जुम्लामा परम्परागत रूपमा आयोजना हुँदै आएको घोडा दौड प्रतियोगिता यस वर्ष पनि सम्पन्न भएको छ।
हरेक वर्ष दसैँको फूलपातीको दिन पारेर घोडा दौड प्रतियोगिता आयोजना गरियो। जुम्ला सदरमुकाम खलंगाको राजा सिम मैदानमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा पालित, कदम र खुला गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिएको छ।
घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोट गाउँका तपेन्द्र रावलको घोडा प्रथम भएको छ। यसैगरी चन्दननाथ नगरपालिका–१० लोकप्रसाद न्यौपानेको घोडा दृतीय र पातारासी–७ का सर्जन बुढाको घोडाले तेस्रो स्थान हासिल गरेको छ।
आयोजक चन्दननाथ नगरपालिका जुम्लाको आयोजना, पशु अस्पताल तथा पशुसेवा कार्यालयको सहआयोजना र सास्कृतिक तथा संरक्षण तथा प्रवर्द्धन समिति, घोडाचढी संघ जुम्लाको समन्वयमा दौड प्रतियोगिता सम्पन्न भएको हो।
यस अघि २०५५÷०५६ सालमा जुम्ला विमानस्थल पक्की भएपछि परम्परादेखि चल्दै आएको घोडा दौड प्रतियोगिता रोकिएको चन्दननाथ नगरपालिकाका उप–मेयर रामदेवी खड्काले बताइन्।
आगामी वर्षमा चन्दननाथमा घोडादौड प्रतियोगितामा थप व्यवस्थित गरिने उनले बताइन्।
यस्तै घोडा पालक तर्फ कालिबहादुर बुढ्थापाको घोडा प्रथम, रामकुमार थापाको दोस्रो र कृष्ण बहादुर भण्डारीको घोडा तेस्रो भएको छ।
यसैगरि घोडा चाल विधा तर्फ हर्कबहादुर शाहीको पहिलो, भानु ऐडिको दोस्रो र प्रेमबहादुर ऐडिको घोडाले स्थान हासिल गरेको छ।
प्रतियोगितामा १२ वटा घोडाको प्रतिष्पर्धा भएको थियो। पहिलो चार राउण्डबाट छनौटमा परेका घोडाहरुको प्रतिष्पर्धा गरी प्रथम, द्वितिय, तृतीय र सान्त्वना पुरस्कार वितरण गरिएको छ।
परम्परागत रुपमा मनाँइदै आएको घोडा दौड चन्दननाथमा यस अगाडि कर्णाली स्पोर्ट क्लबले गर्दै आएको थियो।
यस पटक भने कर्णाली स्पोर्ट क्लबले गुठिचौर गाउँपालिकासँगको सहकार्यमा गुठिचौरमा घोडा दौड प्रतियोगिता गरेको हो।
चन्दननाथ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रतियोगितामा प्रथम हुनेलाई १० हजार प्रदान गरिएको छ भने द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार प्रदान गरिएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका–४, भारतीबाडाका प्रकाश उपाध्याय भेटघाटका लागि नगरपालिका कार्यालय पुगे। त्यहाँ उनले ठूलो अक्षरमा ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’ लेखिएको देखे।
अचम्म मान्दै सहयोगी कर्मचारीसँग सोधे, ‘म हाकिमलाई भेट्न आएको छु, हुनुहुन्छ कि?’ कर्मचारीले जवाफ दिए, ‘हाकिम कार्यकक्षमा छन्, तर टोकन लिनुपर्छ।’ उपाध्यायले टोकन लिए, दर्ता गराए र हाकिमसँग भेटे। सामान्य भेटघाटपछि उनी घर फर्के।
प्रकाश मात्र होइन, चन्दननाथ नगरपालिकामा पुग्ने सबै सेवाग्राहीले यही तरिकाले सेवा लिन्छन्। पहिले जस्तो कोठा–कोठा धाउनुपर्ने बाध्यता अब छैन। टोकन लिएर एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगेपछि कर्मचारीले काम सकेर खबर गर्छन्। काम कति समय लाग्छ वा कति भयो भन्ने जानकारी प्रतीक्षा कक्षको स्क्रिनमा हेर्न सकिन्छ।
नगरपालिका–३ की रमा उपाध्यायलाई मूल ढोकामा कर्मचारीले काम सोधेर टोकन लिई केन्द्रमा जान सुझाए। टोकन प्रणालीबाट बसेर सेवा लिएपछि उनी खुसी भइन्। उनले भनिन्, ‘काम सक्दा ढिलो हुन्छ होला सोचेको थिएँ। तर, एकैछिनमा भयो। कोठा–कोठा धाउनु परेन, एकै ठाउँमा सेवा पाइयो।’
सेवाग्राहीलाई सहज र कम समयमा सेवा दिन चन्दननाथ नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको छ। सुरुमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। जनप्रतिनिधि वा कर्मचारी भेट्न पुगेकाले १० मिनेटभन्दा बढी कुर्नु पर्दैन। अन्य कामका लागि पुगेकाहरू केन्द्रमा जान्छन्। त्यहाँ कार्यालय स्वचालन प्रणालीमार्फत सेवाको प्रकृतिअनुसार दर्ता हुन्छ। फाइल दर्तापछि कर्मचारीले वर्गीकरण गरी सम्बन्धित शाखालाई समय तोकेर काम पठाउँछन्।
हरेक शाखाले सिस्टममार्फत कामको जानकारी पाउँछ र तोकिएको समयमा सक्छ। कागजात नपुगेमा सुरुमै सेवाग्राहीलाई प्रमाण जुटाउन भनिन्छ। गुनासोका लागि पेटिकाको व्यवस्था पनि छ।
स्थानीय सूर्य थापाले सहज सेवा पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पहिले कसैले के पुगेन, कसैले के भन्थे, सेवा लिनै मन लाग्दैनथ्यो। अहिले एकै ठाउँमा बसेर सेवा पाइन्छ।’ योजना सम्झौता, रकम भुक्तानी, प्रस्तावना पेस गर्न टोकन लिनुपर्छ, जसले सेवा सहज भएको छ।
पहिले टोकन नहुँदा सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्थ्यो। हल्ला र विवादले पालो पाउन कठिन हुन्थ्यो। पहुँचवालाको काम छिटो र पहुँच नहुनेले हप्तौँ कुर्नुपर्थ्यो। तर, टोकन प्रणालीले सबैको आवाज सुनिन्छ। थापाले भने, ‘अहिले हरेक कोठामा फाइल पुर्याउनु पर्दैन। दर्ता भएको फाइल कर्मचारीले सम्बन्धित फाँटमा पुर्याउँछन्।’
उपप्रमुख रामदेवी खड्काले एकीकृत सेवा प्रवाहले नागरिकलाई सेवा दिन सहज भएको बताइन्। नियमित र अत्यावश्यक सेवासँगै समावेशी योजना र बजेट निर्माणमा पनि सजिलो भएको उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘टोकनले कर्मचारी पनि नियमित छन्। सेवाग्राहीले दुख पाएका छैनन्।’ हालसम्म एक हजार २४८ जनाले टोकनमार्फत सेवा लिएको तथ्याङ्क छ। अन्य सात गाउँपालिकामा पनि यो अभ्यास आवश्यक रहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...