रौतहट र सर्लाहीका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। जसमध्ये सर्लाहीका पाँच र रौतहटका एक छन्। पालिकाका कार्यालय प्रमुखहरूको सरुवा भएपछि लामो समयदेखि निमित्त प्रमुख बनेका अन्य पदाधिकारीहरूमा त्रास बढेको छ।
सर्लाही सदरमुकाम मलंगवामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव गणेश तामाङलाई खटाएको छ। यसअघि शिक्षातर्फका उपसचिव होमनाथ सुवेदी प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिए।
सर्लाहीको बसबरिया गाउँपालिकामा धनञ्जयप्रसाद दास, कौडेना गाउँपालिकामा कृष्णदेव राय, धनकौल गाउँपालिकामा संजीव साह, विष्णु गाउँपालिकामा ओशो कर्ण, पर्सा गाउँपालिकामा अखिलेश्वर कर्ण र रामनगर गाउँपालिकामा दीपेन्द्रप्रसाद यादवलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
यी पदाधिकारीहरू हालै मन्त्रालयले तालिम दिएर दीक्षित गरेको एक सय शाखा अधिकृतमध्येका पाँच जना हुन्।
रौतहटको गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवको मन्त्रालयमा सरुवा भएको छ। यादवले गढीमाई नगरपालिकामा गत मंसिर १ मा पदभार सम्हालेका थिए। तर उनको कार्यकाल विवादित रह्यो। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।
यादवमाथि कृषिको एक करोड साठी लाख रुपैयाँ र वीरनगरामा रहेको माध्यमिक विद्यालय भवन निर्माणका लागि पचास लाख रुपैयाँको गोप्य टेन्डर गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।
त्यस्तै, विद्यालय सुधार योजनामा डिजिटल बोर्डका लागि आएको पचास लाख रुपैयाँको बजेटलाई गौरका सन्तोष केसरीसँग मिलेर कागजपत्र तयार गरी भ्रष्टाचार गरेको पनि भनिएको छ।
यादवको सरुवासँगै गढीमाई नगरपालिकामा नयाँ नेतृत्वको प्रतीक्षा गरिएको छ।
नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ।
सडक किनारमा रोकेर टायर फेर्दै गरेको बा प्र ०१–०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४५० नम्बरको ट्रकले आज दिउँसो पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक मकवानपुरको हेटौँडाका ३० वर्षीय अमर देउलाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएका देउलालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको मनहरि गाउँपालिका–५ का ३० वर्षीय खुसिलाल घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घलानविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...