संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ।
सामान्य प्रशासनमन्त्री अनिता देवीले प्रस्ताव लगेपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ७१ जना सहसचिवको सरुवा गरेको हो।
मन्त्रालय स्रोतका अनुसार दसैंअघि नै सहसचिवहरूको सरुवा गर्ने प्रयास गरिएको थियो। त्यसका लागि दुई महिनाअघि सूचीसमेत तयार गरिएको थियो। दुई महिनासम्म सूची बनाउँदै, संशोधन गर्न समय बित्यो।
स्रोत भन्छ, ‘मन्त्रालयले तयार गरेको सूचीमा कुनै नाममा मन्त्रीले अहसमति प्रकट गर्ने र कुनैमा सचिवले विरोध जनाउने गरेका थिए। त्यही कारण पटकपटक सूची बनाउँदै, सच्याउँदै गरिएको थियो।’
मन्त्रालय स्रोतका अनुसार सुरुमा ५२ जना सहसचिवको सूची तयार गरिएको थियो। थप्दै जाँदा ७१ जना पुर्याइएको हो।
मन्त्रालय स्रोतका अनुसार गृहमा जान प्रशासन समूहका सहसचिवहरूले बढी नै दबाब दिएका थिए। गृहमा छिरेपछि प्रमुख जिल्ला अधिकारीका लागि नियुक्ति हुने सम्भावना धेरै हुन्छ। यस हानथापमा भरत खनाल, आनन्द काफ्ले, प्रेम भट्टराई, नारायण अर्याल र भोला दाहाल सफल भएका छन्। तर, यसपटक शिवराम पोखरेल, हुमकला पाण्डे, रमेश न्यौपानेलगायतका सहसचिव गृहबाट बाहिरिएका छन्।
निजामती सेवा ऐनअनुसार सहसचिव र सहसचिवभन्दा माथिल्लो तहका कर्मचारीको सरुवा मन्त्रिपरिषद्को बैठकले मात्र गर्न सक्छ।