संवैधानिक परिषदले दुई आयोगको विभिन्न पदका लागि आवेदन माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगका लागि आवेदन माग गरेको हो।
आयोगले महिला आयोगमा रिक्त रहेको एकजना सदस्य र समावेशी आयोगमा आगामी वैशाख २ गतेबाट रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको बताएको छ।परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको सूचनामा उल्लेख गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको ‘सूचना तथा समाचार’ खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगाना sambaidhanik@opmcm.gov.np मा पठाउन भनिएको छ।
एकभन्दा बढी पदका लागि आवदेन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फारम बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
आवेदन दिने व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुपर्ने पनि आयोगले जनाएको छ।