रुस–युक्रेन युद्धमा मारिएका विकको कुशको शव बनाएर अन्त्येष्टि
१० फागुन २०८०
•
१ मिनेट पाठ
रुस–युक्रेन युद्धमा मारिएका विकको कुशको शव बनाएर अन्त्येष्टि
फाइल तस्बिर
रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ। युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए।




गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उनको भनाइ छ। पर्यटक भिसामा गत असोज ११ गते रुस पुग्नुभएका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताए। 'रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ', उनले भने, 'थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ।'

मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिए।ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहेकाविकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताए।

'रुसी सेनामा भर्ना भएको तस्वीर उहाले नै सार्वजनिक गर्नुभएको थियो, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ', वडाध्यक्ष घर्तीले भने, 'उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ।

विक यसअघि गाउँमै गाडी चालक रहेको उनका साढुभाइ सनबहादुरले बताए। वैदेशिक रोजगारीका लागि केही वर्षअघि विक साउदी र कतारमा पनि पुगेका थिए। विकका श्रीमती, दुई छोरी र एक छोरा छन्। रासस
अर्को समाचार
रुसी सेनामा मारिएका नेपाली: क्षतिपूर्ति दिने, तर शव नदिने संकेत
०८ माघ २०८०
•
४ मिनेट पाठ
रुसी सेनामा मारिएका नेपाली: क्षतिपूर्ति दिने, तर शव नदिने संकेत
आफ्नो सेनामा भर्ती भई मारिएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्ति दिन रुस सकारात्मक देखिएको छ।




मस्कोस्थित नेपाली दूतावासले समन्वय गर्दा रुस सरकारका प्रतिनिधिहरू आफ्नो कानुनअनुसार सबै मृतकका परिवारलाई क्षतिपूर्ति दिन सकारात्मक देखिएका हुन्।

परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले रुस सरकारका तर्फबाट क्षतिपूर्तिको प्रतिबद्धता आएको जनाएको हो। उक्त विभागले विदेशमा रहेका नेपालीका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्छ।

‘रुस–युक्रेन युद्धमा नेपाली नागरिक मारिन लागेको सुनिएदेखि नै यताबाट विभाग र उता मस्कोस्थित दूतावासबाट राहत, उद्धार र क्षतिपूर्तिका लागि पहल भइरहेको छ,’ कन्सुलर सेवा विभागका एक अधिकारीले भने, ‘पछिल्लो पटकको कुराकानीमा रुसले आफ्नो नियमकानुनअनुसारको क्षतिपूर्ति दिन्छौं भनेर प्रतिबद्धता जनाएको छ।’

त्यसो त रुस सरकारले भर्ना गर्दा नै आफ्नो सेनामा भर्ना भएर ज्यान गुमाएका विदेशी नागरिकलाई क्षतिपूर्ति दिने कानुन बनाएको थियो। ‘हाम्रा नागरिक अवैध बाटोबाट गएकाले त्यसबाट आश्वस्त हुने अवस्था थिएन। अहिले अब नेपाल सरकारकै प्रतिनिधिसँग सहमति जनाएपछि क्षतिपूर्ति पाइनेमा आशा जागेको छ,’ स्रोतले भन्यो।

रुस सरकारले मृतक सैनिक परिवारलाई ५ मिलियन रुबल (५० लाख) दिने कानुन बनाएको छ। एक रुबलको नेपाली रूपैयाँसँगको पछिल्लो विनियम दर एक रूपैयाँ ५० पैसा हुन्छ। जसअनुुसार नेपाली परिवारले कम्तीमा ७५ लाख नेपाली रूपैयाँका दरले क्षतिपूर्ति पाउने सम्भावना छ। ‘यसबाहेक केही बिमा भए त्योभन्दा बढी पनि मृतकका परिवारले पाउन सक्छन्,’ विभाग स्रोतले भन्यो।

रुस सरकारले क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि भुक्तानी प्रक्रिया र भुक्तानी हुने रकम नेपाल ल्याउने प्रक्रियामा भने अन्योल रहेको कन्सुलर सेवा विभागले जनाएको छ। ‘विदेशमा मर्ने-मारिने नेपाली नागरिकको हकमा क्षतिपूर्तिदाताले आफ्नो देशमा भएको नेपाली दूतावासलाई दिने र दूतावासले कन्सुलर सेवा विभागमा पठाएर यहाँबाट जिल्ला प्रशासन कार्यालयमार्फत पीडित परिवारलाई दिने अभ्यास छ,’ विभाग स्रोतले भन्यो, ‘रुसको हकमा पनि यही भुक्तानी प्रक्रियामा हाम्रो प्रस्ताव छ।’

तर यही प्रक्रियाबाट रुस सरकारले मस्कोस्थित नेपाली दूतावासलाई भुक्तानी दिइहाल्दा पनि त्यहाँबाट नेपाल ल्याउने प्रक्रियामा भने थोरै समस्या रहेको ती अधिकारी बताउँछन्। ‘दूतावासले रकम पठाउँदा बैंकिङ प्रणालीबाटै पठाउने हो। बैंकिङ प्रणाली अपनाउँदा रुबल सटही प्रक्रिया अलि झन्झटिलो हुन्छ कि भन्ने खतरा छ,’ उनले भने। रुस सरकारले हालसम्म युक्रेनसँगको युद्धमा आफ्नो सेनामा रहेका १० नेपाली नागरिक मारिएको आधिकारिक जानकारी दिएको छ।

त्यसबाहेक पनि थप केही मारिएको सूचना मृतकका आफन्तले दिइरहेका छन्। रुसी उपविदेशमन्त्री सर्गेई वार्सिनिनले परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा पनि मृतकका परिवारलाई क्षतिपूर्तिको आश्वासन दिएका थिए।

गत शुक्रबार युगान्डामा सम्पन्न असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनको मौकामा जुरेको भेटमा परराष्ट्रमन्त्री साउदले वार्सिनिनसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा वार्सिनिनले आफूसँग कानुनअनुसारको क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री साउदले बताए।

क्षतिपूर्ति दिन सकारात्मक रहे पनि रुस सरकारले मृतकका शव दिन नसकिने संकेत गरेको नेपाली कूटनीतिक अधिकारीहरू बताउँछन्। ‘हामीले लगातार मृतकका शवसहित क्षतिपूर्तिकै विषयमा छलफल गरिरहेको छौं।

तर रुस सरकारले शवका विषयमा खासै खुलेर कुरा नगरेको पाइएको छ,’ कन्सुलर सेवा विभागका ती अधिकारी भन्छन्, ‘उनीहरूले मृतकलाई राजकीय सम्मानसहित त्यहीँ अन्त्येष्टि गर्ने गरेका रहेछन्। त्यही प्रक्रियालाई निरन्तरता दिने उनीहरूको कुरा रहेको बुझिएको छ।’

नेपाल सरकारले भने शवसहित क्षतिपूर्ति दिन रुस सरकारलाई आग्रह गरिरहेको छ। शुक्रबारको भेटमा पनि परराष्ट्रमन्त्री साउदले उपविदेशमन्त्री वार्सिनिनसँग भेटेरै आफ्ना नागरिक सेनामा भर्ती नलिन, भर्ती भइसकेकालाई फिर्ता गर्न र मृतकका परिवारलाई शवसहित क्षतिपूर्ति दिन माग गरेका थिए। सो भेटमा परराष्ट्रमन्त्री साउदले भारत र बेलायतबाहेक अन्य सेनामा नेपाली नागरिक नपठाउने नेपालको नीति रहेको प्रस्ट्याएका थिए।  

रुसी सेनामा हालसम्म करिब ८०० देखि १ हजार नेपाली नागरिक भर्ती भइसकेको परराष्ट्र मन्त्रालय र मातहतका निकायको अनुमान छ। तर त्योभन्दा धेरै व्यक्ति पनि हुन सक्ने जानकारहरू बताउँछन्।

रुस भ्रमणको तयारीमा परराष्ट्रमन्त्री

रुसी सेनामा ठुलो संख्यामा नेपाली नागरिक भर्ती भइरहेको र हताहती भइरहेको खबर आइरहेका बेला परराष्ट्रमन्त्री साउद समस्या समाधानका लागि आफैं रुस जाने तयारीमा जुटेका छन्। मन्त्रालय स्रोतका अनुसार मन्त्री साउद १५ दिनदेखि महिना दिनभित्र रुस जाने तयारीमा छन्।

‘अहिले उहाँले समस्याको सांगोपांगो अध्ययन गरेर आफूलाई जानकारी दिन मन्त्रालयका जिम्मेवार कर्मचारीलाई निर्देशन दिनुभएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसमा रुसी सेनामा कति नेपाली छन् ? कहाँकहाँबाट गए ? कसरी गए ? सबै विस्तृतमा दिन भन्नुभएको छ। सबै यथेष्ट जानकारी आएपछि आफैं जाने उहाँको योजना हो।’

दुई सातादेखि नै मन्त्री साउदले रुस जाने तयारी थालेको उनको निजी सचिवालयले जनाएको छ। ‘यो नेपाल र नेपालीका लागि निकै ठुलो समस्या देखिएको उहाँको बुझाइ छ।

रुस नेपालको असल परम्परागत मित्र भएकाले यो समस्या समाधान हुने पनि उहाँको विश्वास छ। यसैले आफैं रुस पुगेर पहल गर्ने उहाँको योजना छ,’ सचिवालयका एक सदस्यले भने।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस