होलीको गीतले गुञ्जायमान मिथिला
०६ चैत्र २०८०
•
७ मिनेट पाठ
होलीको गीतले गुञ्जायमान मिथिला
रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ/सहर होलीको गीत (जोगिरा) ले गुञ्जायमान हुन थालेको छ।




नेपालका तराई मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिला क्षेत्रमा साँझ पर्ने बित्तिकै गाउँ-गाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थालेको छ भने चारैतिर जोगिरा (होली गीत) को धुन सुनिन थालेको छ।

उमेरले ६० पुग्न आँटेका जलेश्वर नगरपालिका–८ बजराही गाउँका विपेन्द्र पाण्डे अहिले साँझ पर्नासाथ आफ्ना घरबाट हातमा डम्फू समातेर गाउँको चौबाटोस्थित मिलन चोकमा पुग्ने गर्छन्।

त्यस्तै गाउँको उत्तरबारी टोलबाट हारमुनियम लिँदै स्थानीय ५५ वर्षीय रामदेव महरा पनि सूर्यास्त हुनासाथ सोही चौकमा पुग्छन्। यी दुवै जनाको आगमन भइसकेको खबर पाउनासाथ गाउँको पछियारी टोलबाट ४४ वर्षीय मोहन साह पनि आफ्नो घरबाटै दुवै हातले झ्याली पिट्दै मिलन चौकमा पुग्ने गर्छन्, भने गाउँको पूर्वारी टोलबाट ७० वर्षीय गौरी चौधरी पनि ढोल बजाउँदै सो चोकमा आइपुग्ने गर्छिन्।

विभिन्न वाद्यवादनका साथ मिलन चोकमा आइपुग्ने यी चार जनाबाहेक गाउँकै लोकगायक अरुण पाण्डे, धीरेन्द्र चौधरी, आशनारायण मण्डलसहित अन्य थुप्रै व्यक्ति पनि साँझको दियो बल्ने बित्तिकै मिलन चोकमा जम्मा हुने गर्दछन्।

आपसी भाइचारा, प्रेम सद्भाव, सुख दुःख साटासाट गर्न र पुस्तौंदेखि चल्दै आइरहेको होलीगीत (जोगिरा) को संरक्षण र प्रवर्द्धनका लागि अहिले दैनिकरुपमा जम्मा हुने गरेका छन्।

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा (होलीका गीत) सुनिन थाल्छन्। होलैयाहरु (जोगिरा गाउने) एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा बजराही गाउँको टोल टोलमा आ–आफ्ना घर आँगनमा बसिरहेका जोकोही पनि प्रसन्न एवम् खुसी हुने गर्दछन्।

होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजा लिएर विभिन्न धुन र सङ्गीतको सृजना गर्दै सुरु गरेका जोगिरा राति ११/१२ बजेसम्म निरन्तर रुपमा चलिरहन्छ।

विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा बाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भीड लाग्ने गर्दछ,भने जोगिराका क्रममा हुने नाच र गान समेतमा ठूलो सङ्ख्यामा सहभागी हुने गरेको होलैया (जोगिरा गाउने) अरुण पाण्डेले बताए।

जलेश्वर नगरपालिका–८ बजराही गाउँका जोगिराटोली निकै चर्चित छ। यहाँको जोगिरा टोलीमा हिन्दु र मुस्लिम दुवै समुदायको समावेशिताले यसलाई झन् अद्भुत बनाइदिएको स्थानीय मुसलिम अगुवा सकुर राइनको बुझाइ छ।

हिन्दुको पर्वमा मुस्लिम सहभागी नहुने र मुस्लिमको पर्वलाई हिन्दुले चासो नलिने सामान्य मान्यतालाई सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराही गाउँमा गलत साबित गर्दै स्थानीय दुवै समुदायका युवा तथा बुद्धिजीवी अगुवा अगाडि बढेको नेपाली कांग्रेसका स्थानीय युवा नेता अनिल पाठक बताउँछन्।

वर्षौँदेखि यहाँका मुस्लिम हिन्दुको पर्वमा र हिन्दुहरू मुस्लिमको चाडपर्व एकसाथ मनाउँदै आएको उनको भनाइ छ।

होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएको वडा नं ७ का वडाध्यक्ष रामछविला यादव बताउँछन्। जोगिराको धुनले अहिले रातभरि गाउँलेलाई नसुत्ने बनाएको उनको भनाइ छ।

मिथिला क्षेत्रसहित सम्पूर्ण देशकै लागि खुसी र उमङ्गको पर्व होलीलाई निम्ता दिँदै युवा, वयस्क तथा वृद्धसमेतको छुट्टाछुट्टै टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय बनाएको स्थानीय जीतेन्द्र शर्माले बताए।

स्थानीय शिवचन्द्र कापरका अनुसार यस वडामा अहिले कति बेला साँझ पर्ने र कति बेला होलैया आएर जोगिरा सुरु गर्ने प्रतीक्षामा घरघरमा महिला, पुरुष तथा बालबालिका र वृद्ध वृद्धासमेत बसिरहेका हुन्छन् भने जोगिरा सुरु हुने बित्तिकै प्रत्येक घरघरबाट निस्केर सबै जना होली गीत सुन्नका लागि चोकसम्म पुग्ने गर्दछन्।

देश, विदेशमा बस्दै आएका सम्पूर्ण मिथिलाञ्चलवासीलाई मन पर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका–७ बनौली गाउँमा पनि निकै धूमधामका साथ गाइने तथा सुन्ने गरिएको स्थानीय सञ्चारकर्मी एवं होलैया रहनुभएका स्थानीय सञ्चारकर्मी ४० वर्षीय नवीन प्रियदर्शी बताउँछन्। सो गाउँमा पनि परम्पराकालदेखि जोगिरा गाउने प्रचलन रहेको र जोगिरा गाउनका लागि कुनै पनि उमेर समूहले बाधा नपारेको उनको भनाइ छ।

सो गाउँमा एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्ति बसेर जोगिरा गाउने, हाँस्ने, हँसाउने, कथा, कहानी र जीवनका अनुभव साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठुलालाई आदर–सत्कार र सानालाई स्नेह बाँड्ने काम हुने गरेको उनले भने।

‘जोगिरा सररर, जोगिरा सररर ।’  

‘मिथिलामे राम खेलैया होली, मिथिलामे। मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’

‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली । मिथिलामे’

‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली ।  

हो मिथिलामे, मिथिलामे राम खेलैय  होली, मिथिलामे ।’

‘जोगिरा सररर, जोगिरा सररर ।’  

‘रङ्ग बरसे भिगे चुनरबाली रंग बरसे, हो रङ्गबरसे भिगे चुनरवाली रंगबरसे’

‘सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया।  

सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया।’

सीया झारु नम्बी केश, सीया हो, हो, हो। सीया झारु नम्बी केश,  

सीया हो, हो, हो सीया झारु नम्बी केश। राम लैहे सोनेके ककहिया।’

कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा केही दिनदेखि दिनदेखि रातिको समय होलैयाको भीडले मेलाजस्तै लाग्ने तथा उनीहरुले गाउने होलीगीत (जोगिरा) ले गाउँ नै गुञ्जायमान हुने गरेको स्थानीय सुनिल ठाकुले बताए। जलेश्वर नगरपालिकाको बजराही, अनकार र पिपराको बनौली गाउँजस्तै जोगिराको धुनमा अहिले महोत्तरीको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ पनि रङ्गिएको पूर्व वडाध्यक्ष बलिराम रायले बताए। उनले अहिले बथनाहामा पनि कति बेला साँझ पर्ने भन्दै स्थानीय बासिन्दा प्रतीक्षामा रहने गरेको बताए।

स्थानीय ललिन्द्र दुवे, समीर राय, भोगी कापरसहितका होलैयाले ढोल बजाउन, झ्याली पिट्न, हारमोनियम बजाउन र गीत गाउन सुरु गरेपछि बथनाहा गाउँ पनि रङ्गीन हुने गरेको छ। राति अबेरसम्म चलिरहने गीत–सङ्गीत, हाँसो ठट्टाले दैनिक रूपमै होली चलिरहेको आभास गराउने गरेको स्थानीय युवा नेता चन्दन दुबेले बताए। होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँ गाउँमा जोगिरा गाउन सुरु भएको छ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँटोलमा चैतको फागुन २० गतेदेखि नै प्रत्येक रातिको बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका साथ जोगिरा गाउने चलन चलिरहेको छ।

‘फागुन आयो, होली ल्यायो’

‘मारो भरभर कर पिचकारी’

‘होली आयो, मस्ती छायो’

‘मारो भरभर कर पिचकारी’

‘जोगिरा सररर, जोगिरा सररर ।’

‘कई हातका धोती पहना, कई हात लपेटा’

‘कई घाटका पानी पिया, कई बापका बेटा’

‘जोगिरा सररर, जोगिरा सररर ।’

जस्ता सयौँ गीत, चुट्किला, हाँसो ठट्ठा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको होलीलाई आगमनको प्रतीक्षामा अहिले महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, भारतका मधुबनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा सुरु भइसकेको छ।

जोगिराको धुन र लयले गाउँ गाउँलाई सङ्गीतमय पारेको बेला जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा वृद्धलाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म जाग्राम गराउने तथा जोगिरा गाउन लगाउने गरिएको जलेश्वर नगरपालिका–२ का प्रवीण साहले बताए।

उनले होलैयाले जोगिराले एकापसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफू रातिको बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताए।

मिथिलाञ्चलभरि चलिआएको जोगिरालाई पछिल्लो केही वर्षदेखि भारतको विहार र उत्तर प्रदेश राज्यसँग सीमा जोडिएका मिथिलाञ्चल क्षेत्रमा भोजपुरी भड्किलो गीत, खुल्ला मदिरा व्यापार र चर्को आवाजमा बजाइने बाजाको प्रभावले अशान्त तुल्याउने गरेको मनरासिस्वा नगरपालिका–४ का ७५ वर्षीय अरुण सिंहले बताए।

परापूर्वकालदेखि चलिआएको जोगिरा गायनको संरक्षण गर्नुपर्नेमा उनको जोड छ। होली गीत केवल मनोरञ्जनको साधन वा गीत नभएर हाम्रो परम्परा एवं हाम्रा पुर्खाको धरोहर रहेको र यस परम्परा तथा धरोहरलाई संरक्षण, संवर्द्धनका साथै यसको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व रहेको बत्ताउँछन्, संस्कृतिविद् ध्रुव राय।

मिथिलाञ्चलका गाउँ गाउँमा रहेका मठमन्दिर, चौतारा, पार्टी, पौवा, दोबाटो, चौबाटो अहिले रातिको बेला सङ्गीतमय बनेको बेला मिथिलामा विभिन्न देवीदेवताको आगमन हुने गरेको भन्दै मटिहानी नगरपालिका–८ का राजनीतिकर्मी वशिष्ठ मिश्रले जोगिराको संरक्षण, संवर्द्धन तथा जगेर्नाका लागि स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको बताए।

होलीगीत मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलको पनि मत रहेको छ।

सञ्जीतकुमार मण्डल / रासस
अर्को समाचार
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
४० मिनेट अघि
•
१ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ।




सडक किनारमा रोकेर टायर फेर्दै गरेको बा प्र ०१–०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४५० नम्बरको ट्रकले आज दिउँसो पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक मकवानपुरको हेटौँडाका ३० वर्षीय अमर देउलाको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएका देउलालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको मनहरि गाउँपालिका–५ का ३० वर्षीय खुसिलाल घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घलानविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
यो पनि पढौँ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस