अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा २०१ मुद्दामा कुल एक हजार ५४५ सार्वजनिक पद धारण गरेका व्यक्ति र संस्थालाई प्रतिवादी बनाएर भ्रष्टाचारको अभियोजन गरेको छ । जसबाट आठ अर्ब ४० करोडभन्दा बढी रकम बिगो माग दाबी गरिएको छ ।
अख्तियारले बुधवार(असोज १५ गते) सार्वजनिक गरेको ३४ औँ वार्षिक प्रतिवेदनअनुसार आव ०८०/८१मा २०१ मुद्दा विशेष अदालतमा दायर गरिएको उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिउपर भ्रष्टाचारको आरोपसम्बन्धी कारबाही, अनुसन्धान र तहकिकातबाट अपराध गरेको देखिने मनासिब कारण तथा प्रमाण भेटिए प्रचलित कानुनबमोजिम मुद्दा चलाउन सक्ने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर २०१ मुद्दा विशेष अदालतमा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार भ्रष्टाचार मुद्दामा प्रतिवादी अभियोजन हुनेमा ३८० जना महिला, एक हजार एक सय १७ जना पुरुष र ४८ संस्था छन् ।
सबैभन्दा बढी मुद्दा गैर कानुनी लाभ वा हानिका छन् । जसमा ५८ मुद्दामा एक हजार २९ व्यक्ति र संस्थामाथि अख्तियारले भ्रष्टाचारको मुद्दा लगाइएको छ । उनीहरूबाट तीन अर्ब ९७ करोड ९८ लाख ८४ हजार बढी बिगो माग दाबी गरिएको छ ।
यस्तो दोस्रोमा घुस लिएका ४८ मुद्दामा ८४ जनामाथि मुद्दा चलाइएको छ । यस्तै सार्वजनिक सम्पत्ति हानि नोक्सानीका ३३ मुद्दामा २४३ जना, राजस्व हिनामिनामा १३ मुद्दामा ११६जना, गैह्र कानुनी सम्पत्ति आर्जनका ११ मुद्दामा २८ जनामाथि मुद्दा दायर गरिएको छ ।