बन्दीपुरमा भेटियो नयाँ गुफा
०९ चैत्र २०८०
•
२ मिनेट पाठ
बन्दीपुरमा भेटियो नयाँ गुफा
नयाँ
पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ। बन्दीपुर गाउँपालिका– २ पौवानजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो।




बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा बिहीबार उक्त गुफा भेटिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए। उनका अनुसार खोजी कार्यमा साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोलीको सहभागिता थियो।

नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष थापाले बताए। उनका अनुसार बन्दीपुर बजारबाट करिब एक किलोमिटर दूरीमा उक्त स्थानमा पुग्न सकिन्छ।

‘कालोपत्र सडकबाट करिब दुई सय मिटर दूरी पैदलयात्रापश्चात् गुफामा पुग्न सकिन्छ’, अध्यक्ष थापाले भने, ‘बन्दीपुर घुम्न आउने पर्यटकले गुफाको अवलोकन र चट्टान आरोहणसमेत गरी मनोरञ्जन लिन सक्नेछन्।’ उक्त गुफा बाहिरको पहरा करिब तीन सय मिटर फराकिलो र ५० मिटर उचाइको रहेकाले चट्टान आरोहणका लागि प्रचुर सम्भावना देखिएको उनको भनाइ छ।

मुख्यमन्त्री नवप्रवर्तन कार्यअन्तर्गत चट्टान आरोहण कार्यक्रम रहेकाले यसका लागि आवश्यक सामान खरिद गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाउँदै यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने गाउँपालिकाका अध्यक्ष थापाले बताए।

‘करिब ३६ वर्ष बन्दीपुर बस्दा पनि यहाँ गुफा छ भन्ने थाहा थिएन। स्थानीय कसैले पनि भन्नुभएको थिएन’, उनले भने, चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने क्रममा गुफा भेटिएको छ। यसको संरक्षण गरी पर्यटन प्रवर्द्धनका योजना बनाउँदै जाने छौँ।’

गाउँपालिकाले तत्काल यहाँ संकेत चिन्ह (बोर्ड) राखेर प्रचारप्रसार गर्नुका साथै गुफासम्म पुग्ने बाटो निर्माण गर्ने योजना बनाइसकेको अध्यक्ष थापाले जानकारी दिए। गुफाभित्र विभिन्न आकृतिमा कुदिएका ढुङ्गालगायत मनोरम दृश्य देख्न सकिन्छ। साथै करिब ४०÷५० जना क्षमताको गुफाभित्र हलसमेत रहेको उनले बताए।

प्याराग्लाइडिङमा पर्यटकको आकर्षण

बन्दीपुरको भञ्ज्याङ चौतारीबाट सिमलटारसम्म गरिने प्याराग्लाइडिङतर्फ पर्यटकको आकर्षण बढ्न थालेको छ। साहसिक खेलका रुपमा रहेको यस खेलका लागि ब्लुस्काइ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गर्दै आएको छ।

पाँच वर्षदेखि यहाँ प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। उनका अनुसार प्याराग्लाइडिङका लागि फागुन, चैत र वैशाखको मौसम उत्तम मानिने भएकाले पर्यटकको चहलपहल बढ्न थालेको छ।

उक्त स्थानबाट ३०÷४० जनासम्म उड्नसक्ने क्षमता रहेको अध्यक्ष थापाको भनाइ छ। प्याराग्लाइडिङका लागि गाउँपालिकालाई प्रतिव्यक्ति एक हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए। –रासस
अर्को समाचार
लयमा फर्किन संघर्षरत पोखराको प्याराग्लाइडिङ
०८ जेष्ठ २०८२
•
५ मिनेट पाठ
लयमा फर्किन संघर्षरत पोखराको प्याराग्लाइडिङ
पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनुअघि (झन्डै अढाई वर्ष अघि) सम्म पोखराको आकाशमा प्याराग्लाइडिङ उडानका लागि ६१ वटा कम्पनिले सरकारबाट अनुमति लिएका थिए। त्यो बेला पोखरामा मात्र प्याराग्लाइडिङ उडान गर्नका लागि ३ सय ८९ जना पाइलट तयार भएका थिए। दिनहुँ सयौं उडान हूँदा पाइलटले पर्याप्त काम पाएका थिए, व्यवासायीले गोजीमा आम्दानी राख्न पाएका थिए।  




तर, जब विमानस्थल संचालनमा आउने दिन नजिकियो, त्यसपछि सराङकोटको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान विस्थापित भयो। सराङकोटबाट बिस्थापित भएर करिब पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङ एकाएक पोखराबाट ओझेलमा पर्यो। 

यतिसम्म की सराङकोटको आकाशमा उडिरहेका प्याराग्लाइडिङ देख्दा लेकसाइडमा घुमिरहेका र फेवातालमा डुंगा सयर गरिरहेका पर्यटकले प्याराग्लाइडिङमा उडेका पर्यटकले रोमाञ्चक अनुभव बटुलेको देख्थे। त्यसपछि कतिपय त्यही रोमाञ्चकता र साहसिक अनुभव बटुल्न सराङकोटतिर हानिन्थे। त्यसको लाभ पर्यटन व्यावसायीले लिएका थिए।  

तर, जब विमानस्थल संचालनमा आउने दिन नजिकियो, प्याराग्लाइडिङ उडान पनि सराङकोटको आकाशबाट रित्तियो। दिनहुँ सयौं उडानका लागि पुग्ने पाइलट र पर्यटकको आउजाउका कारण सराङकोट क्षेत्र चलायमान बनेको भएपनि प्याराग्लाइडिङ हटेसँगै सराङकोट सुनसान बन्यो। विमानस्थलको असर त्यत्तिमा मात्र सीमित रहेन, सराङकोटबाट हटेर पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा पुगेको प्याराग्लाइडिङको उडान पोखराबाट देखिनै छाड्यो। प्याराग्लाइडिङ उडानको त सुइको समेत पाउन छाड्यो। पोखरा आएका पर्यटकले प्याराग्लाइडिङ देख्नै नपाएपछि उड्ने पाहुना पनि एकाएक कमी भए।  

‘सराङकोटको आकाशमा उडिरहेको प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेको मात्र के थियो, सबैतिरबाट गुमनाम जस्तै बन्यो। न त आकाशबाट पोखरा देखियो, न पोखराबाट प्याराग्लाइडिङ देखियो। पोखरामा प्याराग्लाइडिङ उडान हुन्छ र भन्ने दिन पनि आए,’ प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्व अध्यक्ष कृष्ण भण्डारी भन्छन, ‘एकाएक व्यावसाय सुस्तायो। प्याराग्लाइडिङको उडान मान्द्रेढुंगा सरेको असर प्याराग्लाइडिङ व्यावसायीलाई मात्र परेन, समग्र पर्यटन क्षेत्रमा असर थपियो।’
कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्र जसोतसो ब्यूतिने प्रयासमा संघर्षरत रहँदै गर्दा प्याराग्लाइडिङ पनि गुमनाम भएपछि पर्यटन क्षेत्रमा झनै मार थपिएको भण्डारीले बताए। ‘कोरोना संक्रमणले गर्दा पर्यटन क्षेत्र सुस्ताएको थियो। संक्रमण कमजोर भएसँगै जसोतसो पर्यटन क्षेत्रले गति लिने प्रयास गर्दैगर्दा प्याराग्लाइडिङ गुमनाम हुनुपर्दा अझै घाटा भयो,’ उनले भने।  

पोखरामा प्याराग्लाइडिङलाई जन्माएको ठाउँ सराङकोटबाट मान्द्रेढुंगा सरेको असर ब्यावसायमा मात्र सीमित रहेन, लगानी गरेका कम्पनि र पाइलटले समेत काम पाएनन। त्यो बेला ६१ वटा कम्पनि रहेकोमा व्यावसायमा सक्रिय कम्पनिको संख्या पनि खु्म्चिँदै जाँदा बीचमा ३५ वटामा झरेको भण्डारी बताउँछन। त्यसैगरि पाइलटको संख्या पनि घट्दै २ सय ३० मा झरेको थियो। ‘प्याराग्लाइडिङ क्षेत्र यतिसारो ओझेलमा पर्यो की हामी व्यावसाय चलाउने की बन्द गर्ने भन्नेमा पुग्यौ। धेरै व्यावसायीले हातै उठाउने अवस्था आइपरेको थियो,’ उनले भने।

पर्यटन क्षेत्र ओझेलमा परेपछि व्यावसायीले नेपालको हवाई सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) गुहारेर ‘टेकअफ’ क्षेत्रलाई सराङकोट र मान्द्रेढुंगा बीचमा रहेको तोरीपानीबाट उडान गर्न मिल्ने गरि बाटो खुलाइदिन आग्रह गरे। व्यावसायीको आग्रहलाई प्राधिकरणले पनि सुनिदियो, त्यसपछि मान्द्रेढुंगाको टेकअफ स्पटलाई डेढवर्ष अघि तोरीपानी सारिदियो। तोरीपानी सारेपछि व्यावसायीले केही राहत महसुस गरेका थिए।  

‘तोरीपानी सारेपछि त पाइलट पनि काममा फर्किए। उडान गर्ने पर्यटकको संख्या पनि बढ्यो। सुस्ताएका कम्पनि पनि जागे। कम्पनि र पाइलट काममा फर्किए,’ उनले भने, ‘जेनतेन अहिलेसम्म धानेका छौं। कहिले मूल्य घटाएर त कहिले एकद्वार प्रणालि लागु गरेर प्याराग्लाइडिङ टिकाएका छौ। विमानस्थलका कारण व्यावसाय नै नरहने अवस्था देखेपछि व्यावसायी तर्सिएका थिए । पाइलट पनि बिस्थापित भएका थिए।’ तोरीपानीबाट उडान सुरु भएपछि केही कम्पनि ‘कमब्याक’ भए भने पाइलट पनि काममा फर्किएको उनले बताए।  

अहिले यो व्यावसायमा ५४ वटा कम्पनिले उडान संचालन गर्छन भने २ सय ६० जना पाइलटले काम पाईरहेका छन। ‘पाइलट र व्यवासाय टिकाउन ठूलो संघर्ष नै गर्नुपरेको हो। ६१ बाट ३५ मा झरेको कम्पनिको संख्यालाई उकास्दै ५४ मा पुर्याउन सकेका छौ। ३ सय ८९ जना पाइलटबाट २ सय ३० मा झरेको पाइलटको संख्या पनि अहिले बढाएर २ सय ६० मा उकासेका छौ,’ पूर्व अध्यक्ष भण्डारीले भने।
भण्डारीका अनुसार सराङकोटबाट मान्द्रेढुंगा सरेको व्यावसाय तोरीपानी नफर्किउन्जेलसम्म व्यावसायी निकै नै आत्तिएका थिए। ‘अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको आकाशमा प्याराग्लाइडिङ उडान नै सम्भव छैन भन्ने भाष्य बनाईयो,’ उनले भने, ‘त्यसपछि व्यावसायी निकै नै आत्तिए। त्यत्ति मात्र होइन, आम्दानी नहुँदा व्यावसायीको ओठमुख सुकेको थियो। व्यावसाय डुब्ने पक्का जस्तै भएको भन्दै व्यावसायीले हातै उठाएका थिए।’

सराङकोटमा रहँदा दिनमा ५ सय भन्दा बढी पाहुना उड्ने गर्दा पर्याप्त कमाई गर्न पाएका पाइलट मान्द्रेढुंगा सरेसँगै दिनमा मुस्किलले एकसयजना उड्न थालेपछि पाइलटलाई कामै नपुगेको उनले बताए। ‘पाँचसयको हाराहारीमा भईरहेका उडान एकाएक मुस्किलले एकसयजना झरेपछि त सबैतिर सुनसान भयो। गाडीमा इन्धन हाल्ने कमाई समेत हुनछाड्यो। त्यसपछि पाइलट पनि बिस्थापित भए,’ भण्डारी भन्छन, ‘तोरीपानी नसारेको भए त अहिलेसम्म प्याराग्लाइडिङ शुन्यमा झरिसकेको हुन्थ्यो।’  

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी अब तोरीपानीबाट उडान र खपौदीमा अवतरण गर्न मिल्नेगरि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएकोले प्याराग्लाइडिङ व्यावसाय केही ब्यूतिनेमा आशावादी रहेको बताउँछन्। ‘प्याराग्लाइडिङ पोखराको पहिचान हो। साहसिक पर्यटकले रुचाएको प्रडक्ट हो। तर, बीचमा सुस्ताएको थियो। अब अवतरणस्थल फेरिएको छ। यसले राम्रो हुनेमा आशावादी छौ। तोरीपानीबाट पनि सराङकोटमा सार्न सकेको खण्डमा यसले बल्ल पूर्णता पाउनेछ,’ केसीले भने, ‘प्याराग्लाइङिङमा उडान गर्न कुनैबेला पालो कुर्नुपर्ने अवस्था थियो। अहिले त्यो अवस्था रहेन। सराङकोटबाटै टेकअफ गराउन पाउने हो भने यसले पुरानै गति लिनेछ। त्यसमा पनि पहल भईरहेको छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस