बाँकेको डुडुवा गाउँपालिकास्थित जयन्त बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। झडप हुनुको प्रमुख कारण गाँजा र लागुऔषध रहेको छ।
‘पहिला–पहिला गाँजा मात्रै खाँदै आएका थिए’, उनले भने, ‘अहिले त लागुऔषध पनि सेवन गर्दै आएका छन्।’ ‘पर्खाल बाहिरबाट उनीहरूका सम्पर्कमा रहेका व्यक्तिले भित्र पुर्याइदिन्छन्’, उनी भन्छिन्, ‘रोक्न खोज्दा प्रहरीलाई नै घेराबन्दी गर्छन्।’
लागुऔषध सेवनकर्ताले सुधार गृहको वातावरण नै खल्बल्याइदिएको उनको भनाइ छ।
सुरक्षाकर्मीको निगरानी कम हुँदा पनि सुधार गृहमा लागुऔषध प्रयोग भएको बाल सुधारमा भएकाका आफन्तले बताएका छन्। बिहीबार झडपछि आफ्ना छोरा भेट्न आएका तीर्थराज तिमिल्सिनाले भने, ‘झगडाको प्रमुख कारण लागुऔषध हो।’
बाल सुधार गृहमा लागुऔषध कसरी ओसारपसार हुन्छ यस विषयमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ। ‘बालबालिका सुधार होलान् भनेर यहाँ पठाइन्छ’, उनले भने, ‘उल्टै लागुऔषध सेवन गरेर थप आपराधिक क्रियाकलाप गर्लान् भनेर यहाँ पठाइँदैन।’ यस्तो अवस्थाले बालबालिका उल्टै कुलतमा फस्ने गरेको उनले जनाए।
बाल सुधार गृह प्रशासन र प्रहरीको लापरबाहीका कारण बाल सुधार गृहमा भएकाले लागुऔषध प्रयोग बढ्दै गएको नवीन बुढाथोकीले जनाए। ‘बाल सुधार गृहमा प्रहरी प्रशासनको निगरानी हुन्छ’, उनले भने, ‘यस्तो अवस्थामा पनि कसरी भित्रै लागुऔषध प्रयोग बढ्छ?’
उनले प्रहरीको मिलेमतोमा लागुऔषध प्रयोग बढेको आरोप लगाए। सुधार गृहमा रहेकाहरूले लागुऔषध सेवन गरेर भाँडभैलो गरेको प्रहरीले पनि स्वीकार गरेको छ।
बाल सुधार गृहकी प्रमुख काउचा मगरका फरार रहेका २५ जना नियन्त्रणमा आएका छन् भने करिब नौजना फरार रहेको उनको भनाइ छ।
बाल सुधार गृहमा गाँजा र लागुऔषध सेवन बढ्दै गएपछि दुई समूहबीच झडप हुँदै आएको छ। बुधबार राति ९ बजेतिर गाँजा तथा लागुऔषध खाने समूह र अर्काे समूहबीच झडप भएको प्रहरीले जनाएको छ।झडपमा रूपन्देहीका १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको छ। पछिल्लो समय सुधार गृहमा गाँजा, लागुऔषध सेवन बढ्दै गएको जयन्त बाल सुधार गृहकी प्रमुख विमला काउचा मगरले जनाइन्।
‘पहिला–पहिला गाँजा मात्रै खाँदै आएका थिए’, उनले भने, ‘अहिले त लागुऔषध पनि सेवन गर्दै आएका छन्।’ ‘पर्खाल बाहिरबाट उनीहरूका सम्पर्कमा रहेका व्यक्तिले भित्र पुर्याइदिन्छन्’, उनी भन्छिन्, ‘रोक्न खोज्दा प्रहरीलाई नै घेराबन्दी गर्छन्।’
लागुऔषध सेवनकर्ताले सुधार गृहको वातावरण नै खल्बल्याइदिएको उनको भनाइ छ।
सुरक्षाकर्मीको निगरानी कम हुँदा पनि सुधार गृहमा लागुऔषध प्रयोग भएको बाल सुधारमा भएकाका आफन्तले बताएका छन्। बिहीबार झडपछि आफ्ना छोरा भेट्न आएका तीर्थराज तिमिल्सिनाले भने, ‘झगडाको प्रमुख कारण लागुऔषध हो।’
बाल सुधार गृहमा लागुऔषध कसरी ओसारपसार हुन्छ यस विषयमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ। ‘बालबालिका सुधार होलान् भनेर यहाँ पठाइन्छ’, उनले भने, ‘उल्टै लागुऔषध सेवन गरेर थप आपराधिक क्रियाकलाप गर्लान् भनेर यहाँ पठाइँदैन।’ यस्तो अवस्थाले बालबालिका उल्टै कुलतमा फस्ने गरेको उनले जनाए।
बाल सुधार गृह प्रशासन र प्रहरीको लापरबाहीका कारण बाल सुधार गृहमा भएकाले लागुऔषध प्रयोग बढ्दै गएको नवीन बुढाथोकीले जनाए। ‘बाल सुधार गृहमा प्रहरी प्रशासनको निगरानी हुन्छ’, उनले भने, ‘यस्तो अवस्थामा पनि कसरी भित्रै लागुऔषध प्रयोग बढ्छ?’
उनले प्रहरीको मिलेमतोमा लागुऔषध प्रयोग बढेको आरोप लगाए। सुधार गृहमा रहेकाहरूले लागुऔषध सेवन गरेर भाँडभैलो गरेको प्रहरीले पनि स्वीकार गरेको छ।
बुधबार साँझदेखि तनाव उत्पन्न भएको थियो। बिहीबार बिहान तीन बजेतिर स्थिति नियन्त्रणमा आएको थियो। बाल सुधार गृहमा भएकाहरूले झ्याल, ढोका लगायतका संरचना तोडफोड गरेका छन्।उनीहरूले फुटेका झ्यालका सिसाले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए। एकअर्काे पक्षले आफूहरूलाई आक्रमण गरेपछि जाइलागेको दुवै पक्षले दाबी गरेका छन्। यस विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रनाउ नारायण डाँगीले जनाए। सुधार गृहमा १८ वर्षभन्दा बढी उमेर समूहका व्यक्ति हुँदा पनि स्थिति थप तनावग्रस्त भएको उनको भनाइ छ।