सिन्धुपाल्चोकको अर्ग्यानिक आलु अब राजधानीमा
११ भदौ २०८१
•
३ मिनेट पाठ
सिन्धुपाल्चोकको अर्ग्यानिक आलु अब राजधानीमा
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौंमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन्।




हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए।

जुगल गाउँपालिका–६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै यहाँबाट तीन टन आलु बिक्री वितरणका लागि काठमाडौं पुर्‍याइएको सुनाए। उनले स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेपछि यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानले आलुको व्यावसायिक खेती गर्न थालेका बताए।

आलु उत्पादक किसान वसन्त श्रेष्ठले पालिकाको वडा नं-६ कार्यालयले व्यावसायिक आलुखेती गर्न हौसला दिँदै बजार व्यवस्थापनमा सहजीकरण गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको सुनाए।

यसअघि यहाँका किसानले निर्वाहका लागि मात्र आलुखेती गर्दै आएकोमा पछिल्लो समय धेरैले व्यावसायिक रूपमा खेती गर्न थालेका वडाध्यक्ष टङ्क तामाङ बताउँछन्। उनले वडा कार्यालयले यहाँ उत्पादित आलु काठमाडौं उपत्यकासम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए।

वडाध्यक्ष तामाङका अनुसार चालु आर्थिक वडा नं-६ मा मात्र करिब १२ टन आलु उत्पादन भएको छ। बर्खा मासमा गाउँसम्म गाडी नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरी बाटो सोलिङ र स्तरोन्नति गरेको उनी बताउँछन्।

वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै विषादीरहित अर्ग्यानिक उत्पादनमा स्थानीयलाई जोडने र आर्थिक उपार्जनमा टेवा पुर्‍याउने कार्यालयको योजना रहेको अध्यक्ष तामाङले सुनाए। “आलु मात्र होइन विषादीरहित, प्राङ्गारिक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौं”, उनले भने।

गाउँपालिका अध्यक्ष रेशमा स्याङ्वोले आलु उत्पादनले स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। जुगलको मुख्य बजार ढाडेमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिँदै उनले केन्द्र निर्माणपछि किसानलाई थप राहत पुग्ने विश्वास व्यक्त गरे।

मुडेको आलु जेठलको सिलढुङ्गामा सङ्कलन गरेर प्याकिङ र ट्यागिङ सकेर मात्रै राजधानी ढुवानी गर्ने गरिएको छ। लामोसाँघु जिरी सडकखण्ड निर्माणका क्रममा स्विस सरकारले दुर्लभ मानिने रोजिटा जातको आलुको बीउ बाँडेपछि खेती सुरु भएको स्थानीय बताउँछन्।

जिल्लाका विभिन्न स्थानमा पनि मुडेको आलुको माग उच्च हुँदै गएको छ। राजधानीबाहेक बाह्रबिसे, लामोसाँघु, खाडीचौरदेखि दोलालघाटमा राम्रो मूल्यमा यो आलु बिक्ने गरिएको स्थानीय किसान खडगबहादुर श्रेष्ठले बताए।

“आलु बेचेरै वर्षको दुई लाखसम्म आम्दानी गर्ने गरेको छु”, उनले उत्साहित हुँदै भने, “पाँच हजार धार्नी आलु यस वर्ष फल्यो, अघिल्लो वर्षको तुलनामा अहिले राम्रै कमाइयो। आलु बेचेरै घरबार चलाइरहेको छु।”

मुडे र निगालेको एक टोलमा नै तीन हजार धार्नी आलु उत्पादन हुने गरेको छ। यी दुई गाउँबाट मात्रै झन्डै १० लाख किलो आलु उत्पादन भएको श्रेष्ठको भनाइ छ।

“यस क्षेत्रका आठ सय परिवार आलु खेतीबाट परिवार धानिरहेका छन्। एक परिवारले आलुबाटै वार्षिक ५० हजारदेखि दुई लाखसम्म आम्दानी गर्छन्”, उनले भने।

आलुका लागि उर्वरभूमि मानिएको जेठलका झन्डै ९५ प्रतिशत घरधुरी आलुको व्यावसायिक खेतीमा होमिएका छन्। सहकारी र स्थानीय ठेकेदारमार्फत यस क्षेत्रको आलु निर्यात हुने गरेको छ।

रुपक पुरी/रासस
अर्को समाचार
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
१ मिनेट अघि
•
१ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
रौतहट। सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्थानीयसँग छलफल र परामर्श गरेको छ।




उक्त सुरक्षा सङ्गठनले जिल्लाको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र त्यसको समाधानबारे गहन मन्थन गरेको हो।  

त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरी, पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजनाको कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय र जनप्रतिनिधिसँग राय–सुझाव सङ्कलन गरियो।

सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताए।

त्यस अवसरमा उक्त नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने पक्षलाई सबै पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताए।
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस