यहाँको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगे। तर उनी अहिले पनि कृषि र पशुपालनमा सक्रिय छन्। यही पेशाबाट उनले वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन्।
उनले १३ रोपनी जग्गामा फलफूलखेती गरेका छन्। सबैभन्दा धेरै लिच्ची र कागती रोपेका छन्। कागती बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी गर्ने गरेको उनी सुनाउँछन्।
विगत ३० वर्षदेखि उनले खसीबाख्रा पाल्दै आएका छन्। अहिले उनको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन्। एक सयमध्ये ३८ वटा त खसीमात्र छन्।
उनले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पालेका छन्। खसीबाट वार्षिक सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी चार लाखसम्म आम्दानी हुने गरेको उनी सुनाउँछन्। विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय छन्।
“मैले कृषि पेशा गर्दा गर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ। बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ”, उनले सुनाए, “राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ।”
अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिन्छन्। साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिन्छन्।
उनका चार छोरा छन्। ती मध्ये उनी साहिँलो छोरासँग बस्दै आएका छन्। हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको उनी बताउँछन्।
जीतुहर्कलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्छन्, “उहाँ कर्मठ कृषक हुनुहुन्छ। यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुनुहुन्छ। उहाँ सफल कृषकमात्र नभई समाजसेवी पनि हुनुहुन्छ।”
पञ्चायतकालमा प्रधानपञ्च हुँदा उनले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गरेको र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गरेको प्राचार्य थापामगर सम्झन्छन्।
रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भन्छन्, “जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक हो। गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेशामै फर्कनुभयो।”
असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताउँछन्। “सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ। जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उनले भने, “यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन। म यसमै सन्तुष्ट छु।”
उनी दैनिक दूधभात, मासु र फलफूल खाने गर्छन्। आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक सङ्कट पर्दा उनले सरसापटी दिने गरेका छन्। ८० वर्षको उमेरमा पनि उनको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताउँछन्।