मोरङको उर्लाबारीमा भेटिएको हिमचितुवाबारे उज्बेकिस्तानमा हुने अन्तर्राष्ट्रिय सेमिनारमा समेत कुरा उठाइने भएको छ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका प्रतिनिधि डा घनश्याम गुरुङले हिमचितुवा पाइने विश्वका १२ मुलुकहरूको अन्तर्राष्ट्रिय सेमिनारमा यो विषय उठाउने भएका हुन्।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलवार आयोजित अभिनन्दन तथा अन्तरसम्वाद कार्यक्रममा गुरुङले भने, ‘हिमालमा पाइने हिमचितुवा तराई क्षेत्रमा कसरी भेटियो भन्ने कुरा विश्व आश्चार्य र अनुसन्धानको विषय भएकोले अन्तर्राष्ट्रिय सेमिनारमा यसले स्थान पाउँछ।’ उनले चाँडै उज्बेकिस्तानमा हिमचितुवा पाइने नेपाल सहित १२ देशका अधिकारीहरूको अन्तर्राष्ट्रिय सेमिनार हुन लागेको बताए।
उच्च हिमाली भेगको तीन हजारदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म हिमचितुवा देखिने गरिएको छ। हिमाली क्षेत्रको १२ संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा करिब १२ हजार आठ सय १५ वर्ग किलोमिटर क्षेत्रमा हिमचितुवाको सम्भावित बासस्थान रहेको छ। उच्च हिमाली क्षेत्रमा देखिने हिमचितुवा समुद्री सतहदेखि एक सय ४६ मिटरको उचाइमा रहेको स्थानमा देखिनु अस्वाभाविक र अध्ययन–अनुसन्धानको विषय भएको उनको भनाइ छ।
यही माघ ९ गते मोरङ उर्लाबारी नगरपालिका वडा नं १ चारघरेमा वयस्क भाले हिमचितुवा भेटिएको थियो।