ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण गर्न नहुने बताउँदै आएका ६ संस्थाहरूले कुनैपनि हालतमा केवलकार निर्माण गर्न नदिने दोहोर्याएका छन्।
शनिबार पत्रकार सम्मेलनमार्फत उनीहरुले केवलकार निर्माण आफ्नो मुन्धुमीस्थल माथिको आक्रमणको रुपमा व्याख्या गरेका छन्।
केवलकार निर्माण खारेजी समिति, मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिले शनिबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उक्त चेतावनी दिएका हुन्।
विकासको विरुद्धमा आफ्नो सङ्घर्ष नभएको उनीहरूको दाबी छ। पाथीभरा केवलकार निर्माण स्थानीय समुदायको माग र मुद्दाको सम्बोधन विपरीत नाफाखोरीहरुको रजगजीको उपज भएको उनीहरूको आरोप छ।
विकासको नाममा याक्थुङ लिम्बूहरुको मुन्धुमी आध्यामिकस्थल माथि आक्रमण गर्नु अनिष्टकारी हुने समेत उनीहरुले बताएका छन्। उनीहरुले पाथीभरा क्षेत्र विकास समितिलाई मुकुम्लुङ क्षेत्र विकास समिति बनाउन पर्ने पनि दोहोर्याएका छन्।
पाथीभरा क्षेत्र विकास समिति सरकारी समिति हो। कहिदिन अघि पाथीभरा (मुकुम्लुङ) केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा केवलकार निर्माणको योजना र प्रक्रियाबारे सर्वपक्षीय भेलामा जानकारी गराइएको थियो। सो कार्यक्रमपछि केवलकार निर्माण हुन नहुने पक्षधरले शनिबार आफ्नो धारणा राखेका हुन्। ढकाल उपस्थित सर्वपक्षीय भेलामा पनि केवलकार निर्माणको पक्ष र विपक्षमा अभिमत प्रकट भएका थिए।
केवलकार निर्माण कम्पनीले केवलकार निर्माणमा सहयोग गर्न आग्रह गरेको थियो। केवलकार निर्माणको विपक्षमा रहेकाहरुले केवलकार निर्माणका लागि रुख कटान आदेश अघि नबढाउन र केवलकार निर्माण कार्य अघि बढाए प्रतिकार गर्ने चेतावनी पनि दिएको छ।
काफ्लोपाटीबाट करिब दुई हजार सात सय मिटर दुरी उचाइ सम्म केवलकार निर्माणको प्रस्ताव गरिएको छ।