कर्णाली प्रदेशभर नेपाल प्रहरीले चेकजाँचका नाममा राखिएका अधिकांश चेकपोस्ट हटाउने तयारी गरिरहेको छ।
जिल्लामा छिर्ने मुख्य नाका र आवश्यक चेकपोस्ट बाहेक धेरै प्रहरी चेकपोस्टमा चेकजाँच कम गर्ने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) अर्जुन चन्दले बताए। ‘प्रदेशभर चेकजाँच गर्ने मुख्य नाका र अन्य आवश्यक चेकपोस्टहरू अध्ययन गर्दैछौं।’ डिआइजी चन्दले भने, अध्यायपनपछि धेरै प्रहरी चेकपोस्टहरूमा चेकजाँच हुँदैन्।’
हिजोआज बबईदेखी जुम्लासम्म २२ ठाउँमा प्रहरीले चेकजाँच गर्छन् भने ६० देखि ६५ ठाउँमा ट्राफिक प्रहरीले छड्के चेकजाँच गर्छन्। जसले गर्दा यातायात व्यवसायी, यात्रुहरूलाई यात्रा गर्दा बढी सास्ती हुने गरेको छ। रत्न राजमार्ग ४५ किलोमिटर र २ सय ३२ किलोमिटर कर्णाली राजमार्ग, जाजरकोट, दैलेख, सल्यान, डोल्पा र रुकुम पश्चिममा गरेर दर्जनौँ चेकपोस्टहरू रहेका छन्।
मुख्यतः बबईदेखी जुम्ला, मुगुसम्म र जाजरकोट, रुकुम, सल्यान, डोल्पासम्म रहेका प्रहरी चेकपोस्टहरूबाट अनावश्यक चेकपोस्टहरू हटाउने गृहकार्य कर्णाली प्रहरी प्रहरी कार्यालय सुर्खेतले गरिरहेको जनाइएको छ। जनप्रतिनिधि र व्यवसायीबाट बढी गुनासो आउन थालेपछि प्रहरीले अनावश्यक चेकजाँच हटाउने अभियान थालेको हो।