काठमाडौं बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा लिएर आइतबार बिहानदेखि सुर्खेतमा विरोध प्रदर्शन भएको छ।
प्रदर्शनकारीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण सुर्खेतको जनजीवन प्रभावित बनेको छ।
वीरेन्द्र नगरका सबै गतिविधि ठप्प भएका छन्। सवारी साधन पनि चलेका छैनन्।
यहाँका स्थानीहरूले सुर्खेतमा यातायात बन्द गर्दै प्रदर्शन थालेका हुन्। उनीहरूले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरू राख्दै प्रदर्शन गरिरहेका छन्।
आइतबार सरकारी गाडी हिंडडुल रोक लगाउने आन्दोलनका अगुवाहरूले जनाएका छन्। माग पूरा नभएसम्म आन्दोलन क्रमिक रूपमा हुने जनाइएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सार्वजनिक सवारी १२ देखि १ बजे र सरकारी गाडी पूर्ण रूपमा रोक लगाउने आन्दोलनका एक अगुवा नविन योगीले बताए।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सम्पर्क समिति पुनर्गठन गरेको छ। ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो।
समितिको उपाध्यक्षमा सरस्वती जयसवाल, धनेश्वर साह, कान्छा तामाङ्ग ब्लोन विकास मुख्यसचिव पूर्ण राई सचिवमा तारावीर लिम्बु, अजाज मिकरानी, जया यादव र कोषाध्यक्षमा ई. विन्देश्वर राय यादव चयन भएका छन्।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, केन्द्रीय सम्पर्क समितिका इन्चार्ज रेखा यादव, सह इन्चार्ज देवराज राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...