डाक्टर सरुवामा मन्त्रालयको मनपरी, विशेषज्ञलाई मानव संसाधन केन्द्रको जिम्मेवारी
१८ भदौ २०८१
•
२ मिनेट पाठ
डाक्टर सरुवामा मन्त्रालयको मनपरी, विशेषज्ञलाई मानव संसाधन केन्द्रको जिम्मेवारी
सामाजिक  विकास मन्त्रालय कर्णाली प्रदेश। तस्बिर: गोविन्द केसी/नागरिक
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले भाद्र १३ गते मन्त्रीस्तरको निर्णयबाट मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीको सरुवामा मनपरी गरेको पाइएको छ। विशेषज्ञ डाक्टरलाई  अस्पतालमा नभई अन्यत्र सरुवा गरेर सामाजिक विकास मन्त्रालयले मनपरी गरेको हो।




मन्त्रालयले सुर्खेतको मेहेलकुना अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संसाधन विकास केन्द्रमा सरुवा गरेर थन्काइएपछि प्रदेशभर सामाजिक सञ्जालमा विरोध भएको छ। कर्णाली प्रदेशमा समायोजन रोजेर आएका डाक्टर सापकोटा स्वास्थ्य सेवाअन्तर्गत जनरल सर्जरी अधिकृतस्तर दसौँ तहका डाक्टर हुन्।

प्रदेश अस्पताल सुर्खेतमा दरबन्दी रहेका सापकोटालाई चार वर्षअघि मेहेलकुना अस्पतालमा पठाइएको थियो। कर्णालीकै दक्ष डाक्टरलाई आफ्नो काम गर्न नसक्ने ठाउँमा सरुवा गरेर मन्त्रालयले राजनीति गरेको आरोप समेत लागेको छ।

राजनीतिक आँडमा डाक्टर सापकोटालाई भूमिकाविहीन बनाउने उद्देश्यले मानव संसाधन विकास केन्द्रमा सरुवा गरिएको श्रोतले जनाएको छ। मेहेलकुना अस्पताल राम्रो सुधार गरेका उनलाई प्रदेश अस्पतालमा नपठाएर अन्यत्र पठाउनुले मन्त्रालयमाथि प्रश्न समेत तेस्रीएको छ।

शिक्षक र स्वास्थ्यकर्मीलाई तालिमका लागि जनस्वास्थ्यतर्फको दरबन्दीको व्यवस्था गरिएको ठाउँमा प्रतिशोधपूर्ण डाक्टर सापकोटालाई सरुवा गरिएपछि कर्णाली प्रदेशभर विरोध भइरहेको छ। मेहेलकुना अस्पतालमा राम्रो सेवा दिईरहेका डाक्टरलाई गरिएको सरुवाको विरोध मेहेलकुनाका स्थानीय अर्जुन सोनीले सामाजिक सञ्जालमा गरेका छन्।

आफ्नो विज्ञताअनुसारको जिम्मेवारी आफूलाई प्रदेश सरकारले दिनको लागि अनुरोध गरेको डाक्टर सोजन सापकोटाले बताए। ‘मेरो विज्ञता अनुसार काम गर्ने ठाउँ कि प्रदेश अस्पताल हो कि मेहेलकुना हो।’ डाक्टर सोजन सापकोटाले भने, त्यसैले मेरो विज्ञताको उपयोग हुनु भनेको त प्रदेश सरकार र बिरामीहरूको लागि राम्रो हो। तर, राजनीति हिसाबबाट मलाई थन्काउने हिसाबबाट सरुवा गरियो यो कर्णालीकै लागि दुखद हो।’ सरुवाको विषयमा मन्त्रालयले कुनै पनि प्रतिक्रिया दिएको छैन।
अर्को समाचार
स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालन
०८ असार २०८१
•
४ मिनेट पाठ
स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालन
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालनमा आएको छ। सेवाग्राहीलाई स्वस्थ र निरोगी रहन पोषणयुक्त खानपान र सक्रिय जीवनशैली, सन्तुलित आहार, जीवन चक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकता लगायत विषयमा जानकारी दिन ‘पोषण कर्नर’  सञ्चालन गरिएको नगरपालिकाले जनाएको हो।




मानिसले स्वस्थ जीवनयापन गर्न पोषणयुक्त खानपान र सक्रिय जीवनशैली अपनाउनुपर्ने भएकाले पोषणयुक्त खानपानमा लगानी बढाउनुपर्ने सरोकार भएका बताउँछन्।

नगरभित्रका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा छ भने चार स्वास्थ्य संस्थामा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नगर कार्यालयले जनाएको छ। मानिस निरोगी रहन र सिर्जनात्मक काम गर्न शारीरिक तथा बौद्धिक क्षमता राम्रो हुनुपर्ने चिकित्सक बताउँछन्।

पोषणमा लगानी वृद्धिसँगै पोषणको महत्वबारे आमनागरिकलाई सिकाउन स्वास्थ्य संस्थामा मात्रै नभइ अन्य कार्यालयमा पोषण कर्नर राख्नुपर्ने कैलालीका सुमन खड्काले बताए। स्वास्थ्य संस्थाबाहेक जिल्लाका अन्य सार्वजनिक निकायमा पनि यो कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने उनको भनाइ छ।

टीकापुरस्थित आँखा उपचार केन्द्रमा सेवा लिन आएका खड्काले पोषण कर्नरबाट नागरिकलाई पोषणबारे ज्ञान सिकाइने हुँदा जानकारीको अभावमा सन्तुलित खानपानबाट वञ्चित भएकाहरु लाभान्वित हुने बताए। स्थानीयस्तरमा पाइने सागपात, फलफूल, गेडागुडीको प्रयोग गरेर पोषणयुक्त खानेकुरा कसरी खान सकिन्छ भन्ने सिकाइ हुने भएकाले यो कार्यक्रम सबै कार्यालयमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए।

‘मैले पोषण कर्नरबाट आफ्नै बारीमा पाइने खानेकुराको महत्व थाहा पाए’, उनले भने, ‘चित्रमा देखेका कुरा छिटो याद आउने र प्रभावकारी पनि हुने रहेछ’, खड्काले भने। सेवाग्राहीलाई पोषणको महत्वबारे सिकाउने पोषण कर्नर हरेक कार्यालयमा राख्नुपर्ने कार्यालयको दायित्वभित्र पर्ने उनको भनाइ छ।

खाना र पोषणसँग सम्बन्धित धेरैजसो समस्या अपर्याप्त, असन्तुलित वा चाहिनेभन्दा धेरै वा कम खाना वा पौष्टिक पदार्थ उपभोगका कारणले हुने गर्दछ । अस्वस्थ खानपानको व्यवहारले विभिन्न रोग लाग्ने मात्र नभई अकालमै मृत्युको जोखिम पनि हुन्छ। यस्तो जोखिम हटाउन पोषण कर्नरको अवधारण लागु गरिएको नगर कार्यालयले जनाएको छ।

टीकापुर–३ का राजेन्द्र विश्वकर्मा मानिसले सिकाएको ज्ञानभन्दा चित्रमा देखेको कुरा बढी याद हुने भएकाले स्वास्थ्य संस्थामा मात्र नभई नागरिकले सेवा लिने हरेक कार्यालय, सङ्घसंस्था वा सार्वजनिक स्थानमा पोषण कर्नर राख्नुपर्ने सुझाव दिए। ‘स्वास्थ्य संस्था मात्र होइन पोषण कर्नर हरेक कार्यालयमा राखिनुपर्छ’, उनले भने, ‘स्वस्थ जीवनशैलीका लागि मानिसलाई खानपानबारे सिकाउन आवश्यक छ।’

खानामा आवश्यक पौष्टिक तत्वबारे विद्यार्थीलाई सिकाएमा घरपरिवार सचेत हुने भएकाले विद्यालयमा पोषण कर्नर अनिवार्य राख्नुपर्ने विश्वकर्माले बताए।

यहाँका विद्यालयमा पोषण कर्नर राखेको देखिँदैन । आउँदा दिनमा सबै विद्यालयमा पोषण कर्नरको व्यवस्था हुनुपर्छ’, शिक्षिका शान्ति नेपालीले भनिन। विद्यालयमा धेरै बालबालिका हुने भएकाले पालिकाले सबै विद्यालयमा पोषण कर्नर राख्नुपर्ने भन्दै चित्र कोरेर वा प्रिन्ट गरेको कर्नर मात्र भए राख्न उनले सुझाव दिइन।

टीकापुर–५ मा रहेको सहरी स्वास्थ्य केन्द्रमा पोषण कर्नर राखिएको छ भने वडा कार्यालयमा छैन । वडाध्यक्ष बलवीर थारुले पोषणका बारेमा सर्वसाधारणलाई जानकारी दिन पोषण कर्नर आवश्यक रहेको बताए। ‘अहिले सात वटा वडामा सञ्चालन गरेका छौँ। आगामी वर्ष बाँकी वडामा पनि राख्नेछौँ’, उनले भने, ‘मानिसको स्वास्थ्य प्रमुख प्राथमिकतामा पर्ने भएकाले यसबारे सबैलाई सचेत गराउन जरुरी छ।’

पोषण कर्नरमा सागसब्जी, नुन, गेडागुडी, माछामासु, दाल, अन्न, कन्दमूल, तरकारीलगायत वस्तु र ती वस्तुको महत्वका बारेमा जानकारी राखिएका वडाध्यक्ष थारुले जानकारी दिए। कर्नरले मानिसलाई स्वस्थ्य रहन खानपानमा ध्यान दिनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह भइरहेको उनको भनाइ छ।

‘हामीले नभएका ठाउँमा पोषण कर्नरका लागि बजेट सुनिश्चित गरेका छौँ’, वडाध्यक्ष थारुले भने, ‘वडादेखि अन्य कार्यालयमा पनि राख्न सके प्रभावकारी नजिता आउने थियो। जनप्रतिनिधिले भौतिक पूर्वाधारलाई बढी महत्व दिएकाले पोषणमा कम लगानी भएको छ, यसमा सुधार हुनुपर्छ।’

पोषण कर्नरले स्वस्थ्य रहन खानपान र सक्रय नीवनशैलीमा विशेष ध्यान दिनुपर्ने विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास जनप्रतिनिधि र कर्मचारीले लिएका छन्। कार्यपालिका सदस्य दीपक निसानीले स्वास्थ्य कार्यालयमा मात्र नभई सेवाग्राही आउजाउ गर्ने पालिकाको स्वामीत्वमा रहेका सबै कार्यालयमा पोषण कर्नर राख्न पहल थालिएको बताए। ‘आगामी वर्षको बजेटमा पोषणलाई प्राथमिकता दिनेछौँ’, उनले भने, ‘पोषण कर्नर सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा राख्नेछौँ।’

खानपानको असन्तुलनले बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, सुत्केरीलगायतलाई कुपोषणको समस्या हुनुका साथै मुटुसम्बन्धी, मधुमेह, क्यान्सरलगायत रोगको पनि जोखिम रहने चिकित्सक बताउँछन्।

सन्तुलित आहार, जीवनचक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकता, विभिन्न खाद्य वस्तुमा उपलब्ध हुने पोषक तत्व र तिनको महत्व, खानपानसँग सम्बन्धित असल अभ्यासबारे अवलोकन गराउँदै परामर्श दिन पोषण कर्नर स्थापना गरी प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्ने सरोकार भएकाको सुझाव छ।  दुर्गा देवकोटा/रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस