एक वर्षमा ५ सय ३५ पटक अनुगमन
१४ साउन २०८१
•
१ मिनेट पाठ
एक वर्षमा ५ सय ३५ पटक अनुगमन
सुर्खेतमा बजार अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोली ।
गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले ५ सय ३५ पटक अनुगमन गरेको छ।




कार्यालयले आफै ३ सय ४४ पटक अनुगमन गरेको छ भने १ सय ९१ पटक संयुक्त अनुगमन गरेको जनाइएको छ। संयुक्तमा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघदेखि घरेलु कार्यालयसम्म हुन्छन्। गुनासो बढी आउने दुध र फलफूलमा बढी नियमन भएको छ।

खाद्य बजार २ सय ५ पटक, दाना बजार ४ पटक, होटल रेष्टुरेन्ट १ सय ४९ पटक, खाद्य उद्योग १ सय ३७ पटक र संवेदनशील खाद्य पदार्थ (दुध र पानी)  उत्पादन गर्ने उद्योग ४० गरी ५ सय ३५ वटा व्यवसायमा अनुगमन गरिएको वार्षिक प्रगति वितरण समीक्षा कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख डाक्टर कार्यालय प्रमुख डाक्टर क्षितिज श्रेष्ठले बताए।

कर्णाली प्रदेश स्तरीय कार्यालय भए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग आफ्नै गाडी छैन्। जसका कारण अनुगमन गर्न कठिनाइ भएका कर्मचारीहरू बताउँछन्। मोटरसाइकलकै भरमा अनुगमन हुँदै आएको छ। ७ जिल्ला अनुगमनका दायित्व सुर्खेत कार्यालयलाई रहेको छ भने, जुम्लामा रहेको डिभिजन कार्यालयले जुम्ला, कालिकोट र मुगु हेर्ने गर्दछ। ‘डाइभरका लागि दरवन्दी छ तर, चारपाङ्गे गाडी छैन्।’ कार्यालयका सूचना अधिकारी पदम बरालले भने, गाडी कार्यालयका लागि अत्यावश्यक हो। माग गरेका छैन, आएको भए अनुगमनमा अँझ सहज हुने थियो।’  
अर्को समाचार
३ सय ३३ वटा व्यवसायमा अनुगमन
०२ जेष्ठ २०८१
•
२ मिनेट पाठ
३ सय ३३ वटा व्यवसायमा अनुगमन
खाद्य प्रविधि तथा गुण नियन्त्रण टोलीका प्रतिनिधि बजार अनुगमन गर्दै। तस्बिर : नागरिक
कर्णालीका ३ सय ३३ वटा व्यवसायमा अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ३ सय ३३ वटा व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको हो।




खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले खाद्य उद्योग र खाद्य बजार  अनुगमन, खाद्य वस्तुको गुणस्तर प्रयोगशालामा जाँच, उद्योग सञ्चालनका लागि सिफारिस तथा अनुज्ञापत्र जारी र नवीकरण गर्ने गर्दछ। पछिल्लो समय अखाद्य वस्तु, म्याद गुजे्रका खानेकरा बिक्री, व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ।  

कार्यालयमा गुनासा आएसँगै अनुगमनमा तीव्रता दिइएको कार्यालयका खाद्य निरीक्षक विवेककुमार सुवेदीले बताए। ‘गुनासा आएपछि तत्काल अनुगमनका लागि पुग्ने गरेका छौं।’ खाद्य निरीक्षक सुवेदीले भने, ‘धेरै ठाउँमा अनुगमन गरी गुणस्तर जाँच गर्ने काम भइरहेका छन्। गुणस्तरमा तलमाथि परेमा कारबाहीसमेत अगाडि बढाएका छौं।’

अनुगमनका साथै कार्यालयले उपभोक्ता सचेतना कार्यक्रमसमेत भइरहेको जनाइएको छ। सुर्खेतबाट दैलेख, सल्यान, जाजरकोट, डोल्पा, हुम्ला र रुकुमपश्चिम र जुम्लामा रहेका डिभिजन कार्यालयबाट जुम्लासहित कालिकोट र मुगु हेर्दै आएको छ।

अनुगमन गरिएका खाद्य व्यवसायमा १ सय ५०, दाना उद्योग ४, होटल, रेस्टुरेन्ट, खाजा घर मिठाई पसल ६९, खाद्य उद्योग ८२, संवेदनशील पदार्थ (पानी, दुध र तेल) २८ वटा रहेका छन्। सन्तोषजनक नरहेका व्यवसायलाई सचेत गराइएको कार्यालय प्रमुख क्षितिज श्रेष्ठले बताए।

५ सय ९९ नमुना परीक्षणमा ६९ वटा नमुना कैफियत देखिएको कार्यालयले जनाएको छ। गुणस्तर नभएको, लेबल नभएको, म्याद गुज्रेको पानी, तेल र मसलामा बढी कैफियत देखिएको खाद्य निरीक्षक विवेककुमार सुवेदीले बताए। केहीलाई कारबाहीका लागि अगाडि बढाएको र केहीलाई सचेत गराइएको जनाइएको छ।

१६ लाख ९ हजार ९ सय ४८ रुपैयाँ बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको कार्यालयको भनाइ छ। जुम्लाबाट कार्यालयले तोकेका क्षेत्रमा शतप्रतिशत काम गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख पंकज दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस