महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव
१६ चैत्र २०८०
•
३ मिनेट पाठ
महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव
सरोकारवालाहरूले महोत्तरी कारागारको तत्काल जीर्णोधार गर्न सुझाव दिएका छन्।

सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिले कारागार प्रशासनसहितको सहभागितामा गरेको अनुगमनबाट जीर्ण अवस्थामा रहेको कारागारको तत्काल जीर्णोद्धार थाल्नुपर्ने सुझाव दिइएको हो।

समितिका सदस्यद्वय प्रतिनिधि सभा सदस्य नगिना यादव तथा गोमा सापकोटा र समितिको सचिवालयका अधिकृत प्रवीण राईसहितको टोलीले बिहीबार कारागार अनुगमन गरेको हो। जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कारागार प्रशासनको सहभागितामा अनुगमन गरिएको प्रतिनिधिसभा सदस्य नगिना यादवले बताइन्।

‘कारागारमा क्षमताभन्दा चौब्बर बढी कैदी/थुनुवा राखिएका रहेछन्, सुत्न, बस्न कठिन रहेछ’, यादवले भनिन्, ‘करिब डेढ फिट चौडा ठाउँमा ओल्टोकोल्टो फेर्न पनि नपाइने गरी कैदी बसेका रहेछन्, कारागारको अवस्था अत्यन्त रुग्ण देखियो।’ जम्मा १३५ कैदी÷थुनुवा राख्ने क्षताको कारागारमा आज ५८४ जना रहेका कारागार प्रशासनले नै जनाएको छ।

कारागारमा पठनपाठन, खेलकुद र मनोरञ्जनका कुनै सुविधा छैनन्। औषधोपचार पनि चाहिएको बेला पाउन नसकिएको कैदी÷थुनुवाले बताएका यादवको भनाइ छ। सबैभन्दा गम्भीर कुरा त १६७ वर्ष पुरानो भवनका इँटा झर्ने, छत उप्केर टुक्रा झरिरहने क्रमले बसाइँ डरमर्दो देखिएको अर्का सदस्य गोमा लाभ सापकोटाले बताइन्। विक्रम संवत् १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका भवनमा अझै कारागार सञ्चालन हुदै आएको हो।

‘जीर्ण भवन कतिबेर ढल्छ भन्ने त्रास जतिखेर पनि रहेछ, कतै पर्खालका इँटा झर्छन, कतै छतको प्लास्टर उप्किएर झर्दोछ’, प्रतिनिधिसभा सदस्य सापकोटा भन्छिन्, ‘जतिखेर पनि कैदी÷थुनुवा त्रासमा रहेछन्।’ सरकारले सबैभन्दा पहिले सुरक्षित कारागार भवनको व्यवस्था गर्नुपर्ने पहिलो आवश्यकता देखिएको सापकोटा बताउँछिन्। जीर्ण कारागार भवन यदाकदा टालटुलबाहेक राम्ररी मर्मतसम्भार नगरिएको कैदी थुनुवाको भनाइ छ।

प्रत्येक वर्ष बर्खामा पानी जम्ने र बर्खाको भेलले नगरको फोहर कारागारभित्र छिर्दा आफूहरुको बसाइँ अत्यन्त कष्टकर बन्ने गरेको कैदीबन्दीले बताएका छन्। हिउँदमा घाम नदेखिँदा सिमेन्टको चिसो, गर्मीमा उखरमाउलो ताप खेप्नु नियति नै बनेको कैदी थुनुवाको गुनासो छ।

कारागारमा दिसापिसाब र नुवाइधुवाइका लागि लामो पालो पर्खन पर्दा सरसफाइको कमीले अधिकांश कैदी थुनुवामा चर्मरोग भएको छ। विभिन्न रोगले गाँजेका कैदी थुनुवा पनि सराबरी बस्दा चर्मरोगको सङ्क्रमण चाँडै फैलिएको हो।

कारागारमा ससाना २४ कोठा, १५ वटा शौचालय, सातवटा चापाकल र छ धारा छन्। करिब ६०० सङ्ख्याका कैदी थुनुवाले दैनिक नित्यकृया पनि ठीक समयमा गर्न नपाएको गुनासो गरेका छन्।

धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँको चापले यहाँ कैदी बढेका कारागार प्रशासनले जनाएको छ। कूल कैदी थुनुवामध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै रहेका कारागार कार्यालयका सूचना अधिकारी रविनचन्द्र ठाकुर बताउँछन्।

जलेश्वरमा कारागारको छ बिघा ११ कट्ठा १७ धुर जग्गा भए पनि सो ठाउँमा नयाँ कारागार भवन निर्माण हुन सकेको छैन। आफ्नै जग्गामा आधुनिक सुविधा सम्पन्न खुला कारागारको अवधारणाअनुसारको प्रस्ताव गृह तथा अर्थ मन्त्रालयमा पु¥याइए पनि त्यसले गति नलिएको सूचना अधिकारी ठाकुरको भनाइ छ। रासस
अर्को समाचार
‘निजी क्षेत्रसँगको सहकार्यबाट मात्र अर्थतन्त्र सबल’
०५ वैशाख २०८१
•
४ मिनेट पाठ
‘निजी क्षेत्रसँगको सहकार्यबाट मात्र अर्थतन्त्र सबल’
मुलुकको अर्थतन्त्र समस्यामा परेका बेला निजी क्षेत्रसँगको सहकार्यमा मात्र अर्थतन्त्र सबल हुने सरोकारवालाले बताएका छन्। उनीहरूले निजी क्षेत्रको मनोबल नबढाउँदासम्म लगानी वृद्धि नहुने धारणा पनि राखे।

नेपाल उद्योग परिसंघको २१ औं वार्षिकोत्सव समारोहका अवसरमा बोल्ने प्रधानमन्त्रीदेखि निजी क्षेत्रका प्रतिनिधिले अर्थतन्त्रलाई गतिशील बनाउन सामूहिक प्रयत्न गर्नुपर्ने बताए।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन्। प्रधानमन्त्री दाहालले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए। ‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री दाहालले भने ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु।’

अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको बताए। निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्रीले अर्थतन्त्रको सबलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए। 

‘दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सोहीअनुरूप मौद्रिक नीतिलाईसमेत अगाडि बढाउने छौं।’ अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी रहेको उनले बताए।

निजीक्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘निजीक्षेत्रको समस्या भनेको अर्थतन्त्रको समस्या हो। अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ।’ 

पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचकहरू देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशा लाग्दो वर्ष हुने विश्वास व्यक्त गरे।

वस्तु तथा सेवा निर्यातमा आशा लाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्युत्, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरे।

पर्यटन आगमनमा उल्लेख्य सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उनले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा अस्वाभाविक संकुचन आउँदा, समग्र माग बढ्न नसक्दा उद्योग व्यवसाय बन्द हुने क्रम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

उनले समग्र बजार मागमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरूको उत्पादन लागत बढिरहेको बताउँदै उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङले थप मर्माहत बनाएको बताए।

‘एकातिर विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण लागिरहेको छ, अर्कोतर्फ धेरै विद्युत् खपत गरिरहेका उद्योगहरूमै १६ घण्टासम्म लोडसेडिङ गराइरहेको छ,’ उनले भने, ‘यो कस्तो नीति हो हामीले बुझ्न सकेका छैनौं।’

निजी क्षेत्र आत्तिएको अग्रवालले बताए। मुलुकको अर्थतन्त्र, नेपाली निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामथ्र्य अन्यत्रभन्दा भिन्न रहेको बताउँदै सरकारले प्रोत्साहन गरे अर्थतन्त्रमा रहेको चुनौतीको पनि सामना गर्न सक्ने बताए। 

‘निजी क्षेत्रलाई हौसला प्रदान गर्न आवश्यक छ,’ उनले भने, ‘उद्यमी व्यवसायीलाई सम्मानपूर्ण हुनुपर्छ।’ अर्थ मन्त्रालयले नयाँ बजेटको तयारी गरिरहेको बताउँदै आगामी बजेटले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने रणनीति लिनुपर्ने आवश्यकता रहेको अध्यक्ष अग्रवालले बताए।

‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आगामी बजेट कोसेढुंगा सावित होस्’, उनले भने, ‘स्वदेशी वस्तुहरूको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले मात्रै हाम्रो अर्थतन्त्रलाई बलियो बनाउँछ।’

परिसंघले कानुन सुधारमा विशेष ध्यान दिन आग्रह गर्दै विस्तृत अध्ययन गरेरै २४ वटा ऐन तथा नियमावली संशोधन गर्न, पाँच वटा ऐन खारेज गर्न र तीन वटा नयाँ कानून ल्याउन सुझाव दिए पनि कार्यान्वयन नभएको उनले बताए। 

उद्योग, उर्जा, पर्यटन, सूचना प्रविधि, निर्माण तथा पूर्वाधार, कृषिजस्ता प्रतिस्पर्धी क्षमता बढी भएका क्षेत्रमा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सुझाव दिएकाले कार्यान्वयन गर्न आग्रह गरे।

‘उद्योग व्यवसायलाई प्रोत्साहन नदिँदा देशभित्र रोजगारीको अवसर सिर्जना हुन सकिरहेको छैन’, उनले भने, ‘रोजगारी नहुँदा युवाहरूको विदेश पलायन हुने क्रम बढ्दो छ।’

अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या रहेको भन्दै ठूलो शल्यक्रियाको खाँचो रहेको बताए। ‘शिथिल अर्थतन्त्र उकास्न सोचिरहेका छौं’, अध्यक्ष अग्रवालले भने, ‘कर्मठ उद्योगी व्यवसायीको अभावमा मुलुकले समृद्धि हासिल गर्न सक्दैन।’ 

उद्योग व्यवसाय बचाउनु, प्रोत्साहन गर्नु, उद्योगीलाई सम्मान गर्नु राज्यको दायित्व रहेको बताउँदै उद्योगी व्यवसायीको मनोबल गिराएर, अपमानित गरेर समृद्धिको लक्ष्य हासिल हुन नसक्ने धारणा राखे।

‘स्वदेशी लगानीलाई पहिले प्रवद्र्धन गरौं, लगानीकर्तालाई प्रोत्साहित गरौं, सम्मान गरौं,’ उनले भने, ‘स्वदेशी लगानी बढ्यो भने नै विदेशी लगानीकर्ताको पनि नजर नेपालमा पर्छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस