नदीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्ने नगरपालिकाको पछिल्लो निर्णयप्रति असहमति जनाउँदै स्थानीय ट्याक्टर व्यवसायीहरूले त्रियुगा नगरपालिका कार्यालय घेराउ गरेका छन्।
स्थानीय नदी खोलाका ढुंगा, गिटी, बालुवा अबदेखि नगरपालिकाले घाटगद्धीमा राख्ने र त्यहाँबाट मात्र ट्याक्टर व्यवसायीहरूले खरिद बिक्री गर्नुपर्ने निर्णयको विरोध गर्दै त्रियुगा ट्याक्टर व्यवसायी संघले नगरपालिका घेराउ गरेको हो।
ट्याक्टर व्यवसायीहरूले अहिलेसम्म तोकिएका ठाउँहरुबाट ट्याक्टर गएर आफैले उत्खनन् गरी खुल्लारुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै आएकोमा नगरपालिकाले एक्कासि घाटगद्धी गरेर त्यहाँबाट मात्र लिनुपर्ने बाध्यकारी नियम अवैज्ञानिक रहेको गुनासो गरेका छन्।
उनीहरुका अनुसार नदीजन्य पदार्थको कर पनि नगरपालिकाले बढाएको छ। यसअघि प्रति ट्याक्टर ४ सय ७८ रुपैयाँ लिँदै आएको कर अबदेखि ५ सय ८८ पुर्याइएको छ। यस्तो अवैज्ञानिक निर्णय र कर वृद्धिले तमाम नगरवासीलाई भार पर्ने भएकाले निर्णय फिर्ता लिन माग गर्दै आन्दोलन गर्नुपरेको संघले जनाएको छ।
संघले शनिबारदेखि थालेको विरोध कार्यक्रम अन्तर्गत आइतबार बिहानदेखि त्रियुगा नगरपालिका अगाडि लामबद्ध रुपमा ट्याक्टरहरु रोकेर विरोध गरिएको छ। साथै संघले विभिन्न मागसहितको ७ बुँदे ज्ञापनपत्र नगरपालिकालाई बुझाएको छ। संघका अध्यक्ष युवराज पराजुली र सचिव सन्तोष खड्कासहितको टोलीले नगर उपप्रमुख महेश्वरी राईलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापन पत्रमा आगामी वर्षदेखि भदौ महिनाभित्रै नदीजन्य पदार्थको ठेक्का लगाउने गरी नगरपालिकाले प्रक्रिया थाल्नु पर्ने, ढुंगा, गिटी बालुवाको गुणस्तर कायम गर्दै घाटगद्धीमा राखेर बिक्री गर्ने हालैको निर्णय फिर्ता गर्नुपर्ने, नदीजन्य पदार्थको काम गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुको गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकताको सुरक्षा गर्नुपर्ने माग गरिएका छ।
त्यसैगरी नदीजन्य पदार्थको उत्खनन्, कर वृद्धि वा कर समायोजन गर्ने, घटाउनेजस्ता कार्यका लागि बस्ने बैठक, छलफल र अन्तरक्रियाहरुमा ट्याक्टर व्यवसायी संघलाई सहभागी गराउनुपर्ने, सुरक्षा निकायहरुले ठाउँ ठाउँमा दुःख दिने गरकोले त्यस्तो रबैया हटाउनुपर्ने माग पनि ज्ञापन पत्रमा गरिएको छ।
त्यसैगरी अनावश्यक, अवैज्ञानिक र अव्यवहारिक तरिकाले उत्खनन कार्य रोक्नुपर्ने भन्दै अनावश्यक बढाइएको कर हटाउन पनि संघले माग गरेको छ। ज्ञापनपत्रमा ट्याक्टर व्यवसायीसँग सहकार्य र समन्वय गरेर मात्र काम गर्न पनि संघको ज्ञापन पत्रमा आग्रह गरिएको छ।
त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले ट्याक्टरहरूले आफूखुसी नदी जन्य पदार्थ उत्खनन गरेको पाइएकाले नियमन गर्न र एकद्वार प्रणालीबाट बिक्री वितरण गर्ने उद्देश्यले घाटगद्धी गरेर वितरण गर्ने अवधारणा अघि सारिएको बताए। मेयर बस्नेतले नगरपालिकाले गरेको निर्णय प्रदेश सरकारको कार्यविधिलाई टेकेर गरेको हुनाले यस्तो विरोध र घेराउको कुनै अर्थ नरहेको बताए।
अहिलेसम्म रातो प्लेट (निजी) नम्बरका ट्याक्टरहरूले नदीजन्य पदार्थको उत्खनन र बिक्री वितरण गर्दै आएको भन्दै कालो प्लेट (सार्वजनिक) मा दर्ता गरेर सञ्चालन गर्न पनि बस्नेतले आग्रह गर्दै अन्यथा ट्याक्टरको सट्टा टिफरले सो काम गर्ने बताए।
मेयर बस्नेतले घाटगद्धी गर्दा एक ट्याक्टर बराबर १ सय १० रुपैयाँ मूल्य बढेको स्वीकारे। उनका अनुसार उत्खनन् गरेर घाटगद्धीसम्म ल्याइपुर्याउँदा थप १ सय १० रुपैयाँ अतिरिक्त मूल्य थपिने भएकाले सो बढी रकम उपभोक्ताबाट असुल्ने गरी वृद्धि गरिएको हो। वृद्धि भएको मूल्यको भार उपभोक्ताले बेहोर्ने भएकाले ट्याक्टरवालाहरुले यसको विरोध गर्नु नपर्ने मेयर बस्नेतको तर्क छ।

‘घाटगद्धीसम्म ल्याउँदा लाग्ने अतिरिक्त मूल्य जोड्दा कर बढ्न गएको हो’ मेयर बस्नेतले भने ‘व्यवसायीहरूले अहिलेसम्म बेच्ने मूल्यमा १ सय १० रुपैयाँ थपेर लिए भईगो नि, उनीहलाई केको घाटा ?’बिहानदेखि नगरपालिका प्रवेशद्वार अगाडि लामबद्ध भएर धर्नामा रहेका ट्याक्टरहरु संघले ज्ञापनपत्र बुझाएपछि सुरक्षाकर्मीले हटाएका छन्। संघका अध्यक्ष पराजुलीले भने आफ्ना मागहरु समेटेर ज्ञापनपत्र बुझाइएको तर, मेयर बस्नेत कामको सिलसिलामा प्रदेश सरकारको कार्यालय विराटनगर गएकाले उनी आएपछि वार्ता गर्नेगरी ट्याक्टर हटाइएको बताए।