कहाँ हराए १६० कर्णालीवासी?
२१ भदौ २०८१
•
४ मिनेट पाठ
कहाँ हराए १६० कर्णालीवासी?
मुलुकका विभिन्न स्थानमा जस्तै जुम्लामा पनि बिहीबार मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १८औं राष्ट्रिय दिवस मनाइएको छ। सरकारले सचेतनामूलक कार्यक्रमसँगै हरेक वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ। तर पनि मानाव बेचबिखनको जोखिम टरेको छैन। अहिले पनि कर्णालीमा पुरुषको तुलनामा महिला र बालिका बेचबिखनको उच्च जोखिममा छन्।




‘तीनै तहका सरकारको प्रतिबद्धता ः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइएको हो। एकातिर सरकारले जोखिम नियन्त्रणका लागि दिवस मनाइरहे पनि महिला र बालिका बेचबिखन नयाँ स्वरूपमा हुन थालेको छ।

सामाजिक सञ्जालको बढ्दो प्रयोग र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै शिक्षित महिलासमेत बेचबिखनको जोखिममा पर्न थालेका छन्। रोजगारीको प्रलोभन, अशिक्षा, गरिबी, घरेलु हिंसा, देखासिकी जीवनशैलीलगायत कारण पनि मानव बेचबिखनका घटना बढ्न थालेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा विगतका चार आर्थिक वर्षमा कर्णालीमा मानव बेचबिखन तथा ओसारपोसारसँग सम्बन्धित १९ वटा मुद्दा दर्ता छन्। दर्ता मुद्दा थोरै भए पनि यस्ता धेरै घटना समाजमा भएको हुनसक्ने प्रहरी अनुमान छ। दर्ता १९ वटा मुद्दामा सबै महिलापीडित छन्।

पीडक पुरुषमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया जारी रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। १९ वटा मुद्दामा सुर्खेतमा आठवटा दर्ता छन्।

प्रहरीका अनुसार सुर्खेतमा आर्थिक वर्ष २०७७/७८ मा एक, २०७८/७९ मा दुई, २०७९/८० मा दुई र २०८०/८१ म तीनवटा मुद्दा दर्ता भएका हुन्। त्यस्तै दैलेखमा आव २०७८/७९ मा दुई र २०७९/८० मा दुईवटा गरी चारवटा मुद्दा दर्ता भएका छन्।

त्यस्तै जुम्लामा दुई, जाजरकोटमा एक, सल्यानमा दुई र हुम्लामा दुईवटा मुद्दा दर्ता भएका छन्। विगत चार आर्थिक वर्षमा रुकुमपश्चिम, डोल्पा, मुगु र कालिकोटमा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता भएका छैनन्। कमजोर आर्थिक अवस्था भएका महिला र बालिका यौनशोषण तथा बेचबिखनमा पर्ने गरेका छन्। रोजगारी गरेर पैसा कमाउन खोज्दा बेचबिखनमा पर्ने सम्भावना बढेको छ।

बेचबिखनमा परेका महिला र बालिकालाई भारत, श्रीलंका, लिबिया, कुवेत, चीन, इराक, इन्डोनेसिया, म्यानमारलगायत देशमा लग्ने गरिएको बताइन्छ।

कर्णालीमा प्रविधि, इन्टरनेट आदिको सुविधाका कारण साइबर अपराध र मानज बेचबिखनको जोखिम उच्च बढेको छ। विगत तीन आर्थिक वर्षमा कर्णाली प्रदेशबाट हराएका ८९ महिला र बालिका अझै फेला परेका छैनन्।

आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म कर्णालीबाट तीन हजार दुई सय १९ जना हराएका थिए। फेला नपरेकामा ७३ महिला र १६ बालिका छन्। त्यस्तै हराएकामध्ये ५३ पुरुष पनि फेला नपरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जसमा १८ जना बालक पनि छन्।

प्रहरीका अनुसार भागी विवाह गर्ने, परिवारलाई जानकारी नै नदिएर कामका लागि भारतलगायत देशमा जाँदा परिवारका सदस्यले हराएको विवरण प्रहरीमा टिपाउने गरेका छन्।

हराएका मानिस घर आए पनि आफन्तले प्रहरीलाई त्यसको जानकारी नदिदाँ उनीहरू हराएको सूचीमै रहन्छन्। आर्थिक वर्ष २०७८/७९ मा कर्णालीबाट एक हजार एक सय दुई जना हराएको तथ्यांक प्रहरीसँग छ। त्यस्तै २०७९/८० मा नौ सय ६९ र २०८०/८१ मा एक हजार एक सय ४८ जना हराएका छन्।

विगत तीन आर्थिक वर्षमा एक हजार चार सय ५५ जना महिला, आठ सय ३३ जना बालिका, पाँच सय चारजना बालक र चार सय ३६ जना पुरुष हराएका छन्।

सुर्खेतबाट एक हजार एक सय ५२, दैलेखबाट चार सय ७७, जाजरकोटबाट दुई सय ४०, सल्यानबाट तीन सय ४८, रुकुमपश्चिमबाट दुई सय ३९, हुम्लाबाट ५५, जुम्लाबाट तीन सय ३५, मुगुबाट एक सय १४, कालिकोटबाट दुई सय १७ र डोल्पाबाट ४२ जना हराएको निवेदन प्रहरीमा परेको छ।

कर्णालीमा प्रदेश सरकार, स्थानीय तह र विभिन्न संघसंस्थाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गरे पनि प्रगति भने शून्यजस्तै देखिन्छ। मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध तथा लैंगिक हिंसाविरुद्ध विभिन्न शीर्षकमा कार्यक्रम तथा गोष्ठी हुने गरे पनि समाजको अवस्था उस्तै छ।

यस्ता कार्यक्रमका लागि तीनै तहका सरकार तथा विभिन्न संघसंस्थाले कर्णालीमा बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएका छन्। तर लक्षित वर्ग अपेक्षाकृत लाभान्वित हुन सकेको छैन।

नेपालको संविधानको धारा २९ मा शोषणविरुद्धको हकअन्तर्गत (३) मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बँधुवा बनाउन नपाइने उल्लेख छ।

धारा ३८ को महिलाको हक र धारा ३९ को बालबालिकाको हकको व्यवस्थाबाट पनि मानव बेचबिखन तथा ओसारपसार कार्यलाई निषेध गरिएको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ पनि कार्यान्वयनमा छ। 
अर्को समाचार
'मानव बेचबिखनविरुद्धको अभियान सफल बनाउन सबै क्रियाशील भएर लाग्नुपर्छ'
२० भदौ २०८१
•
१ मिनेट पाठ
'मानव बेचबिखनविरुद्धको अभियान सफल बनाउन सबै क्रियाशील भएर लाग्नुपर्छ'
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन्।




प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका हुन्।

‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उनले सबैमा शुभकामना व्यक्त गरे।

‘मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो। समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ‘, सन्देशमा भनिएको छ, ‘नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिला बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरी पनि मानव बेचबिखनका दृष्टिले बढी जोखिममा छन्।‘

प्रधानमन्त्री ओलीले बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।  

उनले मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्ने नीति लिएको उल्लेख गरे। 

शुभकामना सन्देशमा भनिएको छ, ‘गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद् र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारण भइरहेका यस किसिमका आपाराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध छ।‘

उनले  मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको बताए। - रासस
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस