बाँकेको बाल सुधार गृहमा झडप, ६ जना घाइते
१५ पौष २०८०
•
२ मिनेट पाठ
बाँकेको बाल सुधार गृहमा झडप, ६ जना घाइते
बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन्। भक्तपुर र वीरगन्जबाट आएको समूह र जयेन्तु बाल सुधार गृहको टोलीबिच झडप हुँदा ६ जना घाइते भएका हुन्।




शुक्रबारदेखि यहाँ तनाव सिर्जना भएको हो। जयेन्तु बाल सुधार गृहबाट आएको समूहमा केही भक्तपुर र वीरगन्जबाट आएकाहरु पनि छन्।

शुक्रबार साँझ झडप भए पनि शनिबार र आइतबार झडप भएको छैन। तर अहिले पनि अवस्था भने तनावग्रस्त नै छ। यहाँ सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन खोजिरहेका छन्। बाल सुधार गृहमा रहेका दुई समूहले भने तोडफोडमा उत्रिएका छन्।

आइतबार दिउँसो एक समूहसँग झडप नगर्ने सहमति भए पनि अर्को समूहले उक्त सहमति कार्यान्वयन नगरी तनावको स्थिति सिर्जना भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जनाए।

‘अवस्था नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने, ‘हामी (सुरक्षा निकाय), मानव अधिकारकर्मीलगायतले अवस्था सामान्य बनाउन खोजेको छौं तर, सकिएको छैन।’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सोमबार उक्त बाल सुधार गृहको विधिवतरुपमा उद्घाटन गर्ने कार्यक्रमसमेत थियो। अब उक्त कार्यक्रम प्रभावित हुने देखिएको छ।

‘उद्घाटन गर्न आउनु भएका मन्त्रीसँग लिखित माग राख्ने र समय भएसम्म पाँच/सात मिनेट मौखिक छलफल गर्ने भनेर एक समूहसँग सहमति भएको थियो,’ सहायक प्रमुख जिल्ला अधिकारी माझीले भने। साथै उक्त तनावग्रस्त क्षेत्रमा राजस्व अनुसन्धान कार्यालयको गाडीमा समेत आगजनी भएको छ।

अधिकारीहरुले आफ्नो समस्या समाधान गर्ने लगायतका माग बाल सुधार गृहमा रहेका बन्दीहरुले राखेको मानवअधिकारकर्मी वसन्त गौतमले जनाए। तर, उनीहरुका ठोस माग भने छैनन्।

दुई समूहले एकले अर्कोलाई कुटपिट गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले जनाए। 

‘दुई समूहबिच झगडा गर्न खोजेका छन्,’ उनले भने, ‘दुवै समूहलाई भित्रै राखेर प्रहरीले स्थिति सामान्य बनाउँदै छ।’ 
यस बाल सुधार गृहमा १८ वर्षभन्दा माथिका मात्र बन्दी छन्। केही समय अघि मात्र सञ्चालनमा आएको उक्त बाल सुधार गृहमा एक सय १६ जना बन्दीहरू छन्।
अर्को समाचार
बाँके बाल सुधार गृहमा झडप : पाँचको मृत्यु, दुई घाइते
२५ भदौ २०८२
•
१ मिनेट पाठ
बाँके बाल सुधार गृहमा झडप : पाँचको मृत्यु, दुई घाइते
बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।




सुरक्षा स्रोतका अनुसार मृतकमध्ये दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।

भेरी अस्पतालका एक डाक्टरका अनुसार उनीहरुलाई अस्पताल पुर्याउनुभन्दा पहिला नै मृत्यु भइसकेकाे थियाे।  गएराति सुधार गृहभित्र कैदीबन्दीबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले समेत प्रयास गरेको थियो। घटनामा घाइते भएकाहरूलाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो।  

घटनापछि बाल सुधारगृह र भेरी अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस