बाल सुधार गृहमा झडप एकको मृत्यु, ११ जना घाइते
०६ असोज २०८०
•
२ मिनेट पाठ
बाल सुधार गृहमा झडप एकको मृत्यु, ११ जना घाइते
बाँकेको डुडुवा गाउँपालिकास्थित जयन्त बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। झडप हुनुको प्रमुख कारण गाँजा र लागुऔषध रहेको छ।




बाल सुधार गृहमा गाँजा र लागुऔषध सेवन बढ्दै गएपछि दुई समूहबीच झडप हुँदै आएको छ। बुधबार राति ९ बजेतिर गाँजा तथा लागुऔषध खाने समूह र अर्काे समूहबीच झडप भएको प्रहरीले जनाएको छ।

झडपमा रूपन्देहीका १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको छ। पछिल्लो समय सुधार गृहमा गाँजा, लागुऔषध सेवन बढ्दै गएको जयन्त बाल सुधार गृहकी प्रमुख विमला काउचा मगरले जनाइन्।

‘पहिला–पहिला गाँजा मात्रै खाँदै आएका थिए’, उनले भने, ‘अहिले त लागुऔषध पनि सेवन गर्दै आएका छन्।’ ‘पर्खाल बाहिरबाट उनीहरूका सम्पर्कमा रहेका व्यक्तिले भित्र पु¥याइदिन्छन्’, उनी भन्छिन्, ‘रोक्न खोज्दा प्रहरीलाई नै घेराबन्दी गर्छन्।’ लागुऔषध सेवनकर्ताले सुधार गृहको वातावरण नै खल्बल्याइदिएको उनको भनाइ छ।

सुरक्षाकर्मीको निगरानी कम हुँदा पनि सुधार गृहमा लागुऔषध प्रयोग भएको बाल सुधारमा भएकाका आफन्तले बताएका छन्। बिहीबार झडपछि आफ्ना छोरा भेट्न आएका तीर्थराज तिमिल्सिनाले भने, ‘झगडाको प्रमुख कारण लागुऔषध हो।’

बाल सुधार गृहमा लागुऔषध कसरी ओसारपसार हुन्छ यस विषयमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ। ‘बालबालिका सुधार होलान् भनेर यहाँ पठाइन्छ’, उनले भने, ‘उल्टै लागुऔषध सेवन गरेर थप आपराधिक क्रियाकलाप गर्लान् भनेर यहाँ पठाइँदैन।’ यस्तो अवस्थाले बालबालिका उल्टै कुलतमा फस्ने गरेको उनले जनाए।

बाल सुधार गृह प्रशासन र प्रहरीको लापरबाहीका कारण बाल सुधार गृहमा भएकाले लागुऔषध प्रयोग बढ्दै गएको नवीन बुढाथोकीले जनाए। ‘बाल सुधार गृहमा प्रहरी प्रशासनको निगरानी हुन्छ’, उनले भने, ‘यस्तो अवस्थामा पनि कसरी भित्रै लागुऔषध प्रयोग बढ्छ?’

उनले प्रहरीको मिलेमतोमा लागुऔषध प्रयोग बढेको आरोप लगाए। सुधार गृहमा रहेकाहरूले लागुऔषध सेवन गरेर भाँडभैलो गरेको प्रहरीले पनि स्वीकार गरेको छ।

बुधबार साँझदेखि तनाव उत्पन्न भएको थियो। बिहीबार बिहान तीन बजेतिर स्थिति नियन्त्रणमा आएको थियो। बाल सुधार गृहमा भएकाहरूले झ्याल, ढोका लगायतका संरचना तोडफोड गरेका छन्। उनीहरूले फुटेका झ्यालका सिसाले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए। एकअर्काे पक्षले आफूहरूलाई आक्रमण गरेपछि जाइलागेको दुवै पक्षले दाबी गरेका छन्। यस विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रनाउ नारायण डाँगीले जनाए। सुधार गृहमा १८ वर्षभन्दा बढी उमेर समूहका व्यक्ति हुँदा पनि स्थिति थप तनावग्रस्त भएको उनको भनाइ छ।

बाल सुधार गृहकी प्रमुख काउचा मगरका फरार रहेका २५ जना नियन्त्रणमा आएका छन् भने करिब नौजना फरार रहेको उनको भनाइ छ।
अर्को समाचार
बाल सुधार गृहमा झडप: एकको मृत्यु, ११ जना घाइते
०६ असोज २०८०
•
२ मिनेट पाठ
बाल सुधार गृहमा झडप: एकको मृत्यु, ११ जना घाइते
जयन्ती बाल सुधार गृहमा उत्पन्न तनावग्रस्त परिस्थितिलाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर: गणेश/नागरिक
बाँकेको डुडुवा गाउँपालिकास्थित जयन्त बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। झडप हुनुको प्रमुख कारण गाँजा र लागुऔषध रहेको छ।




बाल सुधार गृहमा गाँजा र लागुऔषध सेवन बढ्दै गएपछि दुई समूहबीच झडप हुँदै आएको छ। बुधबार राति ९ बजेतिर गाँजा तथा लागुऔषध खाने समूह र अर्काे समूहबीच झडप भएको प्रहरीले जनाएको छ।
झडपमा रूपन्देहीका १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको छ। पछिल्लो समय सुधार गृहमा गाँजा, लागुऔषध सेवन बढ्दै गएको जयन्त बाल सुधार गृहकी प्रमुख विमला काउचा मगरले जनाइन्।

‘पहिला–पहिला गाँजा मात्रै खाँदै आएका थिए’, उनले भने, ‘अहिले त लागुऔषध पनि सेवन गर्दै आएका छन्।’ ‘पर्खाल बाहिरबाट उनीहरूका सम्पर्कमा रहेका व्यक्तिले भित्र पुर्‍याइदिन्छन्’, उनी भन्छिन्, ‘रोक्न खोज्दा प्रहरीलाई नै घेराबन्दी गर्छन्।’

लागुऔषध सेवनकर्ताले सुधार गृहको वातावरण नै खल्बल्याइदिएको उनको भनाइ छ।

सुरक्षाकर्मीको निगरानी कम हुँदा पनि सुधार गृहमा लागुऔषध प्रयोग भएको बाल सुधारमा भएकाका आफन्तले बताएका छन्। बिहीबार झडपछि आफ्ना छोरा भेट्न आएका तीर्थराज तिमिल्सिनाले भने, ‘झगडाको प्रमुख कारण लागुऔषध हो।’

बाल सुधार गृहमा लागुऔषध कसरी ओसारपसार हुन्छ यस विषयमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ। ‘बालबालिका सुधार होलान् भनेर यहाँ पठाइन्छ’, उनले भने, ‘उल्टै लागुऔषध सेवन गरेर थप आपराधिक क्रियाकलाप गर्लान् भनेर यहाँ पठाइँदैन।’ यस्तो अवस्थाले बालबालिका उल्टै कुलतमा फस्ने गरेको उनले जनाए।

बाल सुधार गृह प्रशासन र प्रहरीको लापरबाहीका कारण बाल सुधार गृहमा भएकाले लागुऔषध प्रयोग बढ्दै गएको नवीन बुढाथोकीले जनाए। ‘बाल सुधार गृहमा प्रहरी प्रशासनको निगरानी हुन्छ’, उनले भने, ‘यस्तो अवस्थामा पनि कसरी भित्रै लागुऔषध प्रयोग बढ्छ?’

उनले प्रहरीको मिलेमतोमा लागुऔषध प्रयोग बढेको आरोप लगाए। सुधार गृहमा रहेकाहरूले लागुऔषध सेवन गरेर भाँडभैलो गरेको प्रहरीले पनि स्वीकार गरेको छ।

बुधबार साँझदेखि तनाव उत्पन्न भएको थियो। बिहीबार बिहान तीन बजेतिर स्थिति नियन्त्रणमा आएको थियो। बाल सुधार गृहमा भएकाहरूले झ्याल, ढोका लगायतका संरचना तोडफोड गरेका छन्।
उनीहरूले फुटेका झ्यालका सिसाले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए। एकअर्काे पक्षले आफूहरूलाई आक्रमण गरेपछि जाइलागेको दुवै पक्षले दाबी गरेका छन्। यस विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रनाउ नारायण डाँगीले जनाए। सुधार गृहमा १८ वर्षभन्दा बढी उमेर समूहका व्यक्ति हुँदा पनि स्थिति थप तनावग्रस्त भएको उनको भनाइ छ।

बाल सुधार गृहकी प्रमुख काउचा मगरका फरार रहेका २५ जना नियन्त्रणमा आएका छन् भने करिब नौजना फरार रहेको उनको भनाइ छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस