तिसरा अन्तर्राष्ट्रिय अवधी सांस्कृतिक महोत्सव
०९ असार २०८१
•
१ मिनेट पाठ
तिसरा अन्तर्राष्ट्रिय अवधी सांस्कृतिक महोत्सव
अवधी भाषाको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको तौलिहवामा २ दिने तिसरा अन्तर्राष्ट्रिय अवधी साँस्कृतिक महोत्सव सुरु भएको छ।




महोत्सवको लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्क बस्नेतले महोत्सवको उद्घाटन गर्दै १६औ शताब्दी देखि सुरु भएको अवधी भाषाको संरक्षण र प्रवर्द्धन गर्नु पर्ने बताए। प्रदेश सरकार भाषा कला लगायतको क्षेत्रको संरक्षण र प्रबद्र्धनका लागि तयार रहेको तर अवधी भाषीहरू समेत यसकालागि आफै अग्रसर हुनु पर्ने बताए।

उनले आफ्नो भेष भुषा, भाषा कलाको संवर्द्धन गर्न अरूले भन्दा पनि ती समुदायले नै आफू अघि बढ्नु पर्ने बताए।उनले अवधी भाषाको संवर्द्धन प्रचार प्रसारका लागि सङ्ग्रहालय खोल्नु पर्ने र यसका लागि प्रदेश सरकारले समेत साथ दिने बताए। उनले देशमा धेरै जनसङ्ख्याले बोलिने भाषामा अवधी १० औ नम्बरमा भएकाले यसको  विकास अपरिहार्य रहेको बताए ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति बिमल कृष्ण श्रेष्ठले आफू नेपाल भाषी भए पनि अवधी भाषा समेत देश कै भाषा रहेको बताए । उनले लुम्बिनी प्रदेशमा बढी बोलिने अवधी भाषालाई अघि बढाउन समेत सबैले साथ दिनु पर्ने बताए। उनले प्रज्ञा प्रतिष्ठानले अवधी भाषा कला संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि प्राथमिकताका साथ अघि बढेको बताए।

सो अवसरमा लुम्बिनी प्रदेश सदस्य मधुसुदन शरण चौधरीले लुम्बिनी प्रदेश सरकारले अवधी भाषालाई अघि बढाउन विशेष पहल गर्नु पर्ने बताए। उनले अवधी भाषाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा पालिकाहरूले समेत साथ दिनु पर्ने बताए।

कार्यक्रममा प्रतिष्ठानका परिषद् सदस्य त्रेलोक्यमान बनेपाली, महाराजंज नगरपालिकाका मेयर अब्दुल कलाम, अवधी भारती संस्थानका अध्यक्ष राम बहादुर मिसिर, अवधी बिश्व विद्यालयका हिमांशु श्रीवास्तव, मधुओम मिश्र हरिराज शर्मा, रमेश शर्मा लगायतले अवधी भाषा संस्कृतिलाई बढवा दिनु पर्नेमा जोड दिए। 
अर्को समाचार
विवादपछि लुम्बिनीमा बजेट माथिको छलफल अनिश्चित
०९ असार २०८२
•
४ मिनेट पाठ
विवादपछि लुम्बिनीमा बजेट माथिको छलफल अनिश्चित
बजेट निर्माणको विधि माथि प्रश्न उठेपछि लुम्बिनी प्रदेश सरकारको बजेट भाषण निश्चित समयमा हुन सकेन। १ असार दिउँसो तीन बजे बजेट ल्याउने समय निर्धारण भएकोमा सरकार भित्रकै आन्तरिक असन्तुष्टिले बजेट सम्बोधनको समय बेलुका ५ बजेका लागि सारियो । तर बेलुका ५ बजे पछि बजेट सार्वजनिक हुन सकेन । बजेट भाषणका लागि संसद बैठक बेलुका ६ बजे मात्रै चल्यो ।




बजेट निर्माणका क्रममा मन्त्रालयगत बजेट सिलिङ माथि उठेको प्रश्नले बजेट भाषणका क्रममा देखिएको असहमति त्यो बेला किनारा त लाग्यो । तर बजेट भाषण पश्चात् सार्वजनिक भएको रातो किताबले लुम्बिनी प्रदेश सरकारलाई थप जटिल बनाइदिएको छ । फलतः बजेट माथिको छलफलका लागि संसद बैठक बस्नै सकेको छैन  । बजेट माथिको छलफलका लागि गत ७ गते देखि संसद बैठक आह्वान गरिएको थियो । तर बजेट माथिको तीव्र असन्तुष्टि बढेपछि संसद बैठक अनिश्चित कालका लागि भन्दै स्थगित गरिएको छ । बजेट प्रति प्रदेशसभा सदस्यहरूको तीव्र असन्तुष्टि छ।

फलतः सांसदहरुको असन्तुष्टि सम्बोधन गरेर मात्रै संसद बैठक सञ्चालन गर्ने तयारीमा रहेको सरकार यही समस्याको गाँठो फुकाउन लागिपरेको छ । ‘बजेट प्रति सांसदहरुको असन्तुष्टि व्यापक छ ,’ एमाले प्रदेश प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने ‘खासमा अहिले सम्म संसद बैठक बस्न नसक्नुको कारण यही नै हो ।’ सांसदहरूले आफूहरूलाई दिइएको बजेट सिलिङ अनुसारको योजना नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रदेश सरकारले सांसदहरूलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत बजेट तोकेको छ । यो कार्यक्रम अन्तर्गत निर्वाचित सांसदहरूलाई ३ करोड र समानुपातिक सांसदहरूलाई १ करोड १० लाख रुपैयाँ बजेट सिलिङ छुट्ट्याएको छ । या रकम बराबरका योजना सांसदहरूले आफू निर्वाचित क्षेत्रमा हाल्न पाउँछन् । तर आफूहरूलाई दिइएको यो सिलिङ बराबरको योजना बजेटमा नपारिएको गुनासो सांसदहरुको छ ।

यसरी सांसदहरूका लागि छुट्टाइएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २२ करोड रुपैयाँ बराबरका योजना रातो किताबमा छुटेका छन् । ‘धेरै माननीय ज्यूहरूले आफे निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पठाएका योजनाहरू रातो किताबमा छुटेका छन्,’ एमाले सचेतक चौधरीले भने ‘झण्डै २२ करोड बराबरका योजना छुटेको देखिन्छ, यो समावेश नहुनु राम्रो पक्ष हैन ।’

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदहरूले आफूहरूलाई प्राप्त सिलिङ बराबरका योजना आर्थिक मामिला मन्त्रालयमा पठाएका थिए । निर्वाचन क्षत्र विकास अन्तर्गत उल्लेख गरिएका योजनाहरू आर्थिक मामिला मन्त्रालयले सम्बन्धी मन्त्रालयको योजनामा रुपमा दर्ता गरिदिनु पर्ने हुन्छ । तर आर्थिक मामिला मन्त्रालयबाट योजनाहरू दर्ता नभएका कारण योजनाहरू छुटेको सांसदहरु बताउँछन् ।

‘निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका थुप्रै योजनाहरू छुटेका छन्,’ माओवादी केन्द्रका सचेतक ईन्द्रजीत चौधरीले भने ‘यो विषयलाई सत्तारुढ दलहरूले कसरी सम्बोधन गर्छन् हामी नतिजा पर्खेर बसेका छौँ ।’ चौधरीले निर्वाचन क्षेत्र विकास अन्तर्गत पेश गरेका  करोड बजेट मध्यका आधा योजना छुटेका छन् । उनले भने ‘तीन करोड मध्य डेढ करोडका योजना काटिएका छन्, यसको कारण के हो ? नियतवस् हो वा अरु केही त्यो सरकारले बुझेको होला।’

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदहरूका योजना काटिएपछि सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका संसदीय दलका बैठक बस्दै आएका छन् । यी दुबै दलका संसदीय दलको बैठकमा सांसदहरु सरकार नेतृत्व प्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । ‘संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना योजना काटिएको र काटिएका योजनाहरू जसरी पनि समावेश गर्नु पर्ने भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ आइतबार बसेको कांग्रेस संसदीय दलको बैठक बारे जानकारी दिँदै एक सांसदले भने ‘सरकारमा रहेका मन्त्री ज्यूहरूले यसलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने मुख्य विषय हो ।’ सरकारमा आर्थिक मामिला मन्त्री कांग्रेसका धनेन्द्र कार्की छन्।

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका योजनाहरू काटिएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेपछि मन्त्री कार्कीले संसदीय दलको बैठकमा सहज निकास निकालेर अघि बढ्ने जवाफ दिएका थिए । सांसदहरूका योजना कटौती भएपछि देखिएको विवाद समाधानका लागि मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला मन्त्री कार्की नियमित छलफलमा छन् ।

सांसदहरूका योजनालाई कसरी सम्बोधन गर्ने भन्ने बिषयमा उनीहरू बिच छलफल भइरहेको र चाँडै निकास आउने एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले जानकारी दिए । ‘मुख्यमन्त्री ज्यू र आर्थिक मामिला मन्त्री ज्यू बिच यो समस्या समाधान खोजीका लागि नियमित छलफलमा हुनुहुन्छ,’ चौधरीले भने ‘चाँडै निकास निकालेर तत्काल संसद बैठक बोलाउने गरी तयारी गरिएको छ ।’
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस