आज सोमवती अमावस्या पर्व मनाइँदै
२६ चैत्र २०८०
•
२ मिनेट पाठ
आज सोमवती अमावस्या पर्व मनाइँदै
आज परेको औँसीका दिन मिथिला क्षेत्रमा सोमवती अमावस्या पर्व मनाइँदैछ। महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेहरूको घुइँचो लागेको छ।




महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव (भृगु) सर (सरोवर, पोखरी) मा सोमवती अमावस्या स्नान गर्ने श्रद्धालुहरूको चहलपहल छ।

यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका तीर्थस्थलहरु ध्रुवकुण्ड, कञ्चनवन, टुटेश्वरधाम नजिकका जलाशय र रातु नदी तटमा स्नान गरेर श्रद्धालु पीपल वृक्षमा पूजाआराधना गर्दैछन्।

मिथिलामा सोमवती अमावस्याका दिन गरिने स्नान, दान एवं श्राद्ध अक्षयफल दिने पुण्यदायक मानिन्छ। आज औँसी परेका दिन बिहान सखारै कसैसँग बोलचाल नगरी पवित्र जलाशयमा स्नान गर्ने परम्परा रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झाले बताए।

सोमवती अमावस्याका दिन पवित्र जलाशयमा स्नानपछि पीपल वृक्षको फेदमा जल चढाउने, पीपल वृक्ष वरिपरि धागो बाँध्ने, दीपदान गर्ने, आरती तथा पुष्पाञ्जली गर्ने र यथासक्य प्रदक्षिणा गर्ने शास्त्रीय विधान रहेको झाको भनाइ छ।

सोमवती अमावस्यामा गरिने यी कार्यले समस्त पाप नास भई प्रतिकूल ग्रह बाधा हट्ने र सुख, शान्ति एवं समृद्धि प्राप्त हुने जनविश्वास छ। पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिव तीनै देवको बास हुनेहुँदा आजको औँसीका दिन पवित्र जलाशयमा स्नान गरी देवस्मरण गर्ने चलन पूर्वीय वैदिक परम्पराकै रहेको पाका मैथिल बताउँछन्।

पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिवको बास हुने शास्त्रमा उल्लेख छ। ‘ॐमूलते ब्रह्मरुपाय मध्यतो विष्णुरुपिणे, अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः’ पीपल वृक्षको मूल ब्रह्मा, मध्य विष्णु र अग्रभाग शिवरुप मानिने शास्त्रीय मान्यताले सोमबार औँसीका दिन यहाँ गरिने पूजाआराधना, दान, श्राद्ध तथा आरती पुण्यदायक हुने कर्मकाण्डका ज्ञाता भङ्गाहा–५ सीतापुरका पण्डित विष्णुप्रसाद शर्माको भनाइ छ। रासस
अर्को समाचार
होलीको गीतले गुञ्जायमान मिथिला
०६ चैत्र २०८०
•
७ मिनेट पाठ
होलीको गीतले गुञ्जायमान मिथिला
रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ/सहर होलीको गीत (जोगिरा) ले गुञ्जायमान हुन थालेको छ।




नेपालका तराई मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिला क्षेत्रमा साँझ पर्ने बित्तिकै गाउँ-गाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थालेको छ भने चारैतिर जोगिरा (होली गीत) को धुन सुनिन थालेको छ।

उमेरले ६० पुग्न आँटेका जलेश्वर नगरपालिका–८ बजराही गाउँका विपेन्द्र पाण्डे अहिले साँझ पर्नासाथ आफ्ना घरबाट हातमा डम्फू समातेर गाउँको चौबाटोस्थित मिलन चोकमा पुग्ने गर्छन्।

त्यस्तै गाउँको उत्तरबारी टोलबाट हारमुनियम लिँदै स्थानीय ५५ वर्षीय रामदेव महरा पनि सूर्यास्त हुनासाथ सोही चौकमा पुग्छन्। यी दुवै जनाको आगमन भइसकेको खबर पाउनासाथ गाउँको पछियारी टोलबाट ४४ वर्षीय मोहन साह पनि आफ्नो घरबाटै दुवै हातले झ्याली पिट्दै मिलन चौकमा पुग्ने गर्छन्, भने गाउँको पूर्वारी टोलबाट ७० वर्षीय गौरी चौधरी पनि ढोल बजाउँदै सो चोकमा आइपुग्ने गर्छिन्।

विभिन्न वाद्यवादनका साथ मिलन चोकमा आइपुग्ने यी चार जनाबाहेक गाउँकै लोकगायक अरुण पाण्डे, धीरेन्द्र चौधरी, आशनारायण मण्डलसहित अन्य थुप्रै व्यक्ति पनि साँझको दियो बल्ने बित्तिकै मिलन चोकमा जम्मा हुने गर्दछन्।

आपसी भाइचारा, प्रेम सद्भाव, सुख दुःख साटासाट गर्न र पुस्तौंदेखि चल्दै आइरहेको होलीगीत (जोगिरा) को संरक्षण र प्रवर्द्धनका लागि अहिले दैनिकरुपमा जम्मा हुने गरेका छन्।

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा (होलीका गीत) सुनिन थाल्छन्। होलैयाहरु (जोगिरा गाउने) एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा बजराही गाउँको टोल टोलमा आ–आफ्ना घर आँगनमा बसिरहेका जोकोही पनि प्रसन्न एवम् खुसी हुने गर्दछन्।

होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजा लिएर विभिन्न धुन र सङ्गीतको सृजना गर्दै सुरु गरेका जोगिरा राति ११/१२ बजेसम्म निरन्तर रुपमा चलिरहन्छ।

विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा बाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भीड लाग्ने गर्दछ,भने जोगिराका क्रममा हुने नाच र गान समेतमा ठूलो सङ्ख्यामा सहभागी हुने गरेको होलैया (जोगिरा गाउने) अरुण पाण्डेले बताए।

जलेश्वर नगरपालिका–८ बजराही गाउँका जोगिराटोली निकै चर्चित छ। यहाँको जोगिरा टोलीमा हिन्दु र मुस्लिम दुवै समुदायको समावेशिताले यसलाई झन् अद्भुत बनाइदिएको स्थानीय मुसलिम अगुवा सकुर राइनको बुझाइ छ।

हिन्दुको पर्वमा मुस्लिम सहभागी नहुने र मुस्लिमको पर्वलाई हिन्दुले चासो नलिने सामान्य मान्यतालाई सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराही गाउँमा गलत साबित गर्दै स्थानीय दुवै समुदायका युवा तथा बुद्धिजीवी अगुवा अगाडि बढेको नेपाली कांग्रेसका स्थानीय युवा नेता अनिल पाठक बताउँछन्।

वर्षौँदेखि यहाँका मुस्लिम हिन्दुको पर्वमा र हिन्दुहरू मुस्लिमको चाडपर्व एकसाथ मनाउँदै आएको उनको भनाइ छ।

होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएको वडा नं ७ का वडाध्यक्ष रामछविला यादव बताउँछन्। जोगिराको धुनले अहिले रातभरि गाउँलेलाई नसुत्ने बनाएको उनको भनाइ छ।

मिथिला क्षेत्रसहित सम्पूर्ण देशकै लागि खुसी र उमङ्गको पर्व होलीलाई निम्ता दिँदै युवा, वयस्क तथा वृद्धसमेतको छुट्टाछुट्टै टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय बनाएको स्थानीय जीतेन्द्र शर्माले बताए।

स्थानीय शिवचन्द्र कापरका अनुसार यस वडामा अहिले कति बेला साँझ पर्ने र कति बेला होलैया आएर जोगिरा सुरु गर्ने प्रतीक्षामा घरघरमा महिला, पुरुष तथा बालबालिका र वृद्ध वृद्धासमेत बसिरहेका हुन्छन् भने जोगिरा सुरु हुने बित्तिकै प्रत्येक घरघरबाट निस्केर सबै जना होली गीत सुन्नका लागि चोकसम्म पुग्ने गर्दछन्।

देश, विदेशमा बस्दै आएका सम्पूर्ण मिथिलाञ्चलवासीलाई मन पर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका–७ बनौली गाउँमा पनि निकै धूमधामका साथ गाइने तथा सुन्ने गरिएको स्थानीय सञ्चारकर्मी एवं होलैया रहनुभएका स्थानीय सञ्चारकर्मी ४० वर्षीय नवीन प्रियदर्शी बताउँछन्। सो गाउँमा पनि परम्पराकालदेखि जोगिरा गाउने प्रचलन रहेको र जोगिरा गाउनका लागि कुनै पनि उमेर समूहले बाधा नपारेको उनको भनाइ छ।

सो गाउँमा एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्ति बसेर जोगिरा गाउने, हाँस्ने, हँसाउने, कथा, कहानी र जीवनका अनुभव साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठुलालाई आदर–सत्कार र सानालाई स्नेह बाँड्ने काम हुने गरेको उनले भने।

‘जोगिरा सररर, जोगिरा सररर ।’  

‘मिथिलामे राम खेलैया होली, मिथिलामे। मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’

‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली । मिथिलामे’

‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली ।  

हो मिथिलामे, मिथिलामे राम खेलैय  होली, मिथिलामे ।’

‘जोगिरा सररर, जोगिरा सररर ।’  

‘रङ्ग बरसे भिगे चुनरबाली रंग बरसे, हो रङ्गबरसे भिगे चुनरवाली रंगबरसे’

‘सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया।  

सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया।’

सीया झारु नम्बी केश, सीया हो, हो, हो। सीया झारु नम्बी केश,  

सीया हो, हो, हो सीया झारु नम्बी केश। राम लैहे सोनेके ककहिया।’

कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा केही दिनदेखि दिनदेखि रातिको समय होलैयाको भीडले मेलाजस्तै लाग्ने तथा उनीहरुले गाउने होलीगीत (जोगिरा) ले गाउँ नै गुञ्जायमान हुने गरेको स्थानीय सुनिल ठाकुले बताए। जलेश्वर नगरपालिकाको बजराही, अनकार र पिपराको बनौली गाउँजस्तै जोगिराको धुनमा अहिले महोत्तरीको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ पनि रङ्गिएको पूर्व वडाध्यक्ष बलिराम रायले बताए। उनले अहिले बथनाहामा पनि कति बेला साँझ पर्ने भन्दै स्थानीय बासिन्दा प्रतीक्षामा रहने गरेको बताए।

स्थानीय ललिन्द्र दुवे, समीर राय, भोगी कापरसहितका होलैयाले ढोल बजाउन, झ्याली पिट्न, हारमोनियम बजाउन र गीत गाउन सुरु गरेपछि बथनाहा गाउँ पनि रङ्गीन हुने गरेको छ। राति अबेरसम्म चलिरहने गीत–सङ्गीत, हाँसो ठट्टाले दैनिक रूपमै होली चलिरहेको आभास गराउने गरेको स्थानीय युवा नेता चन्दन दुबेले बताए। होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँ गाउँमा जोगिरा गाउन सुरु भएको छ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँटोलमा चैतको फागुन २० गतेदेखि नै प्रत्येक रातिको बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका साथ जोगिरा गाउने चलन चलिरहेको छ।

‘फागुन आयो, होली ल्यायो’

‘मारो भरभर कर पिचकारी’

‘होली आयो, मस्ती छायो’

‘मारो भरभर कर पिचकारी’

‘जोगिरा सररर, जोगिरा सररर ।’

‘कई हातका धोती पहना, कई हात लपेटा’

‘कई घाटका पानी पिया, कई बापका बेटा’

‘जोगिरा सररर, जोगिरा सररर ।’

जस्ता सयौँ गीत, चुट्किला, हाँसो ठट्ठा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको होलीलाई आगमनको प्रतीक्षामा अहिले महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, भारतका मधुबनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा सुरु भइसकेको छ।

जोगिराको धुन र लयले गाउँ गाउँलाई सङ्गीतमय पारेको बेला जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा वृद्धलाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म जाग्राम गराउने तथा जोगिरा गाउन लगाउने गरिएको जलेश्वर नगरपालिका–२ का प्रवीण साहले बताए।

उनले होलैयाले जोगिराले एकापसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफू रातिको बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताए।

मिथिलाञ्चलभरि चलिआएको जोगिरालाई पछिल्लो केही वर्षदेखि भारतको विहार र उत्तर प्रदेश राज्यसँग सीमा जोडिएका मिथिलाञ्चल क्षेत्रमा भोजपुरी भड्किलो गीत, खुल्ला मदिरा व्यापार र चर्को आवाजमा बजाइने बाजाको प्रभावले अशान्त तुल्याउने गरेको मनरासिस्वा नगरपालिका–४ का ७५ वर्षीय अरुण सिंहले बताए।

परापूर्वकालदेखि चलिआएको जोगिरा गायनको संरक्षण गर्नुपर्नेमा उनको जोड छ। होली गीत केवल मनोरञ्जनको साधन वा गीत नभएर हाम्रो परम्परा एवं हाम्रा पुर्खाको धरोहर रहेको र यस परम्परा तथा धरोहरलाई संरक्षण, संवर्द्धनका साथै यसको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व रहेको बत्ताउँछन्, संस्कृतिविद् ध्रुव राय।

मिथिलाञ्चलका गाउँ गाउँमा रहेका मठमन्दिर, चौतारा, पार्टी, पौवा, दोबाटो, चौबाटो अहिले रातिको बेला सङ्गीतमय बनेको बेला मिथिलामा विभिन्न देवीदेवताको आगमन हुने गरेको भन्दै मटिहानी नगरपालिका–८ का राजनीतिकर्मी वशिष्ठ मिश्रले जोगिराको संरक्षण, संवर्द्धन तथा जगेर्नाका लागि स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको बताए।

होलीगीत मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलको पनि मत रहेको छ।

सञ्जीतकुमार मण्डल / रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस