मकवानपुरबाट १० किलो २५० ग्राम अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका १ बस्ने २६ वर्षीय हरि गौरव र नवलपरासीको पण्डितपुर बनगरिया गाउँपालिका १ बस्ने ४३ वर्षका अनिल भर चौधरी रहेको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाई नजिकै पिपल चौतारामा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ख ५८३९ नम्बरको बसलाई चेकिङ गर्ने क्रममा उनीहरुको साथबाट चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख (प्रहरी उपरीक्षक) सीताराम रिजालले जानकारी दिए।
उनीहरुलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा झोलाभित्र कार्टुन टेपले बेरेर लुकाइ ल्याएको अवस्थाको चरेश फेला परेको रिजालले बताए।
चरेशसहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।