राउटेहरूले गराए औषधाेपचार
२८ मंसिर २०८०
•
२ मिनेट पाठ
राउटेहरूले गराए औषधाेपचार
राउटे समुदायमा गरिएको स्वास्थ्य शिविरमा जाँच गर्दै राउटेहरू। तस्बिर : गोविन्द केसी
दैलेखको भैरवी गाउँपालिका ५ कागेतडामा बसेका राउटेहरूले औषधोपचार गराएका छन्। चिसो बढिरहेका बेला विभिन्न रोगले थलिएका उनीहरूले औषधोपचार गरेका हुन्।




नेपाल प्रहरी श्रीमती संघले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा राउटे समुदायका सदस्यहरूले आफूलाई भएको बिरामीसम्बन्धी औषधोपचार गरेका थिए। सल्लाको दियालो बालेर नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले स्वास्थ्य शिविरको शुभारम्भ गरेकी थिइन्।

लोपोन्मुख राउटे समुदाय केही वर्षअघिसम्म जडिबुटीका भरमा उपचार गर्दै आए पनि हिजोआज स्वास्थ्य चेकजाँच गर्न थालेका हुन्। स्वास्थ्य शिविरसँगै प्रत्येकलाई न्यानो कपडा, बिस्कुट र फलफूलसमेत वितरण गरिएको थियो।

शिविरमा राउटे समुदायका १७ महिला र ३९ पुरुष गरी ५६ जनाको स्वास्थ्य जाँच गर्नुका साथै औषधी वितरण गरिएको थियो। एक सय ५६ थान जाडोबाट बच्चका लागि न्यानो कपडा (कम्मल) दिइएको थियो। कार्यक्रममा १५ कार्टुन बिस्कुट र तीन कार्टुन फलफूलसमेत वितरण गरिएको थियो।

विकट स्थानमा रहेको राउटे बस्तीमै पुगेर सेवा भावसहित नेपाल प्रहरी श्रीमती संघले गरेको स्वास्थ्य शिविर, न्यानो कपडा र फलफूल वितरण कार्य सराहनीय काम भएको भैरवी गाउँपालिकाका अध्यक्ष रीता शाहीले बताइन्।

मानवीय सेवा प्रदान गर्ने उद्देश्यले दैलेख आएर जंगलमा बस्दै आएका राउटे समुदायका सदस्यहरूको  स्वास्थ्यस्थिति राम्रो होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले बताइन्। ‘चिसो मौसममा राउटेहरूको संरक्षणतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ।’ अध्यक्ष कुँवरले भनिन्, ‘केटाकेटी र ज्येष्ठ नागरिकको अवस्था चिसोले झन् कमजोर छ।’

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायमा केन्द्रित गरी आयोजना भएको स्वास्थ्य शिविर प्रभावकारी भएको संघको कर्णाली प्रदेश अध्यक्ष विन्दु अधिकारी ढकालले बताइन्। उनले भनिन्, ‘स्थानीय तहदेखि प्रदेश र संघ सरकारले राउटेहरूको हेरविचार गर्न जरुरी छ।’

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) भीमप्रसाद ढकाल, भैरवी गाउँपालिकाका अध्यक्ष रीता शाही, एसएसपी सुशीलसिंह राठौर, लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट चिकित्सकको टोलीसहित संघका केन्द्रीय समितिका पदाधिकारीको सहभागिता थियो।

त्यस्तै संघले वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा सरसफाइ कार्यक्रम, मानव सेवा आश्रममा खाना खुवाउने, प्रहरी स्कुलमा शैक्षिक सामग्री वितरण, संघको कर्णाली कार्यालय उद्घाटन र कारागार पुस्तकालयमा किताब हस्तान्तरण कार्यक्रम गरेको छ।
अर्को समाचार
पिंक केयरएथन वैशाख ८ मा
१७ चैत्र २०८०
•
२ मिनेट पाठ
पिंक केयरएथन वैशाख ८ मा
लेजर पोर्ट नेपालको आयोजना तथा नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा आगामी वैशाख ८ गते काठमाडौं पिंक केयरएथन हुने भएको छ।  




शुक्रबार आयोजकले पत्रकार सम्मेलनमामार्फत कार्यक्रमबारे जानकारी दिएको हो। महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम हुँदै छ।

काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड र जुम्बालगायत विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्। यसअघि पिन्काथलनको नामबाट यो कार्यक्रम हुँदै आएको थियो।

यसपटक पिन्क केयरएथनमा तीन किलोमिटर, पाँच किलोमिटर र १० किलोमिटरको दूरी तय गरिएको छ। हरेक उमेरसमूहका महिलाले काठमाडौं पिंक केयरएथनमा सहभागी हुन पाउने आयोजकले जनाएको छ।

सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि प्रेरित गर्नु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए।

पिंक केयरएथनमा यस पटक दुई हजार पाँच सयदेखि तीन हजार महिलाको सहभागिता हुने आयोजकको अपेक्षा छ। नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरूलाई आफ्नो र परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन्।

काठमाडौं पिंक केयरएथनको यस संस्करणमा भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले सञ्चालन गर्नेछन्। सहभागी हुन चाहने महिलाले इसेवाबाट नाम दर्ता गर्न सक्नुहुनेछ। पिंक केयरएथनको फेसबुक र इन्स्टाग्रामको पेजमा दिएको जानकारीअनुसार तोकिएका स्थानमा गएर भौतिक रूपमा पनि नाम दर्ता गर्न सकिने छ।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो।

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तीन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको इभेन्ट यो वर्ष भव्य रूपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस