काम जिम्मा लिने र समयमा निर्माण पूरा नगर्ने प्रवृत्तिविरुद्ध ताप्लेजुङका जनप्रतिनिधिले खबरदारी बढाएका छन्।
सुकेटार–काफ्लेपाटी सडक, तमोर करिडोरअन्तर्गत लिम्बुनी पुलदेखि दगुर्नेसम्मको सडक, सुकेपोखरी हुँदै ताप्लेजुङको हाङपाङसम्म आउने सडकसहितका योजनामा जनप्रतिनिधिले दबाब बढाएका हुन्।
लिम्बुनी पुलनजिक बन्ने पक्की सडकका बारेमा समेत जनप्रतिनिधिले निरन्तर खबरदारी गर्ने भएका छन्। प्रतिनिधिसभाका सांसद लीलादेवी बोखिमको अगुवाइमा फुङलिङ नगर प्रमुख अमिर मादेनसहित सरोकारवालाको छलफलले विभिन्न तीनवटा सडकको प्रगति अवस्था बुझेको छ।
नियमक निकाय तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका प्राविधिकले उल्लिखित तीनवटा सडकको प्रगति न्यून भएको रिपोर्टिङ गरेपछि सम्बन्धित निर्माण कम्पनीलाई कामको अवस्थासहित संशोधित कार्यतालिका पेस गर्न सातदिने समय दिइएको छ।
तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका डिभिजन इन्जिनियर सुदर्शन कार्कीले विद्यमान कामको अवस्था, आगामी कामको संशोधित कार्यतालिकासहित कामको जिम्मेवारी लिएका सम्बन्धित निर्माण कम्पनीलाई अर्को सोमबारभित्र कार्यालयमा उपस्थित हुन पत्राचार गरिएको जानकारी दिए।
‘निर्माण कम्पनीको संशोधित कार्यतालिका र जवाफ बुझेपछि थप ‘एक्सन’ को निर्णय हुन्छ’, उनले भने। चित्तबुझ्दो जवाफ र संशोधित कार्यतालिका पत्यारिलो नभए सडक योजना कार्यालयले ठेक्का रद्दसहितका प्रक्रिया आरम्भ गर्ने संकेत गरेको छ।
सोमबारको छलफलमा सुकेटार–देउराली–काफ्लेपाटी सडक, सुकेपोखरी–छातेढुंगा–इवा–ह्वाकु–चोकपुर हुँदै हाङपाङ आइपुग्ने सडक र तमोर करिडोरअन्तर्गत लिम्बुनी पुलदेखि दगुर्ने पुलसम्मको सडकका विषयमा छलफल भएको तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयले जनाएको छ।
यसअघि काफ्लेपाटी–सुकेटार सडक योजना कार्यालयको काम प्रगति कमजोर भएको भन्दै प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले गत असोज १४ गते सडक विभागका महानिर्देशक तथा कामको जिम्मेवारी लिएको इन्टेक कम्पनीका प्रतिनिधि र तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका प्रतिनिधिको संयुक्त बैठक बसाएर जिम्मेवारीअनुसारको काम अघि बढाउनुपर्ने समयावधिसहितको लिखित सम्झौता गराएका थिए।
केही दिन काममा आएको निर्माण कम्पनीको साइड अफिस बन्द रहेको छ। यसअघि निर्माण जिम्मेवारी पाएको ६ वर्षसम्म पनि काम नभएको भन्दै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) को अगुवाइमा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलसहितले तमोर करिडोरअन्तर्गत लिम्बुनी पुलनजिक बन्ने पक्की सडकको बेहाल अवस्थाको अवलोकन गरेका थिए।