भौतिक र सहरी मन्त्रालयमा सरुवा आतंक
१३ भदौ २०८१
•
५ मिनेट पाठ
भौतिक र सहरी मन्त्रालयमा सरुवा आतंक
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले महानिर्देशक, उप-महानिर्देशक, आयोजना प्रमुख, सहसचिव, डिभिजन प्रमुख तथा ठूलो संख्यामा इन्जिनियरहरूको सरुवा गरेको छ। केही इन्जिनियरहरूको दुई/तीन दिनमै सरुवा गर्ने गरी गृहकार्य अघि बढाइएको स्रोतले जनाएको छ।




सरुवामा बेथिति भएको भन्दै केही कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार, केही कर्मचारीहरूलाई एक वर्ष नपुग्दै र केहीलाई ३ महिनामै सरुवा गरिएको छ।

भौतिक र सहरी विकास मन्त्रालयमा हुने सरुवामा अनियमितता, बिचौलियाहरू हाबी हुने, र सरुवाको सूची मन्त्रालय बाहिरका होटलहरूमा बन्ने आरोप लाग्दै आएको छ।

सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नै परिवर्तन गरेको छ। विभागका वर्तमान महानिर्देशक कुमार घिमिरेलाई विभाग मातहतको भवन प्रविधि महाशाखामा लगिएको छ भने विशेष भवन विभागका प्रमुख मच्चाकाजी महर्जनलाई विभागको महानिर्देशक पदमा नियुक्ति दिइएको छ।

विभागका उप-महानिर्देशक तथा सहरी महाशाखा प्रमुख नारायण भण्डारीलाई अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिको सदस्य सचिव पदमा लगिएको छ। बुधबारसम्म घिमिरेलाई भवन विभागबाट बागमती लग्न लागिएको चर्चा थियो। तर बिहीबार परिस्थिति उल्टियो। बिहीबार बिहान उक्त कार्यालयमा भण्डारीले नियुक्ति पाएका छन्।

बागमती विकास समितिको सदस्य सचिव रविन्द्र बोहरालाई विभागको उप-महानिर्देशक बनाइएको छ। भवन प्रविधि महाशाखाका सुनिल ठाकुरलाई विशेष भवनमा लगिएको छ।

सहरी विकास मन्त्रीको सचिवालयमा कार्यरत एक कर्मचारी भन्छन्, ‘सरुवाको चिठी बुझाउने बेलामा टिप्पणी उठाइएको भन्दा बाहिर गई मन्त्रालयका एक उच्च कर्मचारीले गडबड गर्न खोजेका थिए। तर पछि यसलाई सच्याइयो।’

यसैगरी भौतिक पूर्वाधार मन्त्रालयले ८ जना सहसचिवको सरुवा गरेको छ। जसमध्ये प्रभात झालाई सडक विभागको उप-महानिर्देशक तथा सम्भार महाशाखा प्रमुखबाट गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशक पदमा सरुवा गरिएको छ।

नविनमान श्रेष्ठलाईनागढुंगागा सुरुङमार्गबाट सडक विभाग मातहतको ट्राफिक सुरक्षा महाशाखामा खटाइएको छ। विनोद मौवारलाई जलमार्ग आयोजनाबाट संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक, अर्जुन प्रसाद अर्याललाई सडक सुरक्षा तथा विकास आयोजना निर्देशनालायबाट विभागको उपमहानिर्देशक तथा सम्भार महाशाखा प्रमुख, ज्ञानेन्द्र झालाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंबाट नागढुगाँ सुरुङमार्ग, शुभराज न्यौपानेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट संघीय सडक सुपरिवेक्षण तथा अनुगमान कार्यालय काठमाडौं, थानेश्वर खत्रीलाई मध्यपाहाडी आयोजना निर्देशनालयबाट सडक सुधार तथा विकास आयोजना निर्देशनालय तथा रविन्द्रलाल दासलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकबाट मध्यापाहाडी आयोजना निर्देशनालयको कामु आयोजना प्रमुख पदमा सरुवा गरिएको छ।

यसैगरी मन्त्रालयले ६३ जना उपसचिव सरहका डिभिजन इन्जिनियर तथा शाखा अधिकृत सरहका ७ जना इन्जिनियरहरूको सरुवा गरेको छ। यस सरुवाको विषयमा मन्त्रालयका केही कर्मचारीहरू असन्तुष्ट छन्। केही कर्मचारी नेताहरू बिहीबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मालाई भेटेर ३ बुँदे ज्ञापन पत्र बुझाएका थिए।

ज्ञापन पत्रमा सरुवा तथा विदेश भ्रमणमा अवसर नपाएका कर्मचारीहरूलाई अवसर दिन आग्रह गरिएको थियो। नेपाल निजामती कर्मचारी युनियनसँग निकट कर्मचारी नेताहरूले उक्त ज्ञापन पत्र बुझाएका थिए।

६३ जनामध्ये २७ जना कर्मचारीहरूको सरुवामा एक वर्ष नपुग्दै तथा ४ जना कर्मचारीहरूको सरुवा ३ महिना नपुग्दै गरिएको भन्दै असन्तुष्टि पोखिएको हो। यी मध्ये केही आफैले रोजेकै कार्यालयमा सरुवा भएका छन्।

३ महिना नपुग्दै नरेन्द्र भट्टलाई मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतबाट सडक विभाग नेपालगन्जको डिभिजन प्रमुख पदमा सरुवा गरिएको छ। उक्त ठाउँमा पुष्पलाल राजमार्ग आयोजना कार्यालय गोरखाबाट शंकर पौडेललाई ल्याइएको छ। पौडेल पनि ३ महिनामै सरुवा भएका हुन्। राजनीतिक दबाबमा उक्त सरुवा गरिएको स्रोत बताउँछ।

मदन भण्डारी राजमार्ग सुर्खेत आकर्षक कार्यालय मानिन्छ। ३ महिना नपुग्दै रमेश चौधरीलाई सडक डिभिजन साँफेबगरबाट मदन राजमार्ग आयोजना कार्यालय गुल्मी लगिएको छ। तीन महिनामै दिपेन्द्र विष्टलाई पुल सेक्टर नेपालगन्जबाट सडक डिभिजन दाङमा खटाइएको छ।

बाबुराम सापकोटालाई सडक डिभिजन पाल्पाबाट गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, विजय महतोलाई एडिवि निर्देशनालयबाट सडक डिभिजन आइटी शाखा, मेघराज मरासिनीलाई सडक डिभिजन भक्तपुरबाट भक्तपुर–नगरकोट सडक आयोजना, प्रकाश भण्डारी सडक विभागको ट्राफिक महाशाखाबाट मुग्लिङ–पोखरा पुर्व खण्ड, मुकुन्द अधिकारी सडक डिभिजन ललितपुरबाट सडक विभाग, कृष्ण अधिकारी सडक विभाग पुल शाखाबाट सिद्धबाबा सुरुङमार्ग, गुरु अधिकारी सडक डिभिजन दाङबाट सडक डिभिजन हेटौँडा, युवराज पोखरेल मदनभण्डारी राजमार्ग गुल्मीबाट हुलाकीराजमार्ग इटहरी, जिवेन्द्र मिश्रलाई सडक विभाग पुल महाशाखाबाट सडक डिभिजन बुटवल लगिएको छ।

मिश्रले भरखरै जापानबाट २ वर्ष अध्ययन गरेर काठमाडौं फर्किएका थिए। उनको ३ वर्षको कोर्ष थियो। तर एक वर्ष कटाएर दुई वर्षमै काठमाडौं आएका थिए। काठमाडौं फर्कने बित्तिकै उनले महत्त्वपूर्ण ठाउँमा अवसर पाएका छन्।

यसैगरी रमेश पौडेललाई सडक डिभिजन भरतपुरबाट भौतिक पूर्वाधार मन्त्रालय, राजिव श्रेष्ठलाई सडक डिभिजन प्युठानबाट सडक डिभिजन दमौली लगिएको छ। यसैगरी निरज शाक्यलाई सडक डिभिजन नेपालगन्जबाट कमला कञ्चनपुर पूर्वी खण्ड, सुमन योगेशलाई कान्तिलोक पथ आयोजनाबाट सडक डिभिजन भक्तपुरमा लगिएको छ।

आयोजना प्रमुख तथा डिभिजन प्रमुखहरूको सरुवा गर्नु अघि कुपोण्डलस्थित म्याक्सिम बैकंटमा इन्जिनियरहरूको भेला गरिएको थियो। भेलामा इन्जिनियरहरूको छुट्टाछुट्टै छलफल गरिएको थियो।

उक्त भेलामा मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरू हाबी भएको एक कर्मचारीले जनाए। स्रोत भन्छ, "उक्त भेला पछि सरुवाको सूचि तयार गरिएको थियो।"
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
८ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस