‘रेड पाण्डा’ संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन हुँदै
१२ भदौ २०८१
•
२ मिनेट पाठ
‘रेड पाण्डा’ संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन हुँदै
रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली संरक्षण मञ्चको संयोजनमा आगामी असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने सो प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्नेछ।




म्याराथनले रेडपाण्डा संरक्षणमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। म्याराथनको मार्ग पाथीभरा क्षेत्रमा तय गरिएको छ।

यो रेडपाण्डाको मुख्य बासस्थान हो। फुङ्लिङ बजारबाट तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा पूजाधामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुनः फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दूरी पूरा हुनेछ। म्याराथनको तयारी सुरु भइसकेको जानकारी दिँदै संयोजक राईले यस कार्यक्रमले ताप्लेजुङलाई पर्यटकीय र जैविक विविधतामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

उक्त प्रतियोगिता रेडपाण्डा नेटवर्क र फुङ्लिङ नगरपालिकाको सहयोग रहने जनाइएको छ। हरेक वर्ष सेप्टेम्बर २१ मा रेडपाण्डा संरक्षण दिवस मनाइन्छ र यस वर्षको विशेष कार्यक्रमका रूपमा म्याराथनलाई समावेश गरिएको छ। म्याराथनले रेडपाण्डा संरक्षणको महत्त्वबारे स्थानीय समुदायलाई थप जनचेतना गर्ने लक्ष्य राखेको छ।

मञ्चका फिल्ड संयोजक सुष्मा डाँगीका अनुसार म्याराथनको उत्कृष्ट एकजना विजेताले रु एक लाख प्राप्त गर्नेछन् भने पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः रु ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्नेछन्। महिलातर्फका विजेतालाई पनि त्रमशः रु ५०, ३० र २० हजार पुरस्कार प्रदान गरिनेछ।

साथै, विशेष रेडपाण्डा पाइने ताप्लेजुङ, पाँथर र इलामबाट सहभागी हुने धावकका लागि अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने धावकले क्रमशः रु १५, १० र पाँच हजार प्राप्त गर्नेछन्। विदेशी धावकका लागि एक सय डलर दर्ता शुल्क राखिएको छभने नेपाली धावकका लागि रु तीन हजार शुल्क निर्धारण गरिएको छ । ताप्लेजुङ, पाँथर र इलामबाट सहभागी हुने धावकका लागि दर्ता शुल्क रु एक हजार राखिएको छ।

म्याराथन कार्यक्रमलाई सफल बनाउन रेडपाण्डा नेटवर्कले यस वर्ष रु १० लाख सहयोग गर्ने छभने फुङ्लिङ नगरपालिकाले रु पाँच लाख छुट्याएको छ। आयोजकका अनुसार यो म्याराथनले ताप्लेजुङलाई विश्वव्यापी संरक्षण र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउनेमा विश्वास रहेको ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताए। रेडपाण्डाको प्राकृतिक बासस्थान संरक्षणको महत्त्वबारे स्थानीयलाई शिक्षित गर्न यो अभियानकै रूपमा म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। रासस
अर्को समाचार
खोटाङको केपिलासगढीमा पनि रेडपाण्डा फेला
०७ वैशाख २०८२
•
१ मिनेट पाठ
खोटाङको केपिलासगढीमा पनि रेडपाण्डा फेला
केपिलासगढीमा भेटिएको रेडपाण्डा । तस्बिर: महेश्वर
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उच्च भेगमा भेटिएको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा खोटाङको अर्को ठाउँमा पनि फेला परेको छ । जिल्लाको उत्तर पहाडी भेगको केपिलासगढी गाउँपालिका १ फेदीस्थित चिलिम–लाहुरे सामुदायिक वनमा रेडपाण्डा फेला परेको हो ।




केही समयअघि रेडपाण्डाजस्तो जनावरको पाइला स्थानीयले भेटेपछि हो होइन भन्ने यकिन गर्न रेडपाण्डाको खोजी भइरहेको थियो । चिसो ठाउँ र बाँसका बुट्यानक्षेत्र जङ्गलमा रेडपाण्डा रहेको पुष्टि भएको हो । विश्वकै दुर्लभ र लोपोन्मुख वन्यजन्तुमा सूचिकृत रेडपाण्डा यसअघि दिक्तेल रुपाकोट मझुवागढी १० को पाथेकामा फेला परेको थियो ।

१० नं. वडा पाथेकास्थित मेरुङ सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा रेडपान्डा फेला परेपछि नगरपालिकाले संरक्षणका लागि काम थालेको छ। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस