सेनाको हेलिकोप्टर मर्मतमा लापरबाही, ३ अर्ब गुम्ने
०५ पौष २०८०
•
४ मिनेट पाठ
सेनाको हेलिकोप्टर मर्मतमा लापरबाही, ३ अर्ब गुम्ने
नेपाली सेनाको एमआई १७ भी ५ हेलिकोप्टर मर्मत गर्ने कम्पनी छनोटमा हेलचेक्र्याइँ गर्दा करिब ३ अर्ब रुपैयाँ गुम्ने खतरा बढेको छ।सेनाले करिब एक वर्षअघि मर्मतका लागि सम्झौता गरी उक्त हेलिकोप्टर भारत पठाएको थियो। तर अहिलेसम्म मर्मतमा कुनै प्रगति नहुँदा ३ अर्ब रुपैयाँबराबरको नोक्सानी हुने देखिएको हो।




सेनाले २०७० सालमा रुसमा निर्मित दुईवटा एमआई–१७ भी–५ हेलिकोप्टर रोसोबोरोनेक्स पोर्टसँग किनेको थियो। त्यसको दुई वर्षपछि यहाँ ल्याइएका ती दुई हेलिकोप्टरमध्ये एउटा मर्मतका लागि भारतको एमडिएसएल कम्पनीमा पठाइएको हो। भारतको मद्रास सीपि यार्ट (एमडीएसएल) हेलिकोप्टर बेचेको कम्पनीले मर्मत तथा सम्भारका लागि तोकेको आधिकारिक कम्पनी होइन।

एमडिएसएसलमा हेलिकोप्टर मर्मतका लागि पठाउन नेपालका तर्फबाट व्यान्ड बक्स नामको कम्पनीले सहजीकरण गरेको थियो। सन् २०२३ को जनवरीमा भारत लगिएको उक्त हेलिकोप्टर एमडिएसएल कम्पनीले मर्मत गर्न नसकेपछि त्यसको केही भाग मर्मत गर्न भियतनाममा पठाएको बुझिएको छ।

त्यस्तै इन्जिन र एयर फेमको केही भाग मर्मतका लागि रुस पठाइएको छ। भारतमा केही भागको मर्मत भैरहेको जानकारी एमडिएसएलले नेपाली सेनालाई दिएको छ। मर्मतका लागि रुस पठाइएको इन्जिनबारे भने केही भन्न नसकिने सैनिक उच्च स्रोतले बतायो।

स्रोतका अनुसार नेपाली सेनाले कुन कम्पनीले हेलिकोप्टर मर्मत गर्छ भन्ने सामान्य जानकारी नलिईकन राजनीतिक दबाबमा भारतको एमडिएसएललाई मर्मत गर्न दिएको हो। सेनाले उक्त हेलिकोप्टरका लागि ५४ करोड रुपैयाँ खर्च गरिसकेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सेनाको एउटा हेलिकोप्टर मर्मतका लागि भारत पठाइएको बताए। ‘भारतीय सरकारसँग सम्झौता गरी मर्मतका लागि एउटा हेलिकोप्टर भारत पठाइएको छ, त्यहाँ मर्मत भइरहेको भन्ने जानकारी छ’, भण्डारीले भने। भारतको कम्पनीले बनाउन नमिल्ने भाग रुसस्थित आधिकारिक कम्पनीमा पठाइएको हुन सक्ने उनले बताए।

तर रुसमा निर्माण भएको उक्त हेलिकोप्टरको आधिकारिक मर्मत कम्पनी ‘न्यास’ ले नेपाली सेनालाई पत्र पठाए अन्य कम्पनीले मर्मत गरेको हकमा जिम्मेवारी नलिने जानकारी गराएको छ। नास्कको पत्र पाएपछि सेनाको हवाई महानिर्देशनालय झस्किएको थियो। उक्त हेलिकोप्टर भारतको एमडिएसएल कम्पनीमा मर्मत गर्न पठाउने विषयमा महानिर्देशनालयका प्रमुखसँग छलफल गरिएको थिएन।

सेनाले भारतीय सरकारमार्फत हेलिकोप्टर मर्मत गर्ने कम्पनीबाट प्रस्ताव माग गरेको थियो। त्यसक्रममा काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत एमडिएसएल र इभाचान्कोले प्रस्ताव पेस गरेका थिए। सेनाले एमडिएसएलको प्रस्ताव स्वीकृत गरेपछि उसले मर्मतका लागि हेलिकोप्टर लगेको थियो। नेपाली सेनाले मर्मतका लागि छुट्याएको ५४ करोड बजेटभित्र मर्मत गर्नेगरी प्रस्ताव आह्वान गरेको थियो।

यसअघि भारतीय सेनाको बिआरटी चण्डीगढले यस्तै प्रकृतिको अर्को हेलिकोप्टर मर्मत गरेर पठाएको थियो। ‘एउटा हेलिकोप्टर भारतले मर्मत गरी पठाइदियो तर अर्कोको इन्जिन मर्मतका लागि भारतीय कम्पनीले रुस पठाएकाले त्यो फिर्ता हुने सम्भावना कमजोर छ। मर्मतसहित फिर्ता नभए नेपाली सेनाले करिब ३ अर्ब रुपैयाँ गुमाउने छ, अहिले किन्नुपर्दा ३ अर्बभन्दा माथि पर्छ’, सेनाका एक उच्च अधिकृतले भने।

सेनाले दुई वर्षअघि पनि उक्त हेलिकोप्टर मर्मत सम्भार गर्न सिधै रूसबाट सामग्री ल्याउन नसकेपछि भारतीय सेनासँग मर्मतको व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो। भारतीय सेनाले सहयोग गर्न नसक्ने बताएपछि युक्रेनबाट सामान ल्याएर मर्मत गरिएको थियो। त्यसको केही समयपछि इन्जिनसमेतमा समस्या देखिएपछि मर्मत गर्न एक वर्षअघि भारतको एमडिएसएल कम्पनीलाई दिइएको हो।

यसअघि उक्त हेलिकोप्टर मर्मत गर्न करोडौंका स्पेयरपार्ट खरिद गरिएको थियो। स्रोतका अनुसार २०७२ सालमा पनि सेनाले एमआई–१७ भी ५ हेलिकोप्टरका लागि स्पेयरपार्ट खरिद र मर्मतमा करौडौं रुपैयाँ सिध्याएको थियो। २०७० सालमा एमआई–१७ भी ५ हेलिकोप्टर खरिद प्रक्रिया विवादमा परेको थियो। ती हेलिकोप्टर खरिद गर्दा जंगी अड्डाले ऐन, कानुन र कार्यविधिको धज्जी उडाएको थियो। हेलिकोप्टर खरिदप्रति महालेखा परीक्षकको कार्यालयले त्यतिबेला नै आपत्ति जनाएको थियो।

सेनाले डिजाइनसहितको स्पेसिफिकेसन र विस्तृत विवरण तयार नगरी एकमुस्ट रकम मात्र उल्लेख गरी हेलिकोप्टर खरिद गरेको थियो। यसै विषयमा महालेखा परीक्षकको कार्यालयले असन्तुष्टि जनाएको थियो।

सुरुमा सेनाले रोसोबोरोनेक्स पोर्टसँग सिधै हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको थियो। खरिद प्रक्रिया विवादमा तानिएपछि २०७० कात्तिक १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाली सेनाका लागि हेलिकोप्टर खरिदसम्बन्धी कार्यविधि’ पारित गरेको थियो। कार्यविधिको दफा १ मा हेलिकोप्टरको स्पेसिफिकेसन, डिजाइन र विशेष आवश्यकतासम्बन्धी अन्य विवरण तयार गर्न भनिएको थियो।

कार्यविधिको दफा २ मा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम लागत अनुमान अनिवार्य स्वीकृत गरेर मात्र हेलिकोप्टर खरिद गर्न सकिने उल्लेख थियो। दफा ६ मा सेनाले हेलिकोप्टर खरिद गर्ने समय तोकी बिक्रेतासँग प्राविधिक र आर्थिक प्रस्ताव एकैपटक माग्नुुपर्ने उल्लेख गरिएको थियो। तर यी कुनै पनि नियम पालना नगरी हेलिकोप्टर खरिद गरिएको थियो।

अहिले सेनासँग भारतीय राष्ट्रपतिले दिएका चारवटा, एमआई १७ तथा आयरल्यान्ड र पोल्यान्डमा निर्मित हेलिकोप्टर पनि छन्। त्यस्तै फ्रेन्च कम्पनीले बनाएका सुपरपुमा हेलिकोप्टर छन। सेनासँग एभ्रो, स्काई ट्रक र अन्य प्रकारका जहाज पनि छन्। सेतो रङका सुपरपुमा र वेल हेलिकोप्टर अतिविशिष्ट र विशिष्ट व्यक्तिको उडान भर्न प्रयोग गरिन्छ।
अर्को समाचार
नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन
१४ वैशाख २०८१
•
१ मिनेट पाठ
नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन
नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरू तर्फ गरी झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ।




जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।

सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

विस्तृत विवरणसहितः

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस