कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा
०७ माघ २०८०
•
३ मिनेट पाठ
कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा
गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ।




भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ। पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको भाग्यरेखा मानिएको हो।

पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रव झाले बताए। 'छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ”, उनले भने, 'योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएको छ।'

रु सात अर्ब ५५ करोड लागत अनुुमान गरिएको योजनाका लागि आव २०७९÷८० सम्म रु छ अर्बभन्दा बढी खर्च भएको छ। पर्वतको मालढुङ्गा–बेनी, म्याग्दीको राहुघाट–दाना, मुस्ताङको खन्ती–जोमसोम, जोमसोम–कागबेनी खण्डमा कालोपत्र र चराङ–छोसेर खण्डमा ग्राभेल गर्ने ठेक्काको काममा ढिलासुस्ती भएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए।  

'सङ्घीय सरकारका विभागीय मन्त्री, प्रधानमन्त्री, आयोजनासँग समन्वय गरेर निर्माण व्यवसायीलाई तीन–चार वर्षपछि काममा फर्काइएको छ”, उनले भने, “नदीजन्य निर्माण सामग्रीको व्यवस्थापन र निर्माणस्थलमा देखिएका समस्या समाधानका लागि स्थलगत अध्ययन गरेर पहल थालेका छौँ।'  

सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतको टोलीले शनिबार सडकको म्याग्दी खण्डको अनुगमन गरेको छ।  

नदीजन्य निर्माण सामग्रीको अभाव र प्रतिकुल भूगोल चुुनौती बनेको छ। सर्वोच्च अदालतको वि.सं. २०७८ असार २९ गतेको आदेशका कारण कालीगण्डकी करिडोरअन्तर्गत गण्डकी प्रदेशमा सञ्चालित पूूर्वाधार आयोजनामा नदीजन्य निर्माण सामग्रीको अभाव भएको छ। सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा निकासीमा रोक लगाएपछि विकास आयोजना निर्माण प्रभावित भएको हो।

मन्त्री ज्वालाले स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या समाधानका लागि जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको र मन्त्रालय तहबाट गर्नुपर्ने पहलका विषयमा तत्कालै सहजीकरण गरिने र सडक निर्माणले गति लिने वातावरण बनाउने बताए। टोलीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र सिरुवारीस्थित पहिरोग्रस्त क्षेत्रको पनि अनुगमन गरेको थियो । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिबाट वडा नं ६ पोखरेबगर र भुरुङ तातोपानी क्षेत्रमा तीन किलोमिटर सडक कालोपत्र गर्न थालिएको छ।  

रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न वि.सं. २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो। मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माणकार्य विसं २०७७ हिउँददेखि सुस्ताएको थियो । शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दूरीमा सबबेस र बेस राख्ने काम सकिएको बताए। रघुगङ्गा गाउँपालिकाको राहुपारेबाट बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो।

योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गाबाट काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सुरु भएको छ। वि.सं.२०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाबाट वडा नं. ३ को काभ्रे खण्डमा सडक निर्माणको काम गत महिनादेखि सुरु भएको हो। रासस
अर्को समाचार
गण्डकीको बजेटमा पर्यटनः पाँचवर्षमा विदेशी पर्यटक आगमन दोब्बर बनाउने
०१ असार २०८३
•
४ मिनेट पाठ
गण्डकीको बजेटमा पर्यटनः पाँचवर्षमा विदेशी पर्यटक आगमन दोब्बर बनाउने
आगामि पाँचवर्षमा गण्डकी प्रदेशमा विदेशी पाहुना आगमन दोब्बर पुर्याउने लक्ष्य सहित गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ। पाहुना आगमन बढाउने लक्ष्य सहित प्रवर्द्धन र पूर्वाधार निर्माणमा जोड दिएको प्रदेश सरकारले बताएको छ।  




प्रदेशको आगामि आर्थिक वर्ष (२०८३/८४)को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले गण्डकी प्रदेशमा विदेशी पर्यटकको आगमन दोब्बर बनाउनका लागि हवाई पहुँच बिस्तारमा जोड, विभिन्न धार्मिक पर्यटकीय पदमार्गको बिस्तार, सिमापार पर्यटन प्रवर्द्धनमा जोड दिने बताएका छन्। उद्योग र पर्यटनका लागि प्रदेश सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन पनि गरेको छ।  

अहिले प्रदेशमा कति संख्यामा विदेशी पाहुना आउँछन् भन्ने यकिन तथ्यांक कतै छैन। तर, पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयका अनुसार कम्तिमा पनि ८ लाख विदेशी पाहुना भित्रिएको अनुमान छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र सन् २०२५ मा ५ लाख १४ हजार विदेशी पाहुना भित्रिएको र ती बाहेक पोखरा सहर घुमेर मात्र फर्किने विदेशीको संख्या पनि पर्याप्त हुने हुँदा वर्षमा कम्तिमा ८ लाख विदेशी पाहुना भित्रिएको अनुमान गर्न सकिने पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने बताउँछन्।  

उनका अनुसार भारतीय पाहुनाको आगमन यो वर्ष अत्यधिक हुँदा पोखरामा विदेशी पाहुनाको आगमन यो वर्ष १० लाख हाराहारीमा पुग्न सक्ने अनुमान छ। तर, आधिकारिक तथ्यांक भने कतै छैन। लामिछानेको अनुमानमा गण्डकी प्रदेशमा विदेशीमात्र ८ लाख हाराहारीमा आउँछन्। यो पटक भारतीयको आगमन अत्यधिक भएको छ। आन्तरिक बाहेकका सबै पर्यटक विदेशी हुन। पछिल्लो समय भारतीयको आकार ह्वात्तै बढेको छ।  

‘आएजतिका सबै पाहुना अन्नपूर्ण क्षेत्र जाँदैनन र सबै पोखरामा मात्र पनि घुम्दैनन,’ उनले भने, ‘अहिलेको आगमनको भीडभाड देख्दा यो वर्ष पोखराले मात्र १० लाख हाराहारीमा विदेशी पाहुना पाएको अनुमान गर्न सकिन्छ।’ १० लाख पाहुना भित्रिएको अनुमानको आधारमा प्रदेश सरकारले आगमन दोब्बर बनाउने भनेर बजेटमा समेटेको उनले बताए। 

‘अहिलेको भीडभाड, आउजाउमा सहजता जस्ता कुराले पाहुना आगमन पाँचवर्षमा २० लाख हाराहारीमा पु¥याउनुपर्ने हुन्छ,’ उनले भने, ‘अलिकति व्यवस्थापन गर्ने हो भने पोखराले अबको पाँचवर्षमा अहिलेको आगमन दोब्बर पुर्याउनु खासै समस्या होईन। तर, अब भने व्यवस्थापनमा जोड दिनुपर्ने बेला भएको छ। २० लाख पर्यटक भित्र्याउन कुनै कठिन पनि छैन।’
पोखरामा पछिल्लो समय अधिक संख्यामा भारतीय पाहुना भित्रिएको अवस्थामा संख्या बढाउनु भन्दा पनि व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको उनले बताए। ‘पछिल्लो समयको भीडभाड देखेर त व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको देखिन्छ। भारतीयको आगमन संख्या बढेसँगै त्यसलाई व्यवस्थापन गर्न सक्षम पनि हुनुपर्छ। क्षमता भन्दा बढि पर्यटक आए भने त्यसलाई व्यवस्थापन गर्नुपर्छ,’ लामिछानेले भने, ‘संख्या बढाउनका लागि प्रवर्द्धन पनि चाहिन्छ। त्यसबाहेकका व्यवस्थापन गर्नका लागि पर्यटकलाई नयाँनयाँ गन्तव्यमा पनि घुम्न पठाउनुपर्छ।’  

पर्यटक आगमन बढाउने योजना बाहेक गण्डकी प्रदेश सरकारले बजेटमा पूर्वाधार निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। पर्यटनमैत्री विकास निर्माण गर्ने योजना सरकारको रहेको आर्थिक मामिला मन्त्री शेरचनले बताए। ‘पहिला घरदेश अनि परदेश’ लाई पनि प्रदेश सरकारले यो पटक बजेटमा निरन्तरता दिएको छ। त्यस्तै ‘लेक टु लेक’ कार्यक्रम पनि सरकारकै प्राथमिकतामा छन।  

पहिला घरदेश अनि परदेश तथा लेक टु लेक कार्यक्रममार्फत प्रदेशमा आन्तरिक र बाह्यक पर्यटनमा प्रवर्द्धन हुने मन्त्री शेरचनको विश्वास छ। स्थानीय कला संस्कृति, परम्परा र उत्पादनलाई पनि पर्यटनसँग जोड्ने सक्ने हो भने त्यसबाट लाभ लिन सकिने उनले बताए।

त्यसबाहेक निजी क्षेत्र, पर्यटन बोर्ड र गण्डकी सरकार मिलेर पर्यटन प्रवर्द्धन गर्ने योजनालाई पनि प्रदेश सरकारमा समावेश गरेको छ। ‘गण्डकी जाउँ प्रकृति र संस्कृतिसँग रमाउँ,’ अभियानलाई सुदृढ बनाउँदै पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन), स्वास्थ्य र खेलकुद तथा साहसिक पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गर्ने योजना पनि सरकारको रहेको छ।  

त्यसैगरि प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण र स्तरोन्नती र पर्यटन मैत्री विकासलाई बजेटमा समेटिएको छ। दामोदर कुण्ड–मुक्तिनाथ–गलेश्वर–पञ्चकोट–रिडी–रामदी–केलादिघाट–देवघाट–त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ विकासलाई पनि बजेटले समेटेको छ। ती परिपथसँग जोडिएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गर्नेदेखि मोदीबेनीधाम देखि पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइने पनि बजेटमा उल्लेख छ।  

बजेटमा मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन चक्रिय पदमार्ग स्तरोन्नती गर्ने तथा ती क्षेत्रमा वैकल्पिक पदमार्ग पहिचान गर्नका लागि पनि बजेटमा प्राथमिकता दिइएको छ। ढोरपाटनको बुकी संरक्षण गर्ने तथा त्यहाँ जलाशय निर्माण गरेर आन्तरिक पर्यटकलाई घुम्न पठाउने योजनालाई पनि सरकारले बजेटमा समेटेको छ।  

सरकारले अघिल्लो वर्षजस्तै यो पटक पनि ‘राउन्ड फेवा र भ्यू फेवा’लाई बजेटमा प्राथमिकता दिएको छ। फेवा होराइजन, सेल्फी ब्रिज, रुपातालमा शिशाको पुल बनाउका लागि पनि बजेट दिएको छ। त्यस्तै पोखरा महानगरको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यकरणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजेटमा प्रदेशसरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्य बनाउने उल्लेख गरेको छ। स्थानीय संस्कृति, होमस्टे, फार्मस्टे र रैथाने उत्पादनको ब्राण्डिङ गर्ने पनि सरकारी तयारी छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस