खोटाङकी युट्युबर/भ्लगर उमा चामलिङ राईलाई सिक्किममा हुन लागेको आउँदो विधान सभा चुनावको शिकार बनाइएको छ। पुस पहिलो साता सिक्किम भ्रमणमा निस्केकी भ्लगर चामलसङलाई शनिबार राजधानी गान्तोकको प्रोभिन्स प्रहरीले पक्राउ गरेर थुनामा राखेको जनाइएको छ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ याङसोलाकी अन्दाजी २४ वर्षीया उमालाई सिक्किम प्रहरीले पक्रेको गाउँपालिकाले पुष्टि गरेको छ। गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले उमा भ्लगर भएको र बेलाबेला घुमफिर गरिरहने क्रममा सिक्किम प्रहरीले पक्राउ गरेको खबर पाएको बताए।
उमालाई सामाजिक सद्भाव भड्काएको आरोप लगाउँदै पक्राउ गरेको भन्ने खबर सुनेको तर, यथार्थ बुझ्न बाँकी रहेको भन्दै अध्यक्ष राईले उनको सकुशल रिहाइका लागि नेपाल सरकारसँग माग गरेको बताए।
‘प्रारम्भिक जानकारी अनुसार उमालाई सिक्किम प्रहरीले पक्राउ गरेर अदालतबाट ५ दिनको म्याद थपेर थुनामा राख्न आदेश दिएको भन्ने छ’ अध्यक्ष राईले भने ‘तर, विस्तृत कारण खुल्न बाँकी छ, म बुझ्ने काम गरिरहेको छु। पर्यटकको रुपमा सिक्किम पुगेकी उनलाई बिना शर्त रिहा गर्ने वातावरण बनाउन नेपाल सरकारसँग औपचारिक पत्राचार गर्ने तयारी गर्दैछु।’ अध्यक्ष राईले उमाको घर परिवारसँग सम्पर्क गर्ने काम भइरहेको र सम्पर्कपछि मात्र धेरै कुरा खुल्ने बताए।
प्रारम्भिक जानकारी अनुसार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले) नेतृत्वका सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सदस्य शीला राईको उजुरीका आधारमा भ्लगर उमालाई पक्राउ गरेको भारतबाट प्रकाशित ‘इन्डिया टुडे इन’ मा प्रकाशित समाचारले जनाएको छ।
मुख्यमन्त्री तामाङ सन् २०२४ को अप्रिलमा हुने विधान सभा चुनावमा दोस्रो कार्यकाल मुख्यमन्त्रीको लक्ष्य बनाउँदै चुनावी तयारीमा लागेका छन्। उनीसँग चुनावी आमनेसामने गरिरहेका पूर्व मुख्यमन्त्री पवन चामलिङको पक्षमा सामाजिक सञ्जालमा प्रचार सामग्री पस्केकै कारण भ्लगर उमा पक्राउ परेको बलियो आशंका गरिएको छ।
भ्लगर उमालाई भिडिओमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोप लगाइएको तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको पक्षमा मतदाता प्रभावित पार्न खोजेको आरोप लागेको छ। उनीमाथि राजनीतिकप्रेरित भिडियो कन्टेन्ट सार्वजनिक गरेको कुरा एसकेएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पूर्व मुख्यमन्त्री चामलिङको आडमा सिक्किम भ्रमणमा राजनीतिकप्रेरित गतिविधि गरेर सर्वसाधारणलाई ध्रुवीकरण गर्न खोजेको, डिसेम्बर ३० मा स्थानीय लेगसेपमा साकेला मनाउन भिडियोमार्फत आमन्त्रण गरेको कुरा विज्ञप्तिमा उल्लेख गर्नुले सो कुरा पुष्टि हुन्छ।
सामाजिक सञ्जालको ‘कन्टेन्ट क्रियटर’ का रुपमा स्थापित भ्लगर उमा पुस पहिलो साता पर्यटकको रुपमा सिक्किम छिरेको अनुमान छ। पुस ८ गते पूर्व मुख्यमन्त्री पवन चामलिङसँग खिचेको फोटो र केही भिडियोहरु फेसबुकमा सार्वजनिक गरेकी उनले पुस १० गते वनझाँक्री गुफा र ११ गते ४ धाम सिक्किम घुमफिर गरेको भिडिओ सामग्री साझा गरेकी थिइन्। भिडियोमार्फत सिक्किममा १४ गते साकेला मनाउन आह्वान गरेको सामग्रीलाई आधार मानेर नै पक्राउ गरेको पारिवारिक स्रोतको दाबी छ।
यसअघि ५ कार्यकाल मुख्यमन्त्री भइसकेका सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ) का नेता पूर्व मुख्यमन्त्री पवन र बहालवाला मुख्यमन्त्री पिएसको चुनावी कोपभाजनमा उमा परेको धेरैको अनुमान छ। उमा पक्राउ पर्नुलाई नेपाली समुदायले दुई मुख्यमन्त्रीबीचको चुनावी कारण प्रमुख रहेको बत्ताइरहेका छन्।
दुई मुख्यमन्त्रीको टकरावले घुम्न गएकी भ्लगर अनाहकमा पक्रेर थुनामा राख्नु मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै नेपाली समुदायले सिक्किम सरकारको भर्त्सना गरेका छन्। उनलाई बिना शर्त रिहा गर्न माग गर्दै दुई देशमैत्री वातावरण नबिथोल्न पनि मुख्यमन्त्री तामाङलाई आग्रह गरेका छन्।
यसैबीच उमालाई आइतबार बिहान ११ः३० बजे रिहा गरेर परिवारको जिम्मा दिन लागेको सिक्किमस्थित फास्टेस्ट फास्ट सिक्किम अनलाइनले जनाएको छ। गान्तोक सदर थानाका अतिरिक्त एसपी पासाङ थुप्तेन लेप्चाले अनलाइन खबरलाई बताए अनुसार उमामाथि व्यक्तिगत असुरक्षाको खतरा भएको जानकारी प्रहरी स्रोतबाट आएपछि उनकै सुरक्षाका लागि प्रहरी स्टेशन एक रात राखेर छाडिएको हो। एसपी लेप्चाले सदर थानाकै प्रहरीको साथ लगाएर उमालाई उनको घर खोटाङतर्फ पठाइएको पनि बताएका छन्।