भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको बस दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
उक्त बसमा २५ महिला र ६ बालबालिकासहित ४७ नेपाली तीर्थयात्री सवार थिए। तीन जना गम्भीर घाइते छन्। दुई जना सकुशल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुबोध साह तेली र नौ वर्षीया बालिका रहेका छन्।
ना ७ ख ६४४६ नम्बरको देव दर्शनको सो बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उनले बताए। सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए।
“बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका–३ मूर्तिपलियाका रहेको जानकारी पाइएको छ”, प्रहरी नायव उपरीक्षक सापकोटाले भने। घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य निजी क्लिनिकमा उपचार भइरहेको उनले बताए।
भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो। त्यसअघि उनीहरुले गाउँमा सामूहिक पूजापाठसमेत गरेका बताइएको छ।
सो बस बारागढी–१ का राजाराम साहको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।