दाङमा आमा साक्षरता अभियान
१८ असार २०८१
•
१ मिनेट पाठ
दाङमा आमा साक्षरता अभियान
दाङ तुलसीपुर उपमहानगरपालिका–९ का हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ। उनको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास काट्नेजस्ता काममै बित्ने गर्छ। ‘हामी सधैँ चुलोचौकोमै सीमित भयौँ, तर, अब यसरी सीमित हुने छैनौँ’, उनले भने, ‘गाउँमा कसैलाई अप्ठेरो परेपछि पनि न्यायिक निकायमा गएर न्यायकालागि आवाज उठाउने छौँ।’




त्यस्तै तुलसीपुर–७ का टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जान सक्ने भएको बताउँछिन्। उनले आँखै अगाडि महिला हिंसा, घरेलु हिंसा हुने गरेको भए पनि सहेर बस्नुपर्ने अवस्था रहेको जनाउँदै अब त्यसो हुन नदिने बताउँछन्। ‘आँखै अगाडि कति हिंसा हुने गर्छन्’, उनले भनिन्, ‘अब हामीले त्यसको प्रतिवाद गर्न सक्ने भएका छौँ।’

दाङ तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित कानुनी साक्षरता सम्बन्धी जानकारी आमाहरुलाई दिएपछि उनीहरु यसरी सचेत हुन थालेका हुन्। तुलसीपुरका १९ वडाका एक हजार बढी आमाहरुलाई कानुनी ज्ञान दिएको मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले बताए। आमा साक्षरता अभियानअन्तर्गत आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानुनी कुराहरु सिकाइएको उनको भनाइ छ।

घरेलु हिंसा हुँदा कसरी न्याय माग्ने, न्याय माग्न कहाँ जाने, स्थानीय न्यायिक समितिको भूमिकालगायतका विषयमा जानकारी दिइएको उनको भनाइ छ। ‘महिलाहरुमा कानुनी ज्ञान नहुँदा घरेलु हिंसा खेपिरहनुपरेको छ’, उनले भने, ‘यसलाई न्यूनीकरण गर्न पनि यो कार्यक्रम सञ्चालन गरिएको हो।’ कलेजको सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम चलेको हो।

आमाहरूलाई अधिवक्ता विजय पोख्रेल र सुष्मा केसीले कानुनी ज्ञान दिएका थिए। सबै वडामा पुगेर यो कार्यक्रम सञ्चालन गरिएको हो। कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीले पनि उक्त ज्ञान दिएका थिए। कलेजमा कानुनमा स्नातक (विएएलएलबी) अध्यापन भइरहेको छ। -रासस
अर्को समाचार
संघबाट वडामा बजेट ‘गलत अभ्यास’
०८ असार २०८१
•
६ मिनेट पाठ
संघबाट वडामा बजेट ‘गलत अभ्यास’
संघीय सरकारले आगामी आर्थिक वर्षका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा द्वन्द्वपीडित असहाय बालबालिका सुरक्षा तथा स्याहार केन्द्रसहित स्मृति भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। संघीय सरकारले उक्त शीर्षक योजनाका लागि विनियोजन गरेको रकम वडाको बजेटजस्तै छ।




सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयबाट प्राप्त जानकारी अनुसार यो योजनाका लागि संघीय सरकारले ७५ हजार रूपैयाँ विनियोजन गरेको छ। यो खबर सुनेपछि वडाध्यक्ष थलराज पुरीले भने, ‘संघीय सरकारले छुट्याएको बजेट जम्मा ७५ हजार रुपैयाँ रहेछ?’ उनले भने, ‘संक्राम खोलामा पुन निर्माण लागि बजेट विनियोजन गर्न सिफारिस गरेको थिएँ। यो योजनाका लागि संघबाट बजेट परेको छैन। अरूचाहिँ के भएको छ बजेट पुस्तिका हेर्न पाएको छैन।’

तुलसीपुर उपमहानगरपालिका–१८ स्थित ग्वार खोला खानेपानी आयोजनालाई संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ४ लाख २४ हजार रूपैयाँ विनियोजन गरेको छ। वडाध्यक्ष माधव ओलीले संघीय सरकारबाट सानो आकारको बजेट विनियोजन हुनु दुःखद भएको बताए । उनले भने, ‘संघीय सरकारले ठुला आयोजनाका लागि बजेट विनियोजन गर्नुपर्ने हो नि,’ ओलीले भने, ‘सानासाना आयोजनामा सानै बजेट विनियोजन पनि संघबाटै हुने हो भने त वडा तहकोे कामै के हुने त?’

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि वडा तहमा विनियोजन गरेको बजेटप्रति स्थानीय तह बेखुस देखिन्छन्। हजारदेखि लाख रूपैयाँसम्मका योजनामा संघले बजेट विनियोजन गर्नुले स्थानीय सरकारलाई ओझेलमा पार्ने काम भएको स्थानीय तहका जनप्रतिनिधि बताउँछन्। उनीहरूले यसलाई संघीयता कार्यान्वयनमा केन्द्र सरकार अनुदार भएको ठानेका छन्। वडाहरूमा लाख रुपैयाँसम्मका थुप्रै योजनामा संघीय सरकारले बजेट विनियोजन गरेको छ।

घोराही उपमहानगरपालिका–१० का वडाध्यक्ष दीपक पाण्डे पनि संघीय सरकारबाट परेका योजना र बजेटको आकारबाट असन्तुष्ट छन्। उनको वडामा पनि संघीय सरकारबाट एक लाख रूपैयाँसम्मका योजना परेका छन्। ‘एक लाख रूपैयाँसम्मका योजनाहरू त वडा तहबाट विनियोजन भइरहेकै छन्, संघीय सरकारले वडा कार्यालयले सरह योजनालाई बजेट विनियोजन गर्नु राम्रो हैन,’ पाण्डेले भने, ‘संघीय सरकारले नै वडा तहबाट हुने काम गर्ने हो भने वडा तहको अर्थ के भयो र?’

घोराही उपमहानगरपालिका–४ का अध्यक्ष मुनाल घिमिरेले पनि आफ्नो वडामा परेका संंघीय सरकारका योजना र बजेट वडा तहबाटै हुने खालका भएको बताए। संघीय सरकारले लाख रुपैयाँसम्मका योजना आफ्नो वडामा पनि पारेको भन्दै उनले यसलाई संघीयताको मर्मविपरीत बताए।

‘संघले वडाका लागि लाख रूपैयाँका योजना छनोट गर्ने हो भने स्थानीय तहले हजारका योजना हाल्नुपर्ने होला,’ वडाध्यक्ष घिमिरले भने, ‘स्थानीय सरकारले सरह बजेट विनियोजन गरेर संघीय सरकारमा प्रतिनिधित्व गर्नेले प्रभाव जमाउन खोजेको मात्रै हो।’

उनले संघीय संसद्मा जिल्लाबाट प्रतिनिधित्व गर्नेहरूले आफ्नो चुनावी क्षेत्रमा प्रभाव पार्न साना योजानाहरू बजेटमा राख्न लगाउने गरेको बताए। उनले भने, ‘वडाले हाल्ने बजेट संघबाटै आउन थाल्ने हो भने भोलि जनताले वडालाई त गन्दै नगन्ने परिस्थति बन्ने भयो, सरकार भनेकै संघ मात्रै हो भन्ने मानसिकता विकास भयो भने स्थानीय तहको प्रभाव त कमजोर बन्दै जानेछ, अनि संघीयताको मर्म कहाँ पुग्छ?’

तुलसीपुर उपमहानगरपालिका–१६ का अध्यक्ष शिवानन्द डिसीलाई संघीय सरकारसँग ५ करोड रूपैयाँभन्दा कम बजेटका योजना माग नगर्न भनियो। उनले सोहीअनुसार ५ करोड रुपैयाँसम्मका योजना मात्र संघमा सिफारिस गरे। तर अहिले उनको वडामा परेको योजना धेरैजसो लाख रूपैयाँका छन्। ‘हामीले सम्पर्क गर्दा ५ करोडभन्दा तलका योजना माग नगर्नु होला, संघबाट साना योजना वडाका लागि पारिँदैन भनेर भनिएको थियो। हामीले पनि सोहीअनुसार योजना सिफारिस गरेका थियौं,’ वडाध्यक्ष डिसीले भने, ‘तर अहिले त वडामा परेका योजना अधिकांश लाख रूपैयाँ बजेटकै छन्।’

यसबाहेक उनको वडामा एउटा ८ लाख रूपैयाँको र अर्को १५ लाख रूपैयाँको योजना परेका छन्। मानपुडुरुवा डिपबोरिङका लागि ८ लाख रूपैयाँ बजेट विनियोजन भएको उनले सुनाए। यसैगरी मलवारे सिँचाइ आयोजनाका लागि १५ लाख रूपैयाँ विनियोजन भएको छ।

वडाध्यक्ष डिसीले योजना सम्पन्न गर्न लाग्ने लागतभन्दा धेरै कम रकम विनियोजन भएर आएको बताए । उनकाअनुसार दाङ भूमिगत जलसिँचाइअन्तर्गत लक्ष्मीपुर सिँचाइ आयोजनाका लागि संघीय सरकारबाट २२ लाख रूपैयाँ विनियोजन भएको छ। जबकि यो आयोजना सम्पन्न गर्न २२ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

‘२२ करोड रूपैयाँ लागतमा निर्माण सम्पन्न हुने योजनाका लागि जम्मा २२ लाख रूपैयाँ बजेट विनियेजन भएको छ,’ उनले भने, ‘स्थानीय सरकारले नै टुक्रे योजना नबनाउने भनेर भनिरहेको अवस्थामा संघीय सरकारले नै लाख रूपैयाँसम्मका टुक्रे योजना हालिदिएको छ।’

संघीय सरकारबाट वडामा परेका योजनाहरूको जस लिन खोज्नेहरूबाट पनि घोराही उपमहानगरपालिका–११ का अध्यक्ष कुलबहादुर लामिछाने दिक्क छन्। उनलार्ई अहिले संघबाट आफूले योजना पारिदिएको भन्दै जस लिन खोज्नेहरूले सताइरहेका छन् । ‘मलाई फाोन गरेर, भेटेर मैले वडाका लागि संघीय सरकारबाट यस्तो योजना पारिदिएँ भनेर हैरान बनाइरहेका छन्,’ लामिछानेले भने, ‘यो खालको सोचले विकास कसरी सम्भव हुन्छ।’

संघीय सरकाले नै स्थानीय तहका लागि सानासाना आयोजनाहरूमा बजेट विनियोजन गर्नु संविधानको मर्मअनुरूप नभएको स्थानीय तहका जानकार बताउँछन्। राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीय सरकारबाट वडा तहलाई सानो आकारको बजेट विनियोजन गर्नुलाई संविधानको सम्मान नभएको रूपमा अर्थ्याए।

‘संविधानको अनुसूची ८ ले गरेको व्यवस्थाअनुसार स्थानीय तहको अधिकारभित्र छिर्ने र अनुसूची ६ अन्तर्गत प्रदेश सरकारको अधिकारभित्र छिरेर संघीय सरकारले जसरी वडाले जस्तै साना योजनाहरू छनोट गर्दै आएको छ, जसले संवैधानिक व्यवस्थाको सम्मान भएन,’ पौडेलले भने, ‘अनुसूची ६ र ८ ले त संघीय सरकारलाई यी अनुसूचीभित्र प्रवेश नगर्न भनेको छ तर स्थानीय सरकार र प्रदेश सरकारको अधिकार रहेको अनुुसूचीभित्र छिरेर योजना चयन गर्नु त स्थानीय सरकार र प्रदेश सरकारमाथिको ठाडो हस्तक्षेप नै भयो।’

वडा तहमा विनियोजन गरिएका साना योजनाहरू संघले कसरी पहिचान गर्‍यो भन्ने अर्को प्रश्न पनि उठ्ने उनले बताए। ‘जबकि स्थानीय तहका साना योजनाबारेमा जानकारी लिने र प्राथमिकीकरण गर्ने अधिकार त तल्लो तहका सरकारलाई नै संविधानले दिएको छ,’ पौडेलले भने, ‘तर संघी सरकारमा बस्नेले वडा तहका साना योजनाहरू कसरी र के आधारमा पहिचान गरेर बजेट विनियोजन गरे भन्ने प्रश्न उठ्छ, संघबाट छानिएका योजना स्थानीय तहका आवश्यकता हुन् कि हैनन् भन्ने प्रश्न पनि उठ्छ।’

संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई अनुदान उपलब्ध गराउने र अनुदान बजेट कार्यान्वयन भए नभएको अनुगमन गर्नुपर्ने उनको भनाइ छ। तर वडा तहका लागि हजार, लाख रूपैयाँसम्मका योजनाहरू छनोट गर्ने संघीय सरकारको काम सही नभएको उनको बुझाइ छ।

‘प्रदेश र स्थानीय सरकारलाई त संघीय सरकारले अनुदानमार्फत बजेट दिने, उक्त बजेट कार्यान्वयन भए नभएको हेर्ने र कार्यान्वयनका लागि जवाफदेही बनाउने हो,’ पौडेलले भने, ‘तर सोझै वडाको अधिकारमाथि हस्तक्षेप हुनेगरी संघीय सरकार प्रस्तुत हुनु दुखद विषय हो।’

विगतदेखि नै संघीय सरकारबाट हुँदै आएको यो त्रुटि सच्याउन राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले सुझाव दिँदै आए पनि त्यसको कदर नभएको पौडेलले बताए। ‘हामीले तल्लो तहका सरकारमाथि हस्तक्षेप हुनेगरी संघबाट योजना छनोट र बजेट विनियोजन नहोस् भनेर भन्दै आएका छौं तर सरकारको पुरानो बानीमा सुधार आएन,’ उनले भने, ‘हामीले बुझाउन सकेनौं या सरकारले बुझेन वा टेरेन, गलत अभ्यास निरन्तर भैरहेको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस