नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि
०२ चैत्र २०८०
•
३ मिनेट पाठ
नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ। परम्परागत रुपमा हुँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो।




पाँच वर्ष अगाडि  तीन सय ३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि आठ सय १८ हेक्टरमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए।

परियोजनाले  बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट–५, देवचुली–६, मध्यविन्दु ८ र १५ वडा गैँडाकोट गाउँपालिकाको १८ नम्बर वडासहित १७ वडामा सुन्तला जात फलफूलका लागि जोन कार्यक्रम सञ्चालन गरेको छ। सुन्तला जातमा प्रतिफल लिन समय लाग्ने भएकाले पाँच वर्षपछि उत्साहजनक प्रतिफल आउने कृषि उनले बताए।

‘किसानलाई परियोजनाले उत्पादन वृद्धि, लागत न्यूनीकरण, मूल्य शृङ्खला अभिवृद्धिका क्षेत्रमा सहयोग गर्दै आएको छ’, उनले भने, ‘जिल्लालाई बिरुवामा आत्मनिर्भर बनाएका छौँ यस वर्ष तीन वटा नर्सरीबाट ९० हजार बिरुवा उत्पादन हुन्छ।’ पहाडी क्षेत्रमा सुन्तला र कागतीको उत्पादन बढ्दा बाँझो जमिन हराभरा हुनुका साथै राजगारीको क्षेत्र बढेको बुलिङटार गाउँपालिकाका किसान खेम गेलाङले बताए।

उनले सुन्तला जातका बिरुवा उत्पादन गर्ने  नर्सरी सञ्चालनमा ल्याएका छन्। ‘राज्यका तर्फबाट किसानलाई दीर्घकालीन बाटो देखाउँदा उत्पादन बढाउन सकिने देखिन्छ’, उनले भने। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नौ सय ९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन्।

त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं. १, २, ३ र ४ कावासोती नगरपालिकाको ४, ९, १०, १२, १५, १६ र १७ वडा र मध्यविन्दु नगरपालिकाको १, २, ३, ६ र ९ सहित १६ वटा वडामा तरकारी जोन कार्यक्रम लागू भएको छ। आब २०७५÷०७६ मा सुन्तला जात र २०७६÷०७७ मा तरकारी जोन कार्यक्रम सुरु भएको हो।

‘पाँच सय १२ हेक्टरमा भएको तरकारी खेती परियोजना सुरु भएपछि सात सय ८० हेक्टरमा विस्तार भएको छ’, उनले भने, ‘सुन्तला जातमा भन्दा तरकारी जोनमा किसानले प्रतिफल लिन थालेका छन्।’ वार्षिकरुपमा छ समूहले रु एक करोडभन्दा माथि तरकारीको कारोबार गरेका छन्।

आठ समूहले रु ५० लाखमाथि, आठ वटा समूहले रु २० लाखमाथि, आठ वटा समूहले रु १० लाखमाथिको कारोबार गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए।

साथै परियोजनाले १६ कृषक समूहका सदस्यतर्फ १६ जना, पाँच वटा निजी फार्म र एक वटा समूहलाई उत्कृष्ट किसान घोषणा गरी पुरस्कृत गरिएको प्रमुख सिंहले जानकारी दिए। पुरस्कृत हुनेमा निजी फार्मतर्फ आरजु कृषि फार्म कावासोती–१७, रुद्रपुर कृषि तथा पशुपालन प्रालि, बौदीकाली–५, टीकारत्न टुल्की कृषि फार्म गैँडाकोट–१८, प्रेक्षा एग्रो फार्म बुलिङटार–३ र भुसाल कृषि फार्म बुलिङटार–४ रहेका छन्।

समूह सदस्यतर्फ युकबहादुर सारु, प्रेमप्रकाश पोख्रेल, धमलाल सिंजाली, नरविर मश्राङ्गी, भुवनसिंह सोमै मगर, चन्द्रबहादुर बाचेमगर, नरसिंह सुनारी, पीताम्बर सारु, धनबहादुर थापा, दलबहादुर रानामगर, दानबहादुर गाहा, ओमबहादुर अस्लामी मगर, गुञ्जबहादुर चितौरे, मिलन सारुमगर, देवबहादुर राना र ओमबहादुर झेंडी छन्।

उनीहरुलाई जनही रु तीन हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो। समूहतर्फ मध्यविन्दु कागती फलफूल तरकारी उत्पादन कृषक समूह रानीटार पुरस्कृत भएको थियो। रासस
अर्को समाचार
असिनाबाट सुन्तलाका बोट जोगाउन जाली
०४ वैशाख २०८२
•
५ मिनेट पाठ
असिनाबाट सुन्तलाका बोट जोगाउन जाली
असिनाबाट जोगाउनका लागि पोखरा–२१ मा सुन्तलाका बोटमा लगाइएको जाली। तस्बिरः नागरिक
असिनाबाट सुन्तलाका बोट र भर्खर लागेका दाना कसरी जोगाउने? सुन्तला खेती गर्ने किसानलाई वर्षेनी यस्तै चिन्ताको विषय हुन्छ। यो सिजनमा पोखरा क्षेत्रमा असिनापानी पर्ने र असिनाको चोटले भर्खर लागेका सुन्तलाका दानामा क्षति पुग्ने हुँदा किसानले वर्षेनीजसो यो समस्या झेल्दै आएका थिए।  




तर, सुन्तलाका बोट जोगाउन योपटक नयाँ जुक्ति निकालिएको छ। त्यो हो, सुन्तलाका बोटलाई नै ढाक्नेगरि जाली प्रयोग गर्ने। सुन्तलाका बोटलाई जालीले ढाकेर असिनाबाट जोगाउने उपाय थालिएको छ। मान्छेले वर्षाबाट जोगिन छाता ओढेजस्तै सुन्तलाका रुखलाई जालीको छाता ओडाएर असिनापानीको मारबाट जोगाउने प्रयास गरेको किसानले बताएका छन्। कास्कीमा यो पहिलो अभ्यास हो। यसले सुन्तलाका बोट, पात, डाठ, फलमा पुग्ने असिनाको क्षति कम हुने आँकलन गरिएको छ।  

पोखरा महानगरपालिका–२१ र २२ का किसानको सुन्तला बगैंचामा यो अभ्यास थालिएको छ। पोखरा–२१ का किसान प्रकाश पौडेलका बगैंचामा करिब ५ सय बोट छन्। ती सबै बोटमा फल्न लाग्ने गरेको छ। असिनापानी र रोगब्याधीबाट जोगाउन सके पौडेलले वर्षमा करिब १० लाख रुपैयाँ सुन्तला बेचेरै कमाउने गरेका छन। तर, हरेकवर्ष जसो असिनापानीले क्षति पु¥याएपछि पौडेल चिन्तामा थिए। यो वर्ष करिब ४० बोटलाई जालीले ढाकेपछि ती रुखको दाना असिनापानीबाट जोगिन सक्ने उनको विश्वास छ।  

‘असिनापानीले हैरान पारेको थियो। सुन्तलाका बोटमा दाना लाग्न नपाउँदै असिनापानी परेर क्षति हुने गरेको थियो। यो पटक केही रुखलाई भने जोगाउन सकिनेमा आशावादी छु,’ पौडेलले भने, ‘४० वटाजति रुखलाई जालीले ढाकेको छु। ती रुखको दाना जोगाउन सकियो भने अर्काेवर्ष बाँकी रुखमा पनि यो अभ्यास गर्ने योजना छ।’
फागुनको मध्यतिर फूल खेल्ने र त्यसपछि लागेका दाना चैतको अन्तिमतिरको असिनापानीले नोक्सान हुने गरेको उनले बताए। ‘असिनाबाट सुन्तलाका बोट जोगाउनै हम्मेहम्मे भयो। वर्षेनी असिनाको क्षति भोग्नुपरेको छ। भर्खर लागेको दानामा असिनाको चोट परेपछि फस्टाउँदै पाउँदैनन। दाना मात्र नभई असिनाको चोट खेपेको बोटले पनि राम्रो फल दिन सक्दैन,’ पौडेलले भने, ‘सुन्तलाका दाना जोगाउने चूनौती भएको बेला यो अभ्यास थालिएको छ। यो वर्ष असिनाबाट सुन्तलाका बोट र दाना जोगिए भने आगामि वर्ष अरु बोट पनि यसरी नै जोगाउनुपर्छ।’  

उनका अनुसार फागुन मध्यदेखि सुन्तला फूल्न थाल्छ। चैतपछि पोखरा क्षेत्रमा असिना पर्न सुरु हुन्छ। ‘जेठ १५ पछि मात्र जाली निकाल्नुपर्छ भन्ने सुझाव पाएका छौ। त्यसपछि भने असिना नपर्ने भएकोले जोगिने सम्भावना रहन्छ,’ उनले भने, ‘जेठसम्म दानार्ला रुखमै जोगाउन सकियो भने आम्दानी हुन्सक्छ।’ उनका अनुसार सुन्तलाका बोट भन्दा केही अग्लो बासको पोल गाडेर जाली अड्याइएको छ। त्यसपछि जालीले रुखलाई माथिबाट ढाक्ने हो।  

पोखरा महानगरले यो पटक सुन्तलामा असिनाले क्षति नगरोस भनेर जालीले ढाक्ने गरि अनुदान दिन थालेको छ। महानगरको कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार महानगरले यो पटक ७० प्रतिशत अनुदान दिएर सुन्तलाका बोटमा जाली लगाउन थालिएको हो। पहिलो चरणमा यो अभ्यास थालनी गर्दा महानगरले यो आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ। किसानले जाली लगाएबापत ३० प्रतिशत लागत बेहोर्नुपर्छ। एउटा बोटमा जालीले ढाक्दा करिब १ हजार रुपैयाँ खर्च लाग्ने उनले सुनाए।  

‘जसोतसो सुन्तलाका विरुवा हुर्कायो, फलको आसमा मलजल पनि गर्यो, अनि फल पनि लाग्छ, तर, एकाएक असिना पर्छ, त्यसपछि लागेको दाना भूँइमा बजारिन्छ,’ कडरियाले भने, ‘प्राकृतिक विपत् परेकोले किसानले असिनापानी रोक्न सक्ने अवस्था रहेन। पर्याप्त कमाईको आशमा रहेका किसानको सपना एकैपटकको असिनाको चुटाँइसँगै तुहिन्छ।’
कडरियाका अनुसार पोखरा–२१ र २२ मा यो अभ्यास थालिएको हो। ‘फलफूलमा यो पटक पहिलो अभ्यास हो। तरकारीमा भने यस्तै अभ्यास पहिलो देखि नै गरिएको थियो। ‘तरकारी खेतीमा भने टनेल माथि पनि कतिपयले जाली हाल्छन। जालीले टनेलको आयु लम्बिन्छ। तर, कतिपयले भने टनेल बिना जाली नै मात्र पनि प्रयोग गर्छन,’ उनले भने, ‘तर सुन्तलामा भने पहिलो अभ्यास हो।’ उनका अनुसार रुख भन्दा अग्लो बास गाडेर जाली अड्याउने र चारैतिर तन्काएर डोरीले बाँधेपछि रुखले जालीको छाता ओड्छ, त्यसो हुँदा असिनाको चोट बोट र दानाले खेप्नुपर्दैन।  

उनका अनुसार एउटै जाली ५० मिटर लामो हुन्छ । त्यो जालीले ७–८ वटा रुखलाई ढाक्न सक्छ। ‘खासमा महानगरले कृषि क्षेत्रमा ५० प्रतिशत अनुदान दिने गरेको थियो। तर, योपटक सुन्तलाको जालीका लागि भने ७० प्रतिशत महानगरले अनुदान दिएको छ। महानगरले सुन्तला खेतीलाई प्रोत्साहन गर्न खोजेको हो,’ उनले भने।  

उनका अनुसार अहिलेसम्म महानगरले सुन्तलाका बोट जोगाउनका लागि मात्र किसानका लागि अनुदान दिएको थियो। त्यो अनुदानबाट सुन्तलाका बोटमा मल हाल्ने, बोडो पेष्ट लगाउने, काँटछाँट गर्ने कार्यक्रम गरिएको थियो। त्यसले गर्दा बोट व्यवस्थापन त भएको थियो। तर, प्राकृतिक प्रकोपबाट भने जोगाउन सकिएको थिएन। 

‘मलजल, काँटछाँट गरेपछि बोटले फल पनि पर्याप्त दिए। बोट विरुवा राम्रोसँग हुर्कियो। तर असिनाको क्षति धान्न सकिएन। यो पटक असिनाबाट जोगाउने चूनौती भएपछि यो विधि अपनाइएको हो,’ कडरियाले भने, ‘प्राकृतिक प्रकोपटबाट जोगाउन सक्ने हो भने किसानले राम्रो लाभ पाउँछन्।’  
महानगरपालिकाका अनुसार पोखरा महानगरका विभिन्न वडामा करिब ३० हजार सुन्तलाका बोट छन। ती सबै बोटले फल दिन्छन। महानगरले २२ हजार बोटका लागि अनुदान दिँदै आएको थियो। अहिलेको करिब १ हजार बोटमा जाली लगाइएको छ। ‘जालीको प्रयोग टिकाउ पनि हुन्छ। एकपटक जाली किनेपछि त्यो ५ वर्षसम्म प्रयोग गर्न मिल्छ। जेठको मध्यतिर बोटबाट निकालेर सुरक्षित राखिएको जाली अर्काे वर्ष फेरि प्रयोग गर्न सकिन्छ।

बोटलाई असिनाबाट जोगाउन, पात, डाठ र फललाई समेत बचाउन यो तरिका प्रभावकारी हुन सक्ने उनले बताए। असिनाबाट जोगाउन सकियो भने बोटको आयु पनि बढ्ने र त्यसले दीर्घकालिन लाभ दिने उनले बताए। पोखरामा मात्र वर्षमा करिब १० करोड रुपैयाँको सुन्तला फलेको महानगरको अनुमान छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस