सडक पुगेपछि गाउँगाउँमा पसल,छेउछाउका बस्ती बजार बन्दै
१८ चैत्र २०८०
•
३ मिनेट पाठ
सडक पुगेपछि गाउँगाउँमा पसल,छेउछाउका बस्ती बजार बन्दै
म्याग्दीका ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यापार गर्ने चलन बढेको छ। यातायातका साधनमार्फत काठमाडौँ, पोखरा र चितवनका ठूला सहरबाट खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री गाउँगाउँमा नै पुग्न थालेपछि बेनीबजार र दरबाङ बजारका साथै जिल्लाका पुराना बजारको व्यापार घटेको छ।

उत्तरतर्फ बेनी–जोमसोम र पश्चिमतर्फ बेनी–दरबाङ सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालनमा आएपछि म्याग्दीको ग्रामीण क्षेत्रको मुहार फेरिएको छ। सहरी क्षेत्रमा व्यापार व्यवसाय घट्दै गएको व्यापारीहरुले बताएका छन्।

जिल्लाका करिब एक दर्जन बढी क्षेत्रमा बजार विस्तार हुन थालेको छ। सुगम मानिने सदरमुकाम बेनी बजारदेखि सबैभन्दा विकट मानिने पश्चिम म्याग्दीको गुर्जासम्म बजार विस्तार भएका छन्। सडकसँग जोडिएपछि अब जिल्लाका विकट क्षेत्र पनि सुगममा परिणत भएका स्थानीयले बताएका छन्।

‘अहिले जताततै बजार विस्तार हुँदै गएका छन्, आमनागरिकले सेवासुविधा पनि पाउन थालेका छन्, सामान्य समान किनमेलका लागि घन्टौँ समय लगाएर बजार धाउनुपर्ने बाध्यतामा रहेका स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाउने सुविधामा छन्’, मालिका गाउँपालिका–१ की टीकामति पुनले भने। जिल्ला सदरमुकाम बेनी बजारेदेखि पश्चिम म्याग्दीको मुनासम्मका दर्जनौँ स्थानमा अहिले साना ठूला बजार विस्तार भएका छन्। अझै पनि बजार विकास हुने क्रममा छन्।  

विसं २०६३ मा ट्र्याक खुलेको बेनी–दरबाङले म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका २७ गाउँ तथा बागलुङका तमान,बुर्तिबाङ र ढोरपाटन क्षेत्रका नौ गाउँलाई जोडेको छ। पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट त्यस भेगमा जाने १८ गाउँमा ग्रामीण सडक विस्तार भएका छन्।  

सोही सडकको बेनी–तातोपानी खण्डको नौ किलोमिटर सडक ट्र्याक खुलेको १५ वर्षपछि कालोपत्र गर्ने काम सुरु गरिएको छ। सडकले जोडेका सिङ्गा,तातोपानी, बाबियाचौर,रणबाङ, तोराखेत, दरबाङ, मुना, धारापानी, ताकम, बिम, मराङ लगायतका स्थान अहिले बजारमा परिणत हुँदैछन्।

अहिले बजार विस्तार हुन लागेका ठाउँ सडक पुग्नुभन्दा पहिला सुनसान थिए।अहिले यहाँ निकै चहलपहल बढेको दरबाङका गोपाल सुवेदीले बताए। सडकले धेरै सहजता प्रदान गर्नुका साथै जीवन नै परिवर्तन गरिदिएको धौलागिरि गाउँपालिका–५ का शेरबहादुर विकले बताए। उनलले भने,‘अहिले यति ठूला घर बने, पसल छन्, पहिला त गाई, भैँसी र भेँडाबाख्राका गोठ हुन्थे, सोच्दै नसोचेको विकास भयो, मैले त हाम्रो पालामा यस्तो विकास होला भन्ने सोचेको पनि थिएन।’

त्यसैगरी सडक र बजार विस्तारले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनता र मुस्ताङीको पनि जीवनशैलीमा परिवर्तन ल्याइदिएको छ। विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी–जोमसोम सडकमा गाडी गुड्न थाले। बेनी–जोमसोम सडकको क्षेत्रमा रहेका आधा दर्जन बढी ठाउँमा बजार विस्तार भएका छन्। म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपिएको छ।

उत्तरी म्याग्दीका विभिन्न गाउँमा भारी बोकेर खाद्यान्नलगायत सामग्री लैजाने भरिया र खच्चडको ठाउँमा गाडीले ढुवानी गर्न थालेका छन्। गाउँगाउँमा बजार विस्तार भएपछि जनतालाई सहज भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

सडक छेउमा बस्ती विस्तार हुनेक्रम बढ्दै गएपछि यस क्षेत्रको रौनक नै फेरिएको दानाका होटल तथा पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। ‘सडक आएपछि माथिमाथि गाउँबाट मान्छे तल झरेर सडक छेउमा घर बनाउन थाले, पहिला सुनसान हुने ठाउँमा अहिले निकै रमाइलो र चहलपहल भयो’, शेरचनले भने।

उनले सडकले गाउँठाउँको विकाससँगै सुगमका ठाउँदेखि दुर्गमका गाउँ जोडिएको भन्दै यसले गर्दा स्वास्थ्य,शिक्षालगायत धेरै सेवासुविधा उपभोग गर्न पाएको बताए। स्वास्थ्य उपचारका लागि टाढाटाढा जाने बाध्यता हटेको जनाउँदै अहिले नजिकै उपचार पाउन थालेको स्थानीयले बताउँछन्।  

‘सडक आयो, बजार बन्दैछ, बजारमा ठूला होटल पसलसँगै अस्पताल पनि बनेका छन्,त्यसले गर्दा अब बिरामी परेर डोलामा बोकेर टाढा जानुपर्ने बाध्यता हटे, नजिकै अस्पताल छ,त्यहीँ गएपछि उपचार हुन्छ’, शिखका इन्द्र बरुवालले भने,‘पहिले मोटर गुड्ने बाटो पनि थिएन, अस्पताल पनि नजिक थिएन,निकै समस्या थियो, अहिले मोटरबाटो पनि आयो,बजार पनि बन्यो र अस्पताल पनि बन्यो,हामीलाई निकै सजिलो भयो।’
अर्को समाचार
विश्व बैंकको सहयोगमा सडक बन्दै
२५ वैशाख २०८३
•
२ मिनेट पाठ
विश्व बैंकको सहयोगमा सडक बन्दै
पोखरा क्षेत्रमा बनेका सडक निरिक्षण गरिँदै। तस्बिरः नागरिक
विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा पोखरा क्षेत्रमा निर्माणाधिन परियोजनाको स्थलगत निरिक्षण गरिएको छ। नगरप्रमुख धनराज आचार्य सहित विश्व बैंकका भाइस प्रेसिडेन्ट एंव चिफ रिस्क अफिसर डेनिस म्याकलघलिन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो।  

विश्व बैंकको सहयोगमा अहिले पोखरा क्षेत्रमा सडक निर्माण र स्तरोन्नती भईरहेका छन्। टोलीले तालचोक–बेगनास, शिशुवाचोक–खुँदिखोला र कालिकास्थान–पुँडिटार–लामगादी सडक खण्डको निरिक्षण गरेको हो।  

नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा तालचोक बेगनास सडक खण्ड (३.२८ कि.मी), शिशुवादेखि खुँदीखोला पुलसम्म करिब ४.१४ किलोमिटर र कालिकास्थानदेखी लामगादी सम्मको १२ किमी सडक अहिले निर्माण भइरहेको छ।  

यी मध्ये करिब ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँको लागतमा शिशुवादेखि खुँदी खोलापुलसम्मको सडक निर्माण भइसकेको छ। सडकमा दायाँबायाँ नाली सहित १५ मिटर डबल लेन, ७ मिटर सर्पोट बाटो, १.५ मिटर साइकल ट्रयाक र २.५ मिटर फुटट्रयाक रहेको छ। अरु सडक खण्ड भने अझै पुरा भईसकेका छैनन्।

दोविल्ला–बागमारा–तिक्लाङ्–बडहरकोट–लामगादी–चापलाङ–उपल्लोपुँडीटार–तल्लो पुँडीटार–झिगटे तगारेगौडा–तल्लो गगनगौंडा सडक अन्तर्गत पर्ने कालिकास्थान लामगादी सडक खण्ड समेत निर्माण भइसकेको छ। विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँमा सहयोगमा ७ मिटर चौडाइ, अस्फाल्ट पिच, सडकको दायाँबायाँ ड्रेन सहितको २÷२ मिटरको फुटट्रयाक निर्माण भईरहेको छ।  

तालचोक बेगनास सडक भने निर्माण सम्पन्न हुने क्रममा रहेको छ। सडक हरियाली फुटपाथ, साइकल ट्रयाक र डिभाइडर सहित चार लेनको सडक बन्दैछ। यस खण्डमा ५ वटा कल्भर्ट तथा पुल निर्माण भएका छन्। सडकको बिचमा १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइको फुटपाथ र सडकमा ४ सेन्टिमिटर मोटाइको अस्फाल्ट पिच हुनेछ। यो सडकका लागि विश्व बैंकले ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ सहयोग गरेको छ।  

विश्व बैंकको सहयोगमा सञ्चालित परियोजना सम्पन्न हुने चरणमा रहेको जनाउँदै नगर प्रमुख आचार्यले थप परियोजना सञ्चालनका लागि विश्व बैंक सहकार्यका लागि पोखरा महानगरपालिका इच्छुक रहेको बताए। खुदीखोलादेखी रुपा गाउँपालिकाको सिमानासँग पुग्ने सडकको स्तरोन्नतिका लागि थप बजेटको व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन समेत उनले बैंक पदाधिकारीसँग आग्रह गरेका थिए। ‘हामीलाई अझै पनि सहयोगको आवश्यकता छ। सहयोग आएमा पूर्वाधार बन्नेछन,’ उनले भने।  

विश्व बैंकका चिफ रिस्क अफिसर डेनिसले पोखरा क्षेत्रमा सडक, पुल संरचना बनाउन र स्तरोन्नती गर्नेगरि सहयोग गर्नका लागि आफू सकारात्मक रहेको जवाफ दिएका थिए। उनले आगामि दिनमा सहयोग जुटाउनका लागि पहल गर्र्ने पनि बताए।  अवलोकनमा नगर प्रमुख आचार्य सहित पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल सहित विभिन्न वडाध्यक्ष सहभागि भएका थिए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस