लुम्बिनी प्रदेशमा योजना माग्नेको लर्को, शहरी विकास तथा खानेपानीमा सबैभन्दा बढी
१६ जेष्ठ २०८२
•
४ मिनेट पाठ
लुम्बिनी प्रदेशमा योजना माग्नेको लर्को, शहरी विकास तथा खानेपानीमा सबैभन्दा बढी
लुम्बिनी प्रदेश कार्यालयमा यति बेला चहलपहल बढेको छ। प्राय सुनसान देखिने प्रदेश कार्यालयमा यो महिना योजना माग्न जाने नेता, कार्यकर्ता तथा जनप्रतिनिधिले गर्दा चहलपहल बढेको हो।




लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारीमा छ। यही जेठ ५ गते लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकार बजेटको तयारीमा जुटेको छ। आउँदो असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने हुन्छ।

मन्त्रालयले पाएको सिलिङअनुसार बजेट तयार गरिरहेका छन्। ११ वटै मन्त्रालयहरूमा योजना टिपाउन प्रदेशका १२ जिल्लाबाटै त्यहाँ पुग्दा भिडभाड बढेको हो। मन्त्रालयहरूमा सर्वसाधारणदेखी नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा सांसदहरू नै फाइल बोकेर पुग्ने गरेका छन्।

यस वर्षको बजेट यत्ति रकमको आउँछ भन्ने यकीन भइनसकेको भए पनि पोहोर सालको भन्दा सिलिङ घटेर आउने आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता (उपसचिव) अमित पौडेलले जानकारी दिए। गत वर्ष ३९ अर्ब ८० करोडको बजेट आएकामा यस वर्ष ३२/३३ अर्बको मात्रै बजेट आउने बताए। ‘मुख्यमन्त्रीज्युको निर्देशन ३२/३३ अर्बको बजेट वनाउने भन्ने छ,' उनले भने, ‘पोहोर सालको भन्दा बजेट घटेर आउँछ।’

मन्त्रीका सचिवालयहरूमा योजना टिप्न भ्याईनभ्याई छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार झन्डै ३ हजार योजनाहरू माग भएका छन्। बजेटको सिलिङभन्दा १० औं गुणा बढीका योजनाहरू माग भएको सचिवालयले जनाएको छ।

यस्तै सामाजिक विकास मन्त्रायलमा अहिलेसम्म ४ हजार दुई सय योजना माग भएका मन्त्री जन्मजय तिमिल्सिनाको सचिवालयले जनाएको छ। मन्त्री तिमिल्सिनाका स्वकिय सचिव प्रकाश नेपालका अनुसार बजेट आउन अझै केही समय बाँकी रहेकाले योजनाको संख्या अझै बढ्ने छन्। एउटै सांसदले ६० ओटासम्म योजना दर्ता गराएको उनले बताए।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा ३ हजार बढी योजना माग भएको सचिवालयले जनाएको छ। प्रदेशको अर्थ मन्त्रालय भनेर चिनिने आर्थिक मामिला तथा योजना मन्त्रीको सचिवालय र मन्त्रालयमा दर्ता भएका योजना एकमुष्ठ गराउँदा योजनाको संख्या बढ्ने मन्त्रालयले जनाएको छ।  

शहरी विकास तथा खानेपानी मन्त्रालयमा योजना माग्नेको भिड

ग्रामीण क्षेत्रमा सबैभन्दा बढी माग हुने योजना खानेपानी र साना सडकहरू हुन्। खानेपानीका क्षेत्रमा प्रदेश सरकारले पुर्‍याएको टेवा उल्लेखनिय छ। मझौला खालका सयौं खानेपानीका योजनाहरू सम्पन्न गरेको प्रदेशले साना ग्रामीण सडकहरू समेत शहरी विकास अन्तर्गत सम्पन्न गर्ने गरेको छ।

जनताको माग र स्थानीय आवश्यक्ता अनुसार यो मन्त्रालयमा योजना मागको चाङ लागेको छ। प्रदेशका सबै मन्त्रालयहरूमध्ये सबैभन्दा बढी शहरी विकास तथा खानेपानी मन्त्रालयमा योजना माग भएका छन्। मन्त्री रोज राणाको सचिवालयका अनुसार योजनाहरूको चाप बढेको जनाएको छ। मन्त्रीका स्वकीय सचिव महेन्द्र केसीका अनुसार यो जनताको दैनिकीसँग जोडिने मन्त्रालय भएकाले पनि चाप हुनु स्वाभाविक रहेको बताए। ‘यो मन्त्रालय जनताको प्रत्यक्ष सरोकारको मन्त्रालय भएकाले पनि चाप छ,' उनले भने, ‘बजेट घटेर आएको छ। सकेजति सम्बोधन गर्ने तयारीमा छौं।’ यो मन्त्रालयमा ८ हजार बढी योजना माग हुने आँकलन छ।

यसका अलावा भौतिक योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सिँचाइ तथा जलस्रोत मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतका मन्त्रालयमा समेत उत्तिकै चाप रहेको मन्त्रीको सचिवालयहरूले जनाएका छन्।  

प्रदेशमा २० हजार योजना माग हुने अनुमान रहेको छ। केन्द्रीय सरकारको बजेट आएपछि केही योजनाहरू काँटछाँट हुने, एउटै योजना २ वा त्यो भन्दा बढी मन्त्रालयहरूमा समेत दर्ता भएकाले त्यो फिल्टर हुने, रित नपुगेका वा अस्पष्ट योजनाहरू हटाउँदा १५ हजारको हाराहारी योजनाहरू हुने प्रदेश सरकारको अनुमान छ।

योजनाहरू माग भई आए पनि प्रदेश सरकारको योजना अनुरुप अघि बढ्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ। जनताको माग सम्बोधन हुने र सरकारको लक्ष्य पनि पूरा हुने तरिकाले कार्य अघि बढाइएको छ।

फोटो खिचाउने तथा सेल्फी हान्ने पनि उत्तिकै  

योजना माग गर्न जाँदा मन्त्रालयको बोर्ड तथा मन्त्रीहरूसँग फोटो खिचाउने, सेल्फी खिच्नेहरूको पनि लाम लागेको छ। मन्त्रालयमा गएर फोटो खिच्ने र सामाजिक सञ्जालमा राख्ने होडबाजी जस्तै चलेको छ।

नेता, कार्यकर्ता होस् या जनप्रतिनिधि वा सांसद। सबैले मन्त्रालय र मन्त्रीहरूसँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। स्थानीय स्तरका कार्यकर्तादेखि सांसदहरूसम्मले तस्बिर खिचाउन गरेको आग्रह अस्वीकार गर्न नसक्ने भएपछि मन्त्रीहरूले समेत सहजै स्वीकार गर्छन्। मन्त्रीहरू योजना बनाउने सँगसँगै नेता/कार्यकर्ताहरूलाई बजेटका सीमितता, सरकारको लक्ष्य, आवश्यक्ता, सीमित पुँजी लगायतका विषयमा ब्रिफिङ गरिरहेका भेटिन्छन्। यसका अलावा फोटो खिचाउने र भेटघाटमा समेत व्यस्त देखिन्छन्।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस