७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला

सांकेतिक तस्बिर

काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव भेटिएको छ ।

पाँचखाल वडा नं ४ मा पूर्णरुपमा जलेको अवस्थामा ती पुरुषको शव भेटिएको काभ्रे प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले ती पुरुषलाई तारले रुखमा बाँधेर जलाइएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । 

अन्दाजी २५ वर्षीय उनको पहिचान हुन बाँकी छ । प्रहरीले कुकुरको सहयोगमा अनुसन्धान सुरु गरेको बताएको छ । 

प्रकाशित: २८ वैशाख २०८१ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App