताए।
वडाध्यक्ष नभएपछि जनभावना अनुसार वडाबासीका लागि गर्नुपर्ने काम स्वतः प्रभावित हुने नै भयो। नागरिकको गुनासो सम्बोधन गर्न गाउँपालिकाबाट उपनिर्वाचन गरेर अर्को वडाध्यक्ष चयन गर्ने गरी प्रक्रिया अघि बढाउन कानूनविद, निर्वाचन आयोग, जिल्ला प्रशासन, जिल्ला समन्वय समितिसमक्ष पहल गर्ने अध्यक्ष राईको तयारी छ।
पार्टी नेतृत्वले वडाध्यक्षलाई दसैँसम्ममा फर्काउने आश्वासन दिएकाले उपनिर्वाचन गर्ने प्रक्रिया रोकेकोमा दसैँमा पनि नफर्केपछि आन्दोलित वडाबासीले वडा कार्यालयमा ताला लगाएका थिए। वडाध्यक्ष नभएर कामकाज प्रभावित भइरहेका बेला झन् कार्यालयमा ताला लगाएपछि थप जटिलता पैदा भएकाले विकल्प खोज्न गाउँपालिकाले विधि र कानुनी प्रक्रिया अपनाउन लागेको राईले बताए।
वडाध्यक्षको अनुपस्थित हुँदा नागरिकको कामकाज सहज बनाउन गाउँ कार्यपालिका बैठकले ज्येष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिँदै आएको थियो। तर, ३ पटकभन्दा बढी कार्यवाहक जिम्मेवारी नपाउने प्रावधान रहेकोले पनि समस्या निम्तिएको छ। वडाध्यक्षले ३ पटक कार्यवाहक दिन पाउने अधिकार सकिएपछि गाउँ कार्यपालिका बैठकले निर्णय गरेर अर्को ३ पटक कार्यवाहक दिन थालेको थियो।
०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्ष निर्वाचित कट्वाल ०८० माघ १७ गतेदेखि अनुपस्थित छन्। अमेरिका गएपछि वडाको दैनिक प्रशासनिक कामकारबाही र विकास निर्माणको गतिविधि रोकिएपछि सेवाग्राही मारमा पर्दै आएको निष्कर्ष सर्वदलीय भेलाले निकालेको छ।
दसैँ बिदामा फर्कने भनिएका कट्वाल नफर्केपछि गत बुधबार पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराई संयोजकत्वको वडा स्तरीय सर्वदलीय, सर्वपक्षीय भेलाले स्थायी समाधान ननिस्केसम्म वडामा ताला लगाएको थियो। साउन २१ गते भट्टराईकै संयोजकत्वमा गठित समितिले वडाध्यक्ष नहुँदा समस्या समाधान गर्न सहजीकरण गर्ने निर्णय गरेको थियो।
सो समितिले १५ दिनभित्र वडाध्यक्ष कट्वाललाई उपस्थित भएर सेवामा लाग्न चेतावनीयुक्त समयावधि (अल्टिमेटम) दिएको थियो। तर, १५ दिनको अल्टिमेटम सकिएको महिनौँ बिते पनि नफर्केपछि तालाबन्दी गर्न बाध्य भएको भट्टराईले बताए।
वडाध्यक्ष गाउँ नफर्केको विरोधमा लगाइएको तालाबन्दी कार्यमा माओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता सहभागी भई संयुक्त प्रेस विज्ञप्तिसमेत जारी गरेका थिए।
निर्वाचित जिते लगत्तै ०७९ मा पनि कट्वाल अढाई महिना अमेरिका बसेर फर्केका थिए। त्यस बेला ४ जना वडा सदस्यहरुलाई १५–१५ दिनको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए। दसैँमा फर्कने भनेर वडाबासीलाई आश्वस्त पारेका उनी अहिले अमेरिकामै स्थायी बसोबास (पिआर)को प्रक्रियामा रहेको स्थानीयको भनाई छ।